Monday, September 21, 2020

Monday, September 21, 2020
नेपाल घर परिवारले फोन गरेर चिन्ता व्यक्त गर्नुहुन्छ। मलाई पनि परिवारको उत्तिकै चिन्ता लाग्छ- साउदी अरबबाट सुवास न्यौपाने

घर परिवारले फोन गरेर चिन्ता व्यक्त गर्नुहुन्छ। मलाई पनि परिवारको उत्तिकै चिन्ता लाग्छ- साउदी अरबबाट सुवास न्यौपाने

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: नाम: सुवास न्यौपाने
ठेगाना: धनकुटा
हाल: साउदी अरब

म सन् २०१२ मा साउदी आएको हुँ र यहाँ एक स्टिल बनाउने कम्पनीमा काम गरिरहेको छु। परिवारसँग सरसल्लाह गरेर यहाँ आइयो। ८ वर्षसम्म यहाँ काम गरेर घर हेरियो। अब अझै यहाँ बस्न मन छैन। अब छिटै फर्किन्छु भन्ने सोच छ।

अहिले यहाँको अवस्था भयावह छ। सबैका मुखमा मास्क लगाएको देख्न सकिन्छ। बाहिर निस्किन डर छ। बिहान बेलुका शरीरको तापक्रम जाँच गर्नुपर्छ। तापक्रम अस्वाभाविक पाइएमा तत्काल स्वास्थ्य उपचारका लागि खबर गर्न भनिएको छ। त्यसै गरी बिहान बेलुका २ पटक भाइरस मार्ने औषधि छर्किने गरिएको छ।

भाइरसको प्रभाव फैलिन नदिन यहाँ भरमग्दुर प्रयास गरिएको छ। २ जनाभन्दा बढीलाई एकै ठाउँ भेला हुन दिइँदैन। साथीहरू नै भए पनि एकै पटक २ जनाभन्दा बढीसँग भेट गर्न पाइँदैन। हामीले पनि सरकारको नियमलाई पूर्णता पालन गरिरहेका छौँ। मास्कको प्रयोगलाई अनिवार्य बनाएका छौँ। साथीहरूसँग कुरा गर्नुपर्दा पनि टाढाबाटै कुरा गर्ने गरेको छु।

 

म सँगै अरू १० जना साथीहरू पनि छन्। सबै जना सावधानी अपनाएर बसेका छौँ। तर पनि चारैतिर कोरोनाको सन्त्रास छ। हामी पनि एक किसिमको डरले प्रताडित छौँ। यहाँको सरकारले आफूले सकेको गरिरहेको छ। हामीलाई यहाँका नागरिकहरूसँग तुलना गर्ने हो भने कुनै भेदभाव गरिएको छैन। श्रमिकहरू कोरोना सङ्क्रमित भएमा यहाँका नागरिक जस्तै नि:शुल्क उपचार हुने व्यवस्था गरिएको सुन्नमा आएको छ। हामीहरूलाई कम्पनीको तर्फबाट बेला-बेला मिटिङ गराइ कोरोनाको लक्षण र कोरोनाबाट कसरी बच्न सकिन्छ? भन्ने बारे जानकारी समेत गराइएको छ।

यति हुँदा-हुँदै पनि डर र त्रासमा भने कमी आएको छैन। सबैमा कोरोनाको सङ्क्रमण फैलिहाल्छ कि भन्ने त्रास छ। विशेषगरि नेपालीहरूमा सङ्क्रमण भइहाल्यो भने कम्पनीले र यहाँको सरकारले यहीँका नागरिक जस्तो उपचारको व्यवस्था नगरिदिने हो कि! भन्ने आशङ्का मनमा उब्जिन्छ। उपचार ढिलो र राम्रोसँग नभइदिएमा के गर्ने होला? भन्ने डर र द्विविधा छ।

नेपालमा भएको मेरो परिवार र छरछिमेकमा आजको दिनसम्म कोही सङ्क्रमित भएको जानकारी पाइएको छैन। तर घर परिवारले फोन गरेर चिन्ता व्यक्त गर्नुहुन्छ। मलाई पनि परिवारको उत्तिकै चिन्ता लाग्छ। एक अर्कालाई सम्झाइ बुझाइ गर्छौँ। अब यो प्रकोप नसकिन्जेलसम्म यस्तै चलिरहन्छ होला। त्यसैले यो रोग छिटै संसारबाट निर्मूल होस् भन्ने कामना गरिरहेको हुन्छु।

सम्बन्धित समाचार

आजदेखि नियमित आन्तरिक उडान सुरु

छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो ।

रानीपाेखरीमा पानी भरियाे, माछा र हाँस कहिले राख्ने ?

काठमाण्डौको रानीपोखरीमा झण्डै दुई करोड ८० लाख लिटर पानी भरिएको छ । पोखरीको पाँच फिट दुई इन्चमध्ये अब एक फिट जति पानी भर्न बाँकी रहेको छ । सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर पोखरीमा खसालेपछि रानीपोखरी भूकम्प अगाडिकै अवस्थामा फर्किएको छ । तर माछा र हाँस भने अहिले छैनन् ।

काभ्रेमा खुले विद्यालय , एक बेन्चमा दुई विद्यार्थी

काभ्रेका दुईवटा स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन् । काभ्रेको मन्डनदेउपुर र पाँचखाल नगरपालिकाले विद्यार्थीहरूलाई पाठ्यक्रमअनुसारको कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

आन्तरिक वायुसेवा कम्पनीहरुले अब सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने, भाडा नबढ्ने

आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् ।

ताजा समाचार

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

विहानै देखिएका यस्ता ५ चिजले तपाईलाई राम्रो संकेत दिनेछ

भनिन्छ नि दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ ।

इन्फिनिक्सको नोट सेभेन सिरिजमा छन् यस्ता नयाँ फिचर, मूल्य कति ?

इन्फिनिक्सले हालसालै नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X