Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
रोचक दुब्लो व्यक्तिमा हुनसक्छ यस्तो रोग, कसरी मोटाउने ?

दुब्लो व्यक्तिमा हुनसक्छ यस्तो रोग, कसरी मोटाउने ?

Published:

On: Nepal

Nepal Online Patrika: ‘ओए कस्तो दुब्लाएकी ?, खाना नै खादैनौं कि के हो ? डाइटिङमा हो कि के हो ?’

माथिका प्रश्नले वास्तविक दुब्लो महशुस गर्ने व्यक्तिलाई निकै पीडा दिन्छ । मोटाउन चाहेर पनि कतिको शरीरको तौल बढ्दैन । जसले गर्दा यस्ता प्रश्नहरुले दुब्लो–पातलो मानिसलाई दिक्क लगाउँछ । मािनसहरुका यी प्रश्नले पनि दुब्ला व्यक्तिमा मोटाउने चाहना बढ्छ ।

हेर्दा मात्र कहाँ होर, दुब्ला व्यक्तिलाई सपिङ गर्न जाँदा पनि सामान किन्नै समस्या हुन्छ । मनपरेका कपडाहरु सबै ठूलो भइदिन्छन् । यस्तो समस्याबाट तपाईहरु पनि पीडित हुनुभएको छ होला ।

खासमा युवा युवतीहरु किन दुब्लो हुन्छन् ? आज हामी तपाईलाई यस विषयमा जानकरी दिदैछौं ।

दुब्लोपनको विभिन्न कारणहरु छन् । गर्भअवस्थामा आमालाई पौष्टिक तत्व नपुगेमा दुब्लो तौल भएको शिशू जन्मन्छन् ।

सामान्यतया साढे दुई केजी भन्दा कम तौल भएको शिशू जन्मिका उसलाई दुब्लो शिशू भन्न सकिन्छ । यस्तै जन्मिएपछि आमाको दुध कम भएमा पनि बालबालिकाको तौल घट्छ । आमाको दुध पर्याप्त नहुँदा बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ र दुब्लाउछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको एक रिपोर्टमा पछिल्लो समय जंग फुट (चाउचाउ, विस्कुट लगायतका बाहिरी खाना) का कारण बालबालिका दुब्लाउँदै गएका छन् । बालबालिकामा पोषणको कमी भएका उनीहरु दुब्लो हुन्छन् ।

तर बालबालिकामा मात्र होइन युवाअवस्थामा खाइलाग्यो हुनुपर्ने ज्यान आजभोलिका युवामा पनि देखिदैन । दुब्लो भएकै कारण धेरै युवायुवती चिन्तित छन् । आफूले खाना खाइरहे पनि किन मोटाउदिन भनेर धेरै व्यक्तिले सोच्नुभएको होला । तर तपाईले ख्याल नै गर्नुभएको छैन कि ?

तपाईले खाने खानामा तपाईको लागि पोषणतत्व नै कम छ कि । वा छिटो र मिठो खाने नाममा तपाई पेट भर्न मात्र खाइरहनु भएको छ कि । पोषणविद्हरुका अनुसार आजभोली युवायुवतीहरु पोषणतत्व मिलेको खाना भन्दापनि भोक टार्न अघाउने खाना मात्रै खान थालेका छन् । जसले गर्दा शरीरलाई चाहिने क्यालरी नपुग्दा युवायुवतीहरु दुब्लाउँदै गएका छन् ।

सामान्यतया वयस्क व्यक्तिलाई दैनिक १८ सय देखि २ हजारसम्म क्यालोरी चाहिन्छ । दैनीक खाने खानमा उक्त परिमाणको क्यालोरी प्राप्त गर्न भएन भने मानिस मोटाउन सक्दैन ।

मोटो हुँदा मात्रै होइन दुब्लो व्यक्तिमा पनि समस्याहरु आउछ । उचाई अनुसारको तौल कम हुँदै जानुमा व्यक्तिमा क्यान्सरदेखि टिबी र एचआईभी सम्मका रोगहरु लागेको हुनसक्ने पोषणविदहरु बताउँछन् ।

दुब्लो व्यक्तिमा हुने समस्या:

1.शारीरिक रुपमा कमजोर हुन्छन्, 2.दैनिक रुपमा सहज रुपमा काम गर्न सक्दैनन्, 3.इन्फेक्सनको खतरा हुनसक्छ, 4.शरीरमा रोग हुनुसक्छ,
5.भोक लाग्दैन, 6.पेट सम्बन्धि रोग लागेको हुनसक्छ, 7.क्यान्सर भएको हुनसक्छ, 8.जुका, टिभी, एचआईभी,

कसरी मोटाउने ?

1.क्यालोरी प्रयाप्त भएका खाना मात्रा मिलाएर खाने, 2.प्रोटिन भएको खाना नियमित खाने, 3.कार्बोहाइड्रेट युक्त खाना खाने, 4.दिनको ३ छाक खाने,
5.फ्याट भएको दुध खाने, 6. स्वस्थ र गुणस्तरीय खाना खाने, 7. चिज, आलु, फापर खाने, 8. माछा, माछु खाने ।

कसरी हटाउने अनुहारको कालो पोतो ? जानी राखौँ:

छाला कालो, खस्रो हुनु विभिन्न किसिमका फोका, दाग, घाउ आउनुलाई छालाको समस्या वा रोग भनिन्छ । छालाको रंग चम्किलो खालको हुन्छ । स्वस्थ छाला र अस्वस्थ छाला राम्ररी चिन्न सकिन्छ । महिलामा छालाको विषेश महत्व हुन्छ । छालाले सुन्दरताले अत्यन्त महत्व राख्दछ । छालाको स्वस्थताले नै सुन्दरताको विशेषता झल्काउँछ । सुन्दर र स्वस्थ छाला भयो भने सुन्दरतामा अत्यन्त चमक आउँछ । छालाले साथ दियो भने सुन्दरताको लागि सुनमा सुगन्ध हुन्छ । छालाको सुन्दरता जोगाई राख्न केही होसियारी अपनाउनु पर्दछ ।

छालामा लाग्ने हुने विभिन्न समस्या र रोगका बारेमा जानकारी राख्न सके यसले हामीलाई सुन्दर र स्वस्थ बनाउँछ । स्वस्थ छालाले मानिसलाई सफलतामा पुर्याउँछ । सुन्दरता नचाहने कोही पनि हुँदैंन । छालाको सुन्दरतासँगै मनको सुन्दरता पनि आवश्यकता हुन्छ । मनको सुन्दरताले छालालाई सुन्दर बनाउँछ र स्वस्थता प्रदान गर्दछ ।

सामान्य छालाको कोषलाई Melanocytes भनिन्छ । जुन कोषहरुले मेलानिन नामक तत्व उत्पादन गर्दछन् जसले छालालाई रंग प्रदान गर्दछन् । छालामा मेलानिनको मात्रा ठीक्क भएमा छाला राम्रो देखिन्छ । मेलानिन बढी भएमा कालो देखिन्छ । थोरै मेलानिनको मात्रा निस्केमा छाला पहेंलो नराम्रो देखिन्छ । बढी मेलानिन निस्केमा ठाउँ वरिपरि कालो छाला आएको भनिन्छ । यो बिस्तारै शरीरमा फैलिदै जान्छ ।

कालोपोतो हुने कारण:

१) कहिलेकाही छालामा संक्रमण हुँदा छालाका कोषमा आउने गडबडीले मेलानिन उत्पादन बढी भई छालामा असर देखिन्छ । यस्तो अवस्थामा समयमा उपचार गराउनुपर्छ ।

२) आइरन चक्की खाईरहे, यसको मात्रा बढी भएमा पनि कालोपोतो देखिन सक्छ । वा अन्य कुनै औषधिले पनि कालोपोतो निकालिदिन सक्छ ।

३) इण्डोक्राइन रोग वा कुनै किसिमको हार्मोनल रोगहरु जस्तै थाइराइड, सुगर, पाठेघरको समस्या, पेट तथा मिर्गौलाका समस्या भएमा छालाका रोग देखिन सक्छन् । समयमा उपचार नभएमा छालाका कोषमा गडबडी आई छालाका रोग तथा कालोपोतो आउन सक्छ ।

४) खुल्ला घाममा हिँड्दा घाममा हुने पराबैजनी किरणमा आउने विकिरणका कारण छालाका कोषमा गडबडी आई कालोपोतो देखिन्छ । घामको विकिरणको मात्रा बढी भई छालामा गडबडी देखिन्छ । यस्तो अवस्थामा बढी गर्मीबाट बच्ने तथा सनस्क्रीन क्रिमको प्रयