Wednesday, September 23, 2020

Wednesday, September 23, 2020
रोचक आफुले माया गरेको प्यारो मान्छेको माया पाउने सुत्रहरु

आफुले माया गरेको प्यारो मान्छेको माया पाउने सुत्रहरु

Published:

On: Nepal

Nepal Online Patrika | हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।

भनिन्छ मायामा नै संसार अडिक छ। सच्चा प्रेम त्यही हो जसले आपतमा सहयोग गर्छ, जो जहाँ एक अर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गर्ने र संघर्ष गर्न सक्ने क्षमता हुन्छ अनि एक अर्काप्रति अटुट विश्वास र ढृड निश्चय हुन्छ। माया आकाश भन्दा असिम छ, सागर भन्दा गहिरो छ, पवन झै चञ्चल अनि सामुन्द्रीक पानी भन्दा कञ्चन छ। माया अपार छ, विशाल छ अनि माया महान छ। मायामा आत्मियता छ, मधुरता छ, विशाल छ अनि मायामा भावुकता पनि छ। मायाको उद्गम बिन्दु एउटै हो।

माया विश्वास हो, मायामा आत्मसन्तुष्टि, सद्विचार, सद्भावना र सद्चरित्र छ भन्ने कुरामा दुई मत नहोला। मायामा सर्मपण, दया, करुणा, सहयोगी भावना हुनैपर्छ । मायामा सुख, आनन्दका सारा संसारको खुसीमा नै मायामा छ। प्रत्येक व्यक्तिको जिन्दगीमा यस्तो समय आउँछ जब उ कसैलाई माया गर्छ र आफूले माया गरेकोले आफूलाई पनि माया गरोस भन्ने चाहन्छ वा भनौ कसैको प्रेम प्राप्त गर्न चाहन्छ । यस्ता व्यक्तिहरुका लागि निम्न लिखित टिप्सहरु उपयोगी हुन सक्छन् । यी टिप्सहरु अपनाएर तपाईले मन पराउनु भएको मान्छेलाई प्रभावित गरे उसको मन जित्न सक्नु हुनेछ।

१. कुरा गर्दा आँखा जुधाएर कुरा गर्नुस् । आँखा झुकाएर होइन ।

२. राम्रो गहकिलो ठट्टा गर्नुस् । तर फोहोर ठट्टा नगर्नुस् ।

३. उसले प्रयोग गर्ने सेन्टको तारिफ गर्नुस् ।

४. उसँग कुरा गर्ने क्रममा बारम्बार उसको नाम लिने गर्नुस् तर अति पनि नगर्नुस् ।

५. मौका पर्दा नरम तरिकाले उसलाई छुनुस् ।

६. उसँग कुरा गर्दा तलतिर वा खुट्टातिर हेरेर कुरा नगर्नुस् । निराशाबादी व्यक्तिलाई कुनै पनि युवतीले रुचाउदिनन ।

७. उसँग कुरा गर्ने क्रममा उसको नजिक पुगेर कानेखुशी गर्ने स्टायलमा केही कुरा भन्नुस् । नजिक आउने यो पनि एउटा सकेत हो ।

८. उनको साथीहरुलाई साथी बनाउनुस् । यदि उनको साथीहरुले तपाईलाई मन पराउँछन् र तपाईको बारेमा उसँग राम्रो कमेन्ट गर्छन् भने उनले पनि तपाईलाई मन पराउने धेरै सम्भावना हुन्छ ।

९. उसले देख्ने गरी उसलाई शिरदेखि पाइतालासम्म हेर्नुस् तर भोको नजरले होइन । आत्मविश्वासका साथ तारिफको नजरले ।

१०. उसको व्यक्तित्वको लागि उपयुक्त तर केही नयाँपन भएको कम्प्लीमेन्ट दिनुस् । तर उसले बारम्बार सुनिरहेको कम्प्लीमेन्ट नदिनुस् ।

