Connect with us

रोचक

आफ्नो करियरमा सफलता हाशिल गर्न यी उपायहरु अपनाउनुहोस

करियरमा सफल कसलाई पो हुनु छैन र ? अहिलेको युगमा हरेक व्यक्ति सफल हुन चाहन्छ । हरेक व्यक्तिको एक मात्र सपना हुन्छ कि, करियरमा सफल भएर राम्रो कमाई गर्न सकियोस र एउटा राम्रो जीवन बाच्न सकियोस ।

Published

on

Nepal Online Patrika| Kathmandu: करियरमा सफल कसलाई पो हुनु छैन र ? अहिलेको युगमा हरेक व्यक्ति सफल हुन चाहन्छ । हरेक व्यक्तिको एक मात्र सपना हुन्छ कि, करियरमा सफल भएर राम्रो कमाई गर्न सकियोस र एउटा राम्रो जीवन बाच्न सकियोस ।

साधारण व्यक्ति पनि एक सफल व्यक्ति बन्न सक्छ तर यसको लागी कडा परिश्रम गर्नु एकदमै जरुरी छ । अहिले यस्तो माहोल बनिसक्यो कि यहाँ हरेक कुरामा कम्पिटिशन गर्नु पर्ने भएको छ । यदि कोहि व्यक्ति संगीत क्षेत्रमा अघि बढ्न चाहन्छ भने उसले केहि फरक तरिकाको संगीत लिएर आउनु पर्ने हुन्छ नत्र भने यहाँ कला र गला भएका मान्छे कतिबेला कहाँ गायब हुन्छन थाहा पनि हुदैन ।

जिन्दगी अहिले यस्तो समय तालीका बनिसकेको छ कि, यदि करियरमा राम्रो सफलता हात पार्न सकिएन भने न त तपाईले यहाँ मान पाउने हुनेछ न त सम्मान, किनकि तपाइँ जस्तो करियरमा सफल हुन दौडिने मानिसहरुको यहाँ कमि छैन । यदि तपाइँले करियरमा सफलता हात पार्छु बनेर सोच्नु भएको छ भने आज हामी तपाईलाई यहाँ केहि टिप्सहरु दिनेछौ, जसले तपाईलाई सफलता हाशील गर्न मद्दत पुग्नेछ ।

१. आफ्नो करियरको लक्ष्य निर्धारण गर्नुहोस्:

यदि सहि तरिकाले सहि काम गरेर करियरमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने सबैभन्दा सुरुमा तपाईले आफ्नो लागि उपयुक्त लक्ष्य निर्धारण गर्नुपर्ने हुन्छ । किनकि यदि तपाइँ त्यसै हावा तालमा लक्ष्य निर्धारण गर्नुहुन्छ भने तपाई कहिल्यै पनि सफल बन्न सक्नुहुने छैन ।

उदेश्य र योजना बिनाको लक्ष्य निर्धारण गरेर कुनै फाईदा नै छैन । त्यसैले सर्वप्रथम कस्तो लक्ष्य लिदा तपाईलाई सहज हुन्छ अथवा कस्तो काम गर्दा तपाईलाई खुसि मुल्छ त्यो काम गर्नुहोस् । यदि तपाइँ जुन काम गर्नुहुदैछ त्यसमा तपाईको रुचीनै छैन भने त्यो काम गरेको कुनै अर्थ नै रहदैन । करियरलाई मजबुत बनाउनको लागी उपयुक्त लक्ष्य निर्धारण गर्नुहोस् ।

२. समय तालीका अनुसार काम गर्न सिक्नुहोस्:

लक्ष्य निर्धारण गरिसकेपछि तपाईले आफ्नो समय ब्यबस्थापन गर्न पनि सिक्नु पर्दछ । सानो-सानो समयलाई पनि तपाइले सहि ढंगले उपयोग गर्नु भयो भने तपाईलाई करियरको खुड्किला चढ्न पनि सहज बन्दै जानेछ । अरुले कसरी समय ब्यबस्थापन गरेका छन् भन्ने कुरामा ध्यान नदिनुहोस् ।

तपाईलाई कसरी समय सहि तरिकाले ब्यबस्थापन गर्दा काम गर्न सजिलो हुन्छ त्यसैमा मात्र ध्यान दिनुहोस । यदि तपाइले आफ्नो समय तालीका अनुसार काम गर्न सुरु गर्नुभयो भने तपाईलाई एक सेकेन्ड पनि निकै महत्वपूर्ण लाग्न थाल्दछ । त्यसैले उज्वल भविष्यको लागि समय तालीका अनुसार आफ्नो काम गर्नु एकदमै जरुरि हुन्छ ।

