Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
समाचार एम्बुलेन्स दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर घाइते

एम्बुलेन्स दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर घाइते

Published:

On: Nepal

Nepal Online Patrika: स्याङ्जाको वालिङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

दुई जना घाइते भएका छन् । काठमाडौंमा बिरामी पुर्याएर गर्भवती लिएर फर्किएको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ ५ को मझकोटमा बिहान ४ बजे दुर्घटना भएको हो । दुर्घटनामा चापाकोट नगरपालिका वडा ९ का ३५ वर्षीय भानुभक्त गैरे र वडा नम्बर १० का श्याम पंगेनीको ज्यान गएको छ ।

दुर्घटनापछि घाइते भएका उनीहरुको उपचारका क्रममा गह्रौं प्राथमिक स्वास्थ्यचौकीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिए । घाइते चापाकोट नगरपालिका ९ का ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, त्यही ठाउँकी २८ वर्षीया पवित्रा पोखरेललाई उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

घाइते पवित्रा गर्भवती रहेको र गाउँमा सुत्केरी हुनका लागि काठमाडौंबाट गएको प्रहरीको भनाइ छ । एम्बुलेन्स सडकबाट झण्डै २ सय ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।

सम्बन्धित समाचार

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

विद्यालय खुल्न थाले

कोभिड–१९ को महामारीका कारण भएका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । लामो समय बन्द रहेका जिल्लाका विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न थालेको बताएका छन् ।

प्रधानमन्त्रीको मुडमा चल्छ कि प्रहरी आईजीपीको आदेशमा ?

नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने मनिषमान श्रेष्ठमाथि प्रहरीले शुक्रबार माइतीघरमा लाठी बजार्‍यो । लाठी प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लाग्यो । रगताम्ये देखिएको श्रेष्ठको तस्वीर क्षणभरमै सामाजिक सञ्जालमा भाइरल बन्यो ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X