Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
नेपाल प्रहरी ‘फ्रन्ट लाइन’मा खटिने सुरक्षाकर्मीले पाएनन् जोखिम भत्ता

‘फ्रन्ट लाइन’मा खटिने सुरक्षाकर्मीले पाएनन् जोखिम भत्ता

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: कोरोना महामारी सुरु भएको ६ महिना बित्‍न लाग्दासमेत कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणअन्तर्गत ‘फ्रन्ट लाइन’ मा खटिएका सुरक्षाकर्मीले अझै जोखिम भत्ता पाउन सकेका छैनन् ।

नेपाल प्रहरी, सशस्‍त्र प्रहरी बल र नेपाली सेनाले आवश्यक सम्पूर्ण विवरण बुझाइसक्दा पनि जोखिम भत्ता पाउन नसकेका हुन् । सरकारले चैत ११ गतेबाटै लागु हुने गरी कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागु गर्न खटिने राष्ट्रसेवकलाई भत्ता दिने निर्णय गरेको थियो । हालसम्म २५ सय बढी सुरक्षाकर्मी आफैं कोरोना संक्रमित भइसकेमा छन् । संक्रमणको उच्च जोखिममा रहेर काम गर्दासमेत समयमै भत्ता नपाएपछि उनीहरुमा निराशा बढ्दै गएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले अग्रभागमा खटिने मातहत कर्मचारीको विवरणसहित भत्ता उपलब्ध पत्र पठाइसकेका छन् । तर अर्थ मन्त्रालयले रकम निकासा नगर्दा उनीहरु भत्ता पाउन नसकेका हुन् । मन्त्रिपरिषदले दैनिक ३ सय रुपैयाँदेखि जोखिमको अवस्था हेरेर तलबबराबरकै रकम जोखिम भत्तास्वरुप दिने निर्णय गरेको थियो ।

कोरोनाविरुद्धका योजनामा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ९० हजारको हाराहारीमा जनशक्ति परिचालित छ ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले ५१ हजारको विवरण भत्ताका लागि पठाइएको बताए । उनले भने, “थप साढे ९ हजार जनशक्ति तयारी अवस्थामा छ । हामीले सरकारले भनेअनुसार सबै विवरण पठाइसकेका छौं । अहिलेसम्म भत्ताबापतको रकम पाइएको छैन ।”

कोरोना जोखिमको मारमा अन्य सुरक्षा निकायभन्दा नेपाल प्रहरी नै बढी परेको देखिन्छ । हालसम्म १७ सय प्रहरी कोरोना संक्रमित भइसकेका छन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जोखिम भत्ताबापत सरकारले तोकेको मापदण्डकै आधारमा ८ हजारको हाराहारीमा विवरण पठाइएको बताए । उनले भने, “रक्षामार्फत हाम्रो विवरण अर्थमा पनि गइसकेको जानकारी पाएका छौं । तर प्राविधिक कारणले रोकिएको भन्‍ने सूचना पाएका छौं ।” सेनामा पनि ४ सय बढी कोरोना संक्रमित छन् ।

प्रवक्ता पौडेलका अनुसार भत्ता पाउने सूचीमा करिब २ हजार सैनिक स्वास्थ्यकर्मी र अरु सैनिक सुरक्षाकर्मी छन् । पौडेलले प्रतिकार्य योजनाअन्तर्गत दैनिक २१ हजार सैनिक जनशक्ति परिचालन बताए । उनीहरुले सचेतना फैलाउने, लकडाउन कार्यान्वयन गराउने, यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन सहयोग गर्ने, विभिन्‍न स्थानमा हेल्थ डेस्कमा रहेर काम गर्दै आएका छन् ।

सशस्त्र प्रहरीले पनि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा ‘फ्रन्ट लाइन’मा खटिँदै आएका ३१ हजारको विवरण मन्त्रालयमा पठाइसकेको छ । तर भत्ता भने पाउन सकेको छैन् । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले भने, “सरकारले निर्णयअनुसार भत्ताबापतको रकम उपलब्ध गराउन विवरणसहित पत्र पठाइसकेका छौं । अरु जानकारी त हामीले दिन सक्दैनौं ।”

सशस्त्रको ठूलो जनशक्ति सीमा सुरक्षामा परिचालित छ । सशस्त्रमा पनि ६ सयको हाराहारीमा कोरोना संक्रमित छन् ।

सम्बन्धित समाचार

क्याप्टेन विजय लामाले भने, कोरोनासँगको लडाइँमा आज धेरै राम्रो भएको छ, स्वस्थ बन्दैछु

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले आफू स्वस्थ बन्दै गइरहेको बताएका छन् । दुई हप्तादेखिको कोरोनासँगको लडाइँमा आज धेरै राम्रो प्रगति भएको र नास्ता पनि लिएको बताएका छन् ।

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ ।

ताजमहल आजबाट खुल्यो

कोरोनाभाइरस संक्रमणपछि बन्द रहेको भारतको ताजमहल सोमबारदेखि खुलेको छ । गत मार्च १७ देखि बन्द रहेको आगरास्थित ताजमहल सोबारबाट खुलेको हो ।

कान्तिपुरले किन जोगायो बैँकहरुलाई “फिनसेन फाइल्समा” ?

अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि ठूलो संख्यामा गोप्य सरकारी कागजातहरुमा पहुँच पायो। खासमा सन् २०१६ को राष्ट्रपति निर्वाचन र अन्य विषयहरुमा छानबिन गरिरहेका निकायहरुले जम्मा पारेको यो कागजातमा २१ सयभन्दा बढी शंकास्पद गतिविधिहरुको रिपोर्ट रहेछ।

ताजा समाचार

क्याप्टेन विजय लामाले भने, कोरोनासँगको लडाइँमा आज धेरै राम्रो भएको छ, स्वस्थ बन्दैछु

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले आफू स्वस्थ बन्दै गइरहेको बताएका छन् । दुई हप्तादेखिको कोरोनासँगको लडाइँमा आज धेरै राम्रो प्रगति भएको र नास्ता पनि लिएको बताएका छन् ।

स्वाव नदिइकनै रिपोर्ट आयो कोरोनाको, स्वास्थ्कर्मी समेत चकित

एक ब्यक्तिको कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन रिपोर्ट आएको छ ।

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै, राजस्थानको चिन्ता: स्टार खेलाडी

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज साँझ हुने खेलमा चेन्नइ सुपरकिंग्स र राजस्थान रोयल्स भिड्दै छन्। खेल आज पौने ८ बजे सारजाह क्रिकेट स्टेडियममा हुनेछ।

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।
X