Friday, September 25, 2020

Friday, September 25, 2020
नेपाल प्रमोदको कविता – म बन्द कोठाभित्र थुनिएको छु

प्रमोदको कविता – म बन्द कोठाभित्र थुनिएको छु

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: लकडाउनका बेला धेरै सेलीब्रेटी फुर्सदिला बने । गायक प्रमोद खरेल पनि लकडाउनका कारण घरमै सीमित रहे । अरु बेला भए प्रमोदले एकपछि अर्को स्टेज प्रस्तुति दिएका हुन्थे ।तर, लकडाउनका कारण उनी घरमै‍ सीमित भएका छन् । उनले उक्त परिवेशलाई कवितामार्फत प्रस्तुत गरेका छन् ।

यसपटकको हरितालिका तीजमा प्रमोदले पत्नीको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै आफू व्रत बसेको बताएका थिए ।लोकप्रिय गायक प्रमोदले यतिबेला भने कविता कोरेका छन् । उनले कवितामा देशको अवस्था र चिन्तित नागरिकलाई चित्रण गरेका छन् । खरेलले कवितामा सत्ताका लागि हुने लुछाचुँडीप्रति व्यङ्ग्य गरेका छन् ।

‘म बन्द कोठा भित्र थुनिएको छु, डर र त्रासले छटपटिँदै, सुनौला दिनको सपनामा उनिएको छु, जीवनको घाम चर्किएको छ, सकस र अभाव मैतिर फर्किएको छ,’ प्रमोद कवितामार्फत भन्छन् ।

यस्तो छ प्रमोदको कविता:

म बन्द कोठाभित्र थुनिएको छु

डर र त्रासले छटपटीदै

सुनौला दिनको सपनामा उनिएको छु

जीवनको घाम चर्किएको छ, सकस र अभाव मैं तिर फर्किएको छ

मेटाउन खोज्दैछ शक्तिशाली खेलले

बगाउन खोज्दैछ महामारी को भेलले

घॉटी घॉटी पानीमा डुब्दै डुंगा पछाडी झुण्डिएको छु

अत्यास लाग्छ अनभिज्ञ छु

न मलाइ केहि थाहा छ, न केहि जान्दछु…

ननिस्कनु बाहिर भन्छन, बस् त्यहि मान्दछु…

पुर्खा को इतिहास किताबमा सिमित राखेर

पराधिन छु त्यसै पनि

कसैले ओखती बनाइदिए गर्व गर्ने छन् यहॉ

कसैका आविष्कार र उन्नतीमा बहस गर्न आतुर छन् यहॉ

देश र जनताको नामको पर्चा छर्छन् यहॉ

दुनो सोझ्याउनु त छ सबैलाइ

भ्रस्टचार र भागवण्डा ले पेट भर्छन् यहॉ

जीन्दगी बन्दगी राखेर सास फेर्नेहरु

सिटामोल को अभावले मर्छन यहॉ

म बन्द परिवेश भित्र थुनिएको छु

डर र त्रास ले छटपटीदै

सुनौला दिनको सपनामा उनिएको छु

अत्यास लाग्छ अनभिज्ञ छु

न मलाइ केहि थाहा छ, न केहि जान्दछु…

ननिस्कनु बाहिर भन्छन, बस् त्यहि मान्दछु…

पञ्जाबी गीतमा नेपालि अभिनेत्री अदितीको अभिनय:

तीन वर्ष अगाडि प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकीले एक पञ्जाबी गीतमा अभिनय गरेकी छन् । ‘रुसिया लग्दानी’ बोलको गीतमा गायक राहुल लखनपालको स्वर छ । गीतको भिडियोमा अदितीले गायक राहुलसँग रोमान्स गरेकी छन् । यूट्युब रिलिजको चार दिनमा गीतलाई १९ लाखभन्दा बढी भ्यूज मिलिसकेको छ ।