३. कामलाई प्राथमिकता दिनुहोस:

आफुले गरेको कामलाई जहिल्यै पनि प्राथमिकता दिने गर्नुहोस् । यसो गर्नाले तपाईको काम प्रतिको क्षमता अझै बढ्दै जान्छ । तपाईको काम प्रतिको मनोबल पनि विकास हुदै जान्छ । आफ्नो काम बाट आफै प्रेरित हुन सिक्नुहोस । कसैले मैले गरेको कामलाई वा! वा! भानिदियोस भन्ने आशमा कहिल्यै पनि नबस्नुहोस । यसले तपाईको मनोबल घट्ने गर्दछ । यदि आफ्नो काम प्रतिको मनोबल र जाँगरलाई जोगाइराख्न चाहनुहुन्छ भने सर्वप्रथम आफुले गरेको कामलाई प्राथमिकता दिनु एकदमै जरुरी हुन्छ ।

४. नयाँ कुरा सिक्ने बानी बसाल्नुहोस:

सधै नयाँ कुरा सिक्ने बानिको बिकास गर्नुहोस् । यसले तपाईको दिमागी क्षमता पनि बढ्नेछ । जो मान्छे जिज्ञासु हुन्छ त्यहि नै सधै सफल पनि बनेको हुन्छ । त्यसैले सधै तपाइँ पनि जिज्ञासु बन्नुहोस । नयाँ कुराहरु खोजि-खोजी सिक्ने गर्नुहोस् । जति नयाँ कुरा सिक्दै जानुहुनेछ त्यतिनै तपाइँ आफुलाई फरक पाउदै पनि देख्नुहुनेछ ।

जो व्यक्ति केहि जान्ने खोज्दैन त्यो व्यक्ति करियरमा कहिल्यै अगाडी पनि बन्न सक्दैन । केहि सिक्न नचाहने व्यक्ति सधै अरुको अगाडी आफुलाई लज्जित महशुस गर्ने गर्दछ । त्यसैले आफुलाई सफल बनाउँन हरेक दिन नयाँ कुरा सिक्दै जानुहोस ।

५. जिम्मेवारी वहन गर्ने गर्नुहोस्:

एक सफल व्यक्तिमा हुनुपर्ने गुड तपाईमा पनि हुनु एकदमै जरुरी हुन्छ । त्यो हो जिम्मेवारी बहन गर्ने र गलत भएमा त्यसलाई स्वीकार गरेर त्यसको समाधान पनि गर्ने गर्नुपर्दछ । सानो – साना कुरालाई पनि ख्याल गरेर अगाडी बढ्न सक्नुभयो भने तपाईलाई कसैले पनि रोक्न सक्दैन ।

सफल करियरमा गल्ति स्वीकार गर्ने क्षमता राख्नु पनि पर्दछ । किनकि आफ्नो गल्ति स्वीकार्न सक्ने क्षमता सबैमा हुदैन । यदि तपाईमा त्यो क्षमता छ भने तपाइले अवश्य पनि सफलता हाशिल गर्नुहुन्छ ।

६. मानिसहरु संग घुलमिल हुने गर्नुहोस्:

सफल करियरको लागि मानिसहरु संग घुलमिल भएर सम्बन्ध बिस्तार गर्ने बानीको बिकास गर्नुहोस् । यसरी उनीहरु संग घुलमिल भएर बस्दा उनीहरुको आइडियाहरु पनि आफुलाई थाहा हुन्छ र बुद्दिजीवीहरु बाट नयाँ कुरा सिक्ने मौका पनि प्राप्त हुन्छ ।

करियरमा सफल मात्र भएर पनि हुदैन किनकी सफल जीवन संगसगै लिंक पनि बिस्तार गर्दै लैजानुपर्छ । यसले पछी आउने समस्याहरु संग लड्न तपाईलाई मद्दत पनि गर्दछ । संसारमा सबैभन्दा ठुलो कुरा भनेकै लिंक वा सम्बन्ध हो । तपाइले जति धेरै आफ्नो लिंक बढाउन सक्नुभयो तपाइँ र तपाईको करियर पनि त्यतिनै बलियो हुदै जाने गर्छ ।

