Monday, September 28, 2020

Monday, September 28, 2020
रोचक भुलेर पनि गर्नु हुँदैन मंगलबारका दिन यी पाँच काम

भुलेर पनि गर्नु हुँदैन मंगलबारका दिन यी पाँच काम

Published:

On: Nepal

Nepal Online Patrika: आज मंगलबार भगवान गणेशको दर्शन आराधना गर्नाले सबै कार्य शिद्धि हुने शास्त्रीय मान्यता छ।

बक्रतुण्ड महाकाय सूर्य कोटी समप्रभा ।

निर्विघ्नं कुरू मे देव सर्व – कार्येशु सर्वदा ।।

करोडौं सूर्यको जस्तो तेज भएका भगवान गणेश देवलाई आराधना गर्नाले बिघ्न बाधा र अधुरा काम पूरा हुन्छन् ।

शास्त्रअनुसार मंगलबारको दिन गर्न केही काम गर्न बर्जित गरिएको हुन्छ । सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ ।

मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

मंगलबारको दिन गर्न नहुने ५ काम:

१– मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

२– मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।

३– मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ ।मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।

४– मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।

५– मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।

मंगलबार जन्मेका व्यक्तिको स्वभाव यस्ता छन्-

१. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।

२. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन् । उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।

३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।

४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।

५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।

६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।

७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।

८. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।

९. यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।

१०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।

११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।

१२. स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

यस्तो हस्त रेखा हुने व्यक्ति हुन्छन् निकै धनी, तपाईँको पनि छ की ?

समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार, कुनैपनि व्यक्ति कतिको भाग्यमानि छ, धनी हुन्छ की हुँदैन भन्ने उसको हस्तरेखाबाट थाहा हुन्छ। हस्त रेखा सबै व्यक्तिको जन्मकै क्रममा बन्छ र ती रेखाको प्रभाव जीवनभर रहने बताइन्छ।

कस्तो हस्तरेखा हुने व्यक्ति धनी बन्छन् त ?

जौको चिन्हः जुन ब्यक्तिको हातमा जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनी र सुखी हुने समुन्द्र शास्त्रमा उल्लेख छ। त्यस्तो चिन्ह हुने मानिस धनी र बैभवशाली मात्र होइन भाग्यमानी पनि हुन्छन्। उनीहरुको समाजमा मान प्रतिष्ठा पनि उत्तिकै हुन्छ।

शंखको चिन्हः कुनैपनि व्यक्तिको हातमा शंखको चिन्ह हुनु पनि औधी राम्रो मानिन्छ । त्यस्ता ब्यक्ति बुद्धीमानी हुने समुन्द्र शास्त्रमा उल्लेख छ । जुन व्यक्तिको पाँच वटा औंलामा शंखको चिन्ह छ भने त्यस्ता व्यक्ति विदेश भ्रमणमा गई नै रहन्छन्। समुन्द्र शास्त्रमा बताइए अनुसार त्यस्ता व्यक्तिले विदेशमा धन आर्जन पनि राम्रो सँग गर्न सक्छन्।

Buddhism

चक्रको चिन्हः जुन व्यक्तिको १० वटै औंलामा चक्र छ भने त्यसता ब्यक्ति संसार जित्ने ब्यक्ति हुने समुन्द्र शास्त्रमा दाबी गरिएको छ। यति एउटा मात्र औंलामा चक्र छ भने चाहिं त्यस्ता व्यक्ति विद्वान हुन्छन्। कुनै व्यक्तिको दुइवटा औंलामा चक्र छ भने त्यस्तो व्यक्ति निकै नै सुन्दर हुने मानिन्छ।

सूर्य पर्वतः कुनैपनि व्यक्तिको हातको औंलाको फेदमा सूर्य पर्वत हुन्छ भने त्यस्ता व्यक्ति राजनीतिक र सरकारी उच्च क्षेत्रमा पुग्छन्।

सम्बन्धित समाचार

रोगप्रतिरोधी क्षमतालाई बलियो बनाउन एक मात्र पत्ता दालचिनी!

दालचिनी खाने बानीले तपाईंलाई स्वस्थ राख्नुका साथै प्रतिरोधी क्षमतालाई बलियो राख्नका लागि मद्दत समेत पुर्याउछ । नियमित रुपमा मात्र एक पत्ता दालचिनी खानाले हाम्रो स्वास्थ्यमा यस्ता फाइदा गर्दछ।

यस्ता संकेतबाट थाहा पाइन्छ तपाईकाे गर्भमा छाेरा छ कि छाेरी भनेर

छोरा या छोरी दुवै समान हुन् । हाम्रो समाजमा छोरा र छोरीमा गरिने भेदभाव तथा गर्भपतनका कारण गर्भवती महिलाको पेटमा रहेको बच्चाको लिङ्ग परिक्षण गरिनु गैरकानुनी मानिन्छ ।

यी ४ घरेलु उपाय दाँतको किरालाई मार्न र दुखाइ कम गर्नका लागी अपनाउनुस्

नियमित ब्रस नगर्दा दाँतको बीचमा आफूले खाएका अन्नका कणहरु बस्दछन्, जब यी कणहरु सड्न थाल्छन्, तब दाँतमा किरा लाग्न थाल्छ ।

कालो भएको घुँडा तथा कुहिनोलाई गोरो बनाउन यी घरेलु उपाय अपनाउनुहोस्, ३ दिनमै पाउनुहुनेछ फरक

साधारणतया हाम्रो हातको कुहिनो र घुँडाको भाग शरीरको अन्य भागको तुलनामा बढी कालो हुने गर्दछ । केही बाहिय कारण तथा थिचिएका कारण शरीरको अन्य भागको तुलनमा ती भाग बढी कालो देखिन्छ ।

ताजा समाचार

एसिड आक्रमणका दोषिहरुलाई कडा कारवाही गर्ने अध्यादेश जारी

तेजाब आक्रमणका दोषिहरुलाई कडा कारवाही गर्ने व्यवस्था सहितको कानूनी व्यवस्था गर्न सरकारले अध्यादेश जारी गरेको छ ।

मुम्बई दोस्रो जित निकाल्ने योजनामा

१३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटमा आज (सोमबार) साबिक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दै छन् । सिजनको पहिलो खेल हारबाट सुरु गरेको मुम्बईले दोस्रो खेलमा भने जित निकालेको थियो ।

मुटुरोगीलाई कोरोना किन बढी खतरनाक ?

छाती दुखेर अस्पताल गएका एकजना कलाकार कोरोनाको डरले अस्पतालको गेटबाटै फर्के, तर उनलाई हृदयघातले छोडेन, केही समयपछि उनको मृत्यु भयो ।

‘१२‌औं श्रृंखला सुरु कौन बनेगा करोडपती’को, के-के नियम फेरिए ?

लोकप्रिय कार्यक्रम तथा खेल ‘कौन बनेगा करोडपती’को १२ औँ श्रृंखला यही सोमबार सुरु हुँदैछ ।
X