गीतले राहुलको आदितीप्रति प्रेम, आशक्ति तथा समर्पण व्यक्त गर्छ । ३ सेकेण्ड २८ सेकेण्डको भिडियोमा अदितीलाई पर्याप्त ‘स्क्रिन स्पेश’ दिइएको छ । दर्शकहरुले उनको अभिनय रुचाएका छन् । २ हजारभन्दा बढी कमेन्टमा उनको सुन्दरताको प्रशंसा गर्ने पनि धेरै छन् । वर्षौंदेखि भारतमा बस्दै आएकी उनी यो गीतले आफूलाई दर्शकको ठूलो वर्गमा चिनाउनेमा विश्वस्त छिन् । हेर्नुस भिडियो

‘कृ’ पछि मुम्बई हानिएकी उनले यसअघि पनि केही भारतीय म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । गत वर्ष उनले बलिउड अभिनेता तथा गायक फरहान अख्तरले निर्माण गर्ने वेव सिरिज ‘इनसाइड एज २’ मा अभिनेता विवेक ओवरोयसँग काम गर्ने खबर बाहिरिएको थियो । तर, यो सिरिज अहिलेसम्म निर्माण हुन सकेको छैन । गएको पाँच महिनायता भने अदिती नेपालमा छिन् ।

‘कृ’ फेम्ड निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा काम गर्नका लागि उनी लकडाउन हुनुभन्दा अगाडि नेपाल आएकी थिइन् । त्यसको केही दिनमा देश लकडाउन भएपछि फिल्म फ्लोरमा जान सकेन । यो चलचित्रमा उनले चर्चित गायक नितेशजंग कुँवरसँग रोमान्स गर्दैछिन् । प्राप्त जानकारी अनुसार, अदिती यो चलचित्रको छायांकन भ्याएपछि मुम्बई फर्किने छिन् ।

सम्बन्धित समाचार

जब श्रीमानलाई घर मै काम गर्ने श्रीमतीले मेरो कमाई भन्दै १० करोड रुपैयाँ दिइन, काम थाहा पाउँदा सबै चकित

अली र महनूर अल्वी, नेपालको प्रदेश ३ निवासी हुन् । उनीहरु २००४ देखि एक अर्का अनुबन्धित थिए । त्यही साल उनीहरुबीच विवाह भयो ।

आप्रवासनको क्षेत्रमा सुरक्षित नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता

स्विट्जरल्याण्डकी राष्ट्रपति सिमोनेता सोमारुगाले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनको क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएकी छन् ।

दशैंमा घर जाँदै हुनु हुन्छ ? एकपटक पढ्नुहोस्, जारी गर्यो यस्तो सुचना स्वस्थ्य मन्त्रालयले

मुलुकभर कोरोना संक्रमित सङ्ख्या बढ्दै जान थालेपछि स्वस्थ्य मन्त्रालयले थप सजगता अपनाउन अनुरोध गरेको छ । पछिल्लो समय दैनिक हजार भन्दा माथि संक्रमित भेटिरहेको अवस्थामा थप सजग रहन आग्रह गरेको हो ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

ताजा समाचार

समाजमा हुने जघन्य अपराधमा सरकार किन मुकदर्शक हुन्छ ?

दोलखामा बोल्न नसक्ने एक जना किशोरी (अपांगता भएकी)माथि बलात्कार भयो। बलात्कार गर्नेको पहिचान हुन सकेन। उनी बोल्न सक्दिनन्। २०७४ सालमा गर्भ रहेपछि आवाज नेपाल दोलखाकी सिर्जना कार्कीले संरक्षण गरेर राखिन्।

जब श्रीमानलाई घर मै काम गर्ने श्रीमतीले मेरो कमाई भन्दै १० करोड रुपैयाँ दिइन, काम थाहा पाउँदा सबै चकित

अली र महनूर अल्वी, नेपालको प्रदेश ३ निवासी हुन् । उनीहरु २००४ देखि एक अर्का अनुबन्धित थिए । त्यही साल उनीहरुबीच विवाह भयो ।

आप्रवासनको क्षेत्रमा सुरक्षित नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता

स्विट्जरल्याण्डकी राष्ट्रपति सिमोनेता सोमारुगाले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनको क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएकी छन् ।

बायर्न म्युनिखले चुम्यो सुपर कपको उपाधि

जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि हात पारेको छ ।
X