विगत चारदिनदेखि लगातार घटेको सुनको मूल्य बिहीवार भने बढेको छ

0
117
gold
gold

Nepal Online Patrika | Kathmandu: विगत चारदिनदेखि लगातार घटेको सुनको मूल्य बिहीवार भने बढेको छ ।

बुधवार प्रतितोला रू. ९६ हजार ८०० रहेको छापावाल सुनको मूल्य बिहीवार भने प्रतितोला रू. ८०० ले बढेर रू. ९७ हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै बुधवार प्रतितोला रू. ९६ हजार ३०० रहेको तेजावी सुनको मूल्य बिहीवार प्रतितोला रू. ९७ हजार १०० पुगेको छ । सुनको मूल्य बढेसँगै बिहीवार चाँदीको मूल्य पनि बढेको छ ।

बुधवार प्रतितोला रू. १ हजार ३१० रहेको चाँदीको मूल्य बिहीवार प्रतितोला रू. १ हजार ३४५ पुगेको हो । अघिल्लो दिन बुधवारको तुलनामा बिहीवार चाँदीको मूल्य पनि प्रतितोला रू. ३५ ले बढेको हो । गत भदौ ३ गते प्रतितोला रू. १ लाख ४०० पुगेको सुनको मूल्य भदौ ४ गतेदेखि निरन्तर भदौ १० गतेसम्म निरन्तर घट्दै आएको थियो ।

त्यस्तै भदौ महीनामा सुनको मूल्यमा उच्च दर कायम भएको दिन भदौ ३ गते प्रतितोला रू. १ हजार ३७५ रहेको चाँदीको मूल्य पनि भदौ १० गतेसम्म निरन्तर ओराला लागेर भदौ ११ गते बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here