११. उसको कुरा ध्यानपूवक सुन्नुस् । राम्रो स्रोता बन्ने बानी बसाल्नुस् । यो अत्यन्तै महत्वपूर्ण छ । उसको कुरा ध्यानपूवक सुन्नुस् र राम्रो टिप्पणी गर्नुस् । तर नमिल्दो टिप्पणी चाहि नगर्नुस् । यसो गर्नु भएमा तपाईले उसको कुरामा ध्यान नै नदिएको उसलाई लाग्नेछ ।

१२. उसको नम्बर माग्नुस् तर ‘के म तपाईको नम्बर पाउन सक्छु’ भनेर होइन यसरी नम्बर माग्दा तिनले इन्कार पनि गर्न सक्छिन् । त्यसैले नम्बर माग्दा ‘के तपाईको कुनै नम्बर छ जहाँ म तपाईलाई सर्म्पर्क गर्न सकू’ भन्नुस् । उसले पक्कै पनि नम्बर दिने छिन किनभने कुनै नम्बर नै छैन भन्न त कोही पनि चाहदैन ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

शाकाहारी बनेँ रोग र मृत्युदर कम हुन्छ, यति कुरा याद गर्नुहोस्

मासु खान हुन्छ कि हुदैन भन्ने विवाद अहिलेको मात्रै होइन । यो विवाद नेपालमा मात्र सुनिने होइन । यो विवाद संसार भर नै हुने गर्छ । मासु खान हुन्छ कि हुन्न भने अरु बिषयमा आधारित विवादहरुलाई तपाईले वेवास्ता गर्न सक्नु हुन्छ तर तपाईको शारिरिक स्वास्थ्यको कुरा आउँछ भने तपाई त्यसलाई वेवास्ता गर्न सक्नु हुदैन । वा भनौँ, त्यसलाई वेवास्ता गर्न नै हुदैन ।

यहाँ हामीले त्यस्तै आलेख तयार पारेका छौँ, जहाँ भेज र ननभेजमा कुन खाने हो भन्ने कुरा छुट्याउँन सजिलो हुन्छ । वास्तवमै स्वास्थ्य भन्दा ठुलो कुरा केहि पनि छैन । स्वाद पनि छैन र रहर भन्ने कुरा पनि छैन । यसैले आफ्नो स्वास्थ्यको लागि तपाईले आफ्नो खानपिन परिवर्तन गर्नु फाइदाकारी हुनेछ ।

तपाईं कुनै रेष्टुरेन्टको मेनुमा आँखा दौडाउनुहोस्, ननभेज परिकारको सूची लामो देख्नुहुनेछ । कुनै भोज-भत्तेरमा पुग्नुहोस्, मासुकै परिकारले प्लेट भरिभराउ हुनेछ ।

कम्तीमा पनि सप्ताहन्त मासु खानैपर्ने प्रचलन हाम्रो समाजमा छ । यी पृष्टभूमीलाई हेर्ने हो भने ठोकुवा गर्न सकिन्छ, हामी मांशहारी छौं ।

चाडपर्व, जमघट, उत्सवलाई रसिलो बनाउन हामी मासुको साथ खोज्छौं । मीठो-मसिनो खानेकुराको प्रसंग आउनसाथ हाम्रो भान्सामा मासुजन्य परिकार पाक्ने गर्छ । पशुपंक्षीको मासु नै हाम्रो लागि मीठो परिकार हो ।

स्वास्थ्य भन्दा ठुलो कुरा केहि पनि छैन । स्वाद पनि छैन र रहर भन्ने कुरा पनि छैन । यसैले आफ्नो स्वास्थ्यको लागि तपाईले आफ्नो खानपिन परिवर्तन गर्नु फाइदाकारी हुनेछ ।

अब हिसाब-किताब गरौं, हामी दिनहुँ कति मासु उपभोग गर्छौं ? हामीले उपभोग गर्ने मासुका खातिर कति पशुपंक्षी मारिन्छ ? यत्तिका पशुपक्षीको हत्या र त्यसको सेवनबाट मानव स्वास्थ्य एवं पर्यावरणमा कस्तो असर परिरहेको छ ?

यो कुरामा किनपनि सोच्नुपर्ने बेला भएको छ भने, मासुजन्य परिकारको सेवन मानव स्वास्थ्यका हिसाबले हानिकारक मात्र छैन, पर्यावरणका लागि पनि । पछिल्लो समय जसरी जलवायु परिवर्तन र पर्यावरण दुषित हुँदै गएको छ, त्यसमा मासुजन्य उपभोगलाई पनि एक प्रमुख कारक मानिएको छ ।

त्यसो त अहिले एकाथरीले शारीरिक रुपमा पोषक तत्व आपूर्तिको लागि मासु अनिवार्य भनी तर्क गर्ने गरेका छन् । प्रोटिन, फ्याट, आइरन जस्ता पोषक तत्वको स्रोत हो मासु । अन्नपात एवं सागसब्जीको अभाव टार्न समेत मासु खानुपर्ने अवस्था पनि छ ।

तर, जब तपाईं कुनै रोगको उपचार गर्न अस्पताल पुग्नुहुनेछ, चिकित्सकले कतिपय खानेकुरा नियन्त्रण गर्न सुझाव दिन्छन् । र, अक्सर यस्ता खानेकुरामा मासुजन्य परिकार पर्छ । खासगरी रातो मासु । जबकी हामीले उपभोग गर्ने मासुको प्रकारमा धेरैजसो रातो मासु नै पर्छ । यसमा खसी, बोका, रागा, भैंसी, सुँगुर आदि पर्छ ।

चिकित्सकहरु के पनि भन्छन् भने, मासुबाट जुन पोषक तत्व प्राप्त हुन्छ, त्यो अन्य सागसब्जीबाट पनि प्राप्त गर्न सकिन्छ । अर्थात मासु निर्विकल्प स्रोत होइन । त्यसैले सन्तुलित भोजनका लागि मासुमै निर्भर हुनुपर्छ भन्ने छैन ।

चिकित्सकहरु के पनि भन्छन् भने, मासुबाट जुन पोषक तत्व प्राप्त हुन्छ, त्यो अन्य सागसब्जीबाट पनि प्राप्त गर्न सकिन्छ । अर्थात मासु निर्विकल्प स्रोत होइन । त्यसैले सन्तुलित भोजनका लागि मासुमै निर्भर हुनुपर्छ भन्ने छैन ।

अब रह्यो स्वादको कुरा । मासुजन्य परिकार मात्र स्वादिलो हुन्छ भन्नु आफैमा भ्रम हो । स्वादमा विविधता खोज्ने र जिब्रोलाई नयाँ स्वादमा अभ्यस्त गर्ने हो भने अनेकथरी सागसब्जी फेला पर्छ ।

शारीरिक स्वास्थ्यका लागि मासु त्यती उपयोगी नहुने त पुष्टि नै भइसकेको छ । धेरैजसो रोगमा तपाईंले मासुको उपभोग कटौती गर्नै पर्छ ।

अझ महत्वपूर्ण कुरा त के भने, हाम्रो शरीरको संरचना मासुको लागि अनुकुल नभएको बताइन्छ । मासु पचाउन पाचन यन्त्रले धेरै भार व्यहोर्नुपर्छ । मासु लामो समयमा मात्र पच्छ । त्यसमाथि मासुका लागि जनवारको छनौट गर्ने, बध गर्ने, भण्डारण गर्ने, पकाउने कुरामा हामी अस्वस्थ्यकर विधी अपनाउँछौं । यसले गर्दा मासु हाम्रो लागि रोगको भण्डार बन्ने गर्छ ।

मासुको खपत पूर्णत ठप्प भयो भने मुटुको रोगी, मधुमेह, स्ट्रोक र केही किसिमको क्यान्सर पनि पटक्कै हुनेछैन । यस्तो अवस्थामा विश्वभरबाट स्वास्थ्य उपचारका लागि जति खर्च हुन्छ, त्यो बचत हुनेछ ।

यी भए, शारीरिक स्वास्थ्यको कुरा । मासुजन्य परिकारको उपभोगले पर्यावरणमा पनि नकारात्मक असर परिरहेको छ । एउटा आलेखमा के दावी गरिएको छ भने, ‘यदि सन् २०५० सम्म विश्वका मानव समुदाय शाकाहारी भए भने हरेक बर्ष ७० लाख कम मृत्यु हुनेछ । त्यसैगरी पशुसँग जोडिएको उत्पादन पूर्णत खपत गर्न छाडियो भने हरेक बर्ष ८० लाख कमको मृत्यु हुनेछ ।

मासुको खपत पूर्णत ठप्प भयो भने मुटुको रोगी, मधुमेह, स्ट्रोक र केही किसिमको क्यान्सर पनि पटक्कै हुनेछैन । यस्तो अवस्थामा विश्वभरबाट स्वास्थ्य उपचारका लागि जति खर्च हुन्छ, त्यो बचत हुनेछ ।

अक्सफोर्ड मार्टिन स्कुल फ्युचर अफ फुड प्रोगामको एक रिसर्चबाट यो तथ्यांक तयार गरिएको छ । रिसर्चर मार्को स्पि्रगम्यानका अनुसार खाद्य सामाग्रीसँग जोडिएको उत्सजनमा ६० प्रतिशतको गिरावट आउनेछ । यो रेड मिटबाट मुक्तिको कारण हुनेछ । किनभने रेड मिड मिथेन ग्यास उत्सर्जित गर्ने पशुबाट प्राप्त हुन्छ ।

कोलम्बियामा इन्टरनेशनल सेन्टर फर ट्रपिकल एगि्रकल्चरमा काम गर्ने एन्ड्र्यु जर्विस भन्छन्, ‘विकसित देशमा शाकाहारी हुनु निकै फाइदाजनक छ । यो पर्यावरण र स्वास्थ्य दुबैका लागि फाइदा छ ।’

चार सदस्य भएका मांशहारी परिवारले दुई वटा कारले भन्दा बढी ग्रीन हाउस ग्यास छोड्छ । उदेगलाग्दो चाहि के छ भने, जब ग्लोबल वार्मिङको कुरा गरिन्छ, तब कारलाई दोष दिइन्छ, मासु खानेहरुलाई होइन । यही कारण ग्रीन हाउस ग्यास उत्सर्जन बढी हुन्छ । बि्रटेनका फूड सेक्युरिटी विज्ञ टिम बेन्टन भन्छन्, ‘हाम्रो खानपानको प्रवृत्तिले हाम्रो माहौलमा असर पर्छ । तर, यसमा कसैको ध्यान जाँदैन ।

हामीले पूर्ण रुपमा मासु छाड्न सकेनौ भने पनि यसको खपत कम गर्न सकिन्छ । यसले पक्कै सकारात्मक नतिजा दिनेछ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

सम्बन्धित समाचार

“एउटा मन छुने कथा : अर्काकी श्रीमती!”

सुन्दरता के हो ? रुपवती कसलाई भन्ने ? परी कस्ता हुन्छन् ? उत्तर थिइन्– सिरु । हँसिलो मुहार, गुलाबी ओठ, मोतीरूपी दन्तलहर र चम्किलो केशराशिले उनी यति राम्री देखिन्थिन्, लाग्थ्यो परीको अर्को रूप हुन् उनी ।

दुर्लव खुट्टा भएको नाग देवताको दर्सन गरि भेटि स्वरुप लाइक कमेन्ट सेयर गर्नुहोस धन लाभ हुने छ

कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय छ । स्थानीय बासिन्दा कर्ण चलाउनेले अवलोकन र पूजाआराधनाका लागि थुप्रै मानिस गुफामा आउने बताए ।

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

मंगलबार बिहानै गर्नुहोस् पुजा भगवान गणेशजीको ,मिल्ने छ खुशी

कुनै पुजा आजा गर्दा हामिले भगवन गणेशजीलाई सम्जने गरिन्छ मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा मिल्ने छ । लाभै लाभ हरेक मानिसहरुले मंगलबार भगवान गणेशको पूजा गरेकै हुन्छन् । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X