७. आफ्नो क्षेत्रको मानिसहरुले गरिरहेको कामको बारेमा जानकारी रहनुहोस्:

करियरमा अघि बढ्नका लागी यो पनि सबैभन्दा महत्वपूर्ण काम हो । आफ्नो क्षेत्रमा अब्बल रहनका लागि तपाइले त्यो क्षेत्रको बारेमा पनि राम्ररि बुझेर अघि बढ्नु जरुरि हुन्छ । यसले गर्दा भविष्यमा आइपर्ने समस्याबाट डराएर भाग्नु पर्दैन ।

कोहि मानिसहरु त्यस्ता पनि हुन्छन कि जो आफुले गर्ने कामबारे नबुझी त्यो क्षेत्रमा हात हाल्ने गर्दछन र पछि गएर पछुताउने गर्दछन । त्यसैले पछी गएर पछुताउन चाहनुहुन्न भने ति कामहरुबारे राम्रो सगले जानकार रहनुहोस् जुन क्षेत्रमा अब तपाइँ आफ्नो करियर बनाउन जादै हुनुन्छ ।

८. अनुशासनलाई महत्व दिनुहोस:

सफल जीवनमा अनुशासनको पनि ठुलो भूमिका रहेको छ । किनकि तपाईमा अनुशासननै छैन भने तपाईलाई कसैले पनि मन पराउदैन । न त तपाईको संग कोहि काम गर्न नै रुचाउछ । त्यसैले सधै आफ्नो अनुशासनलाई पनि ध्यानमा राखेर अघि बढ्नुहोस् ।

यदि तपाईको अनुशासन सहि छ भने तपाइँ संग काम गर्नें मान्छेहरु पनि अनुशासनमै बस्ने छन् । त्यसैले सफल करियरको लागी तपाइँ अनुशासित हुनु पनि एकदमै जरुरि छ ।

९. पढ्ने बानीको बिकास गर्नुहोस्:

पढ्ने बानीको बिकास गर्नुहोस् । यदि तपाइँ पढ्ने बानीको बिकास गर्नुहुन्छ भने तपाइँमा नयाँ कुराहरु पनि समावेश गर्नेछन । त्यसपछि तपाइँ अरुभन्दा एक कदम अगाडी पनि बढ्नुहुनेछ ।

धेरै कुराको ज्ञान भयो भने भविष्यमा जस्तोसुकै समस्या किन नआओस तपाई कदापि पनि पछी हट्नुहुन्न किनकि तपाइँभित्र त्यो शाहस, त्यो हिम्मत आइसकेको हुनेछ । त्यसैले याद राख्नुहोस् किताबी ज्ञान हुनु एकदमै आवश्यक छ जसैल तपाईलाई अब्बल बनाउन मद्दत गर्छ ।

१०. बेला – बेला दिमागलाई फ्रेश बनाउनुहोस्:

जतिबेला पनि काम मात्र गरिरहनु भयो भने टाउको दुख्ने समस्या हुन्छ त्यसैले बेला – बेलामा आफुलाई फ्रेश पनि राख्ने गर्नुहोस् । यदि तपाई कम्प्युटर अगाडी बसेर घन्टौ सम्म काम गर्नुहुन्छ भने एकछिन भए पनि बाहिर निस्केर हावामा रमाउने गर्नुहोस ।

चिया अथवा कफी बनाएर पिउने पनि गर्नुहोस्, यसले तपाइँको मुड अन गराउन मद्दत गर्दछ । दिमागमा जतिबेला पनि कामको प्रेसर नदिनुहोस् । आफ्नो लागि पनि समय छुट्याउनुहोस् र आफुलाई रिफ्रेश पनि गर्नुहोस् ।

काम गर्दा सधै आत्मसन्तुष्टि खोज्ने गर्नुहोस् । किनकि यदि तपाई सन्तुष्ट नै हुनुन्न भने त्यो काम प्राती तपाईको मनै लाग्दैन र त्यो काम गरेको कुनै फाइदा पनि हुदैन ।

तपाईलाई आफुले निर्धारण गरेको लक्ष्य ठिक लागीरहेको छैन भने आफ्नो काम गर्ने क्षेत्र परिवर्तन गर्नुहोस् । किनकि मन नलागी गरेको कामको फल पनि प्राप्त हुदैन । त्यसैले बेलैमा सहि निर्णय लिनुहोस् कि कस्तो क्षेत्रमा तपाईलाई मन लाग्छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending