निषेधाज्ञामा बिहानीपखको काठमाडौँ (तस्बिरहरु)

0
157

Nepal Online Patrika| Kathmandu: कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि नियन्त्रणको प्रयास स्वरुप काठमाडौँ उपत्यकाका तीन जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा लागु भएपछि जनजीवन अधिकांश रुपमा ठप्प भएको छ ।

अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् । सवारी साधनको सञ्चालन रोकिएको छ । मानिसको हिँडडुल प्रतिबन्धित छ ।

तर बिहानको केही घण्टा भने अत्यावश्यक दैनिक उपभोग्य सामानको बिक्री तथा खरिदका लागि खुला गरिएको छ । बिहान केही समय मानिसहरुको चहलपहल देखिन्छ । बिहान विशेष कामले घर बाहिर निस्कनेहरु सबैले मास्क लगाएको देखिन्छ ।

बुधबार मध्यरातिदेखि लागु भएको निषेधाज्ञाको तेस्रो दिन हो शनिबार । शनिबारको बिहान काठमाडौँको मैतीदेवी क्षेत्रमा अत्यावश्यक कामका लागि निस्किएका सर्वसाधारणहरुको गतिविधिलाई देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले केही तस्बिरमा समेट्ने प्रयास गरेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here