Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
नेपाल यसपटकको दशैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

यसपटकको दशैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: यसपटकको दशैंमा नयाँ नोट साट्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले हिन्दू नेपालीहरुको महान चाड दशैंको अवसर पारेर हरेक वर्ष रुपैयाँ ५, १०, २०, ५० र १०० दरका नयाँ नोटहरु साट्दै आएको थियो ।

यसवर्ष भने कोरोना भाइरस फैलन सक्ने भन्दै सरकारले नयाँ नोट वितरण नगर्ने भएको हो ।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नयाँ नोट वितरण नगरिने राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका एक अधिकारीले जानकारी दिए ।

बैंकले नयाँ नोट वितरण नगर्नेबारे असोजको पहिलो साता आधिकारिक जानकारी दिइने जनाइएको छ ।

कोरोनालाई जितेपछि करोडौंको गाडी किने अभिषेकले:

बलिउडका चर्चित अभिनेता हुन् अभिषेक बच्चन । केही समयअघि कोरोनाभाइरसलाई जितेर घर फर्किएका अभिषेक अहिले व्यस्त हुन थालेका छन् ।

नयाँ फिल्मका कारण चर्चामा आइरहने अभिषेक पछिल्लो समय फरक कारणबाट चर्चामा आएका छन् । अहिले उनले किनेको कारको निकै चर्चा भइरहेको छ । भारतिय मिडियाका अनुसार उनले महँगो मूल्यको कार किनेका छन् ।

उनी सोमबार आफ्नो नयाँ कारमा देखिएका थिए । उनले करोडौं मूल्यका नयाँ कार किनेको बताइएको छ । हुनत उनको घरमा धेरै कारहरु छन् । तर उनले हालै एक नयाँ कार थप गरेका हुन् ।

उनले ३५० डि मोडलको सेतो रंगको मर्सिडिज बेंच खरिद गरेको बताइएको छ । जसको मूल्य १ करोड ३८ रुपैयाँ रहेको बताइएको छ । अभिषेकले पनि आफुले किनेको नयाँ कारको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

बच्चन परिवारमा धेरै राम्रा कारहरु छन् । उनको घरमा १२ कार रहेको बताइएको छ । यस बारे जया बच्चनले राज्यसभा बताएकी थिइन् । अमिताभ भने रोल्स रायल कार चढेर हिड्ने गर्छन् ।

सम्बन्धित समाचार

रोजगारी गुमेका नेपालीहरूका लागी कतारबाट आयो अहिले सम्मकै खुशीको खबर

कतारमा कोभिड–१९ का कारण रोजगारी गुमाएका नेपाली श्रमिक स्वदेश फर्कनु नपर्ने भएको छ ।कतार सरकारले बेरोजगार श्रमिकलाई रोजगारी दिने नीति ल्याएपछि उनीहरूले पुनः रोजगारको मौका पाउने भएका हुन् । कतारस्थित नेपाली दूतावासका अनुसार त्यहाँ श्रमिकको अभाव भएपछि कतारले यस्तो नीति ल्याएको हो ।

दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने यस्तो छ तयारी

सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरू उत्साहित बनेका छन्।

क्याप्टेन विजय लामाले भने, कोरोनासँगको लडाइँमा आज धेरै राम्रो भएको छ, स्वस्थ बन्दैछु

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले आफू स्वस्थ बन्दै गइरहेको बताएका छन् । दुई हप्तादेखिको कोरोनासँगको लडाइँमा आज धेरै राम्रो प्रगति भएको र नास्ता पनि लिएको बताएका छन् ।

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ ।

ताजा समाचार

मन्त्रीहरुको सूची बन्दै

नेकपाको विवाद शक्ति र सत्ता बाँडफाँडमा गएर टुंगिएपछि मन्त्रिमण्डल हेरफेरको तयारी सुरु भएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेर गर्ने सहमति गरेपछि नयाँ मन्त्रीहरुको सूचि बनाउने क्रम सुरु भएको बालुवाटार स्रोत बताउँछ ।

X