Friday, September 25, 2020

Friday, September 25, 2020
प्रचण्ड प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड पुगे बालुवाटार

प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड पुगे बालुवाटार

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका छन्।

दुवै अध्यक्षबीच नेकपा कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ।

पार्टी विवाद समाधान गर्न दुई अध्यक्षले साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदलले हप्तादिन लगाएर गत शनिबार प्रतिवेदन बुझाएको थियो। दुई अध्यक्षले प्रतिवेदनका विषयमा केन्द्रित भइ छलफल गर्ने जनाइएको छ।

कार्यदलले बुझाएको प्रतिवेदनमा सहमति भए सचिवालयबाट अनुमोदन हुनेछ। कार्यदल प्रतिवेदनमा केन्द्रित भइ स्थायी कमिटीमा छलफल हुने भएको छ।

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड, कार्यदलको प्रस्ताव र मन्त्री हेरफेरबारे छलफल हुने:

प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ । सोमबार नै भेटघाट तय भएकोमा पछि स्थगित भएको थियो ।

प्रचण्ड मंगलबार बिहानै बालुवाटार पुगेका हुन् । अहिले नेकपाका दुवै अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता जारी छ । उनीहरूबीच कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची तय भएको छ । यस्तै, मन्त्रीहरू हेरफेरबारे पनि छलफल हुने बुझिएको छ । आजको छलफलले केन्द्रीय सचिवालय बैठकको मिति तोक्ने प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वको कार्यदलले शनिबार अध्यक्षद्वय ओली र प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो । त्यसलाई दुई अध्यक्षले आवश्यकताअनुसार परिमार्जन गरेर प्रस्तावको रूपमा सचिवालयमा लैजाने, सचिवालयले अनुमोदन गरेपछि स्थायी कमिटीमा पेस गर्ने कार्यसूची रहेको छ ।
कार्यदलको प्रतिवेदनबारे माधवकुमार नेपाल र झलनाथ खनाल असन्तुष्ट छन् । नेपाल र खनाल आगामी चैतमा हुने महाधिवेशनबाटै ओली प्रचण्डलाई परास्त गर्ने अभियानमा जुटेका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री – सङ्कटको घडीमा मानिसलाई गरिब हुनबाट रोक्नु नै मुख्य चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले गरिबी नै मुख्य चुनौती भएको बताए ।

बैठकमा ओलीसँग कड्किँदै वामदेवले भने– चुनावमा पहिले हराउने अहिले अपमान गर्ने ?

सत्तारुढ नेकपाभित्रको असन्तुष्टि अझै सेलाइसकेको छैन । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा लगिए पनि उनको चाहनाविपरीत प्रधानमन्त्री ओली लागिपरेको आरोप लगाइएको छ ।

ओली र प्रचण्डबिच छलफल बालुवाटारमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबिच बालुवाटारमा भेटवार्ता भएको छ।

जसपामा डा. बाबुराम भट्टराई: कति प्रभावशाली छन् ?

यो साल नेपालीहरुका लागि सम्झिनु पर्ने विभिन्न कारण छन् ।

ताजा समाचार

आप्रवासनको क्षेत्रमा सुरक्षित नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता

स्विट्जरल्याण्डकी राष्ट्रपति सिमोनेता सोमारुगाले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनको क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएकी छन् ।

बायर्न म्युनिखले चुम्यो सुपर कपको उपाधि

जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि हात पारेको छ ।

बत्ति किन झ्याप्प झ्याप्प जाँदैछ ? प्राधिकरणले दियो यस्तो स्पष्टीकरण

नेपाल विद्युत प्राधिकरण प्रमुखबाट ४ बर्षे कार्यकाल सकाएर कुलमान घिसिङ विदाई भएसँगै जनताले बत्ति जान थालेको भन्दै गुनासो गरेका छन् ।धेरैले कुलमान घिसिङ नहुनाले झ्याप्प झ्याप्प बत्ती जाने गरेको समेत टिप्पणी गर्दै आएका छन् ।

डेलापको डेब्यू गोलको मद्दतमा सिटीको जित

लियाम डेलापले डेब्यू खेलमा गोल गरेको दिन साविक विजेता म्यानचेस्टर सिटीले गएराति लिग कपको तेस्रो चरणमा बर्नमाउथलाई २-१ ले पराजित गरेको छ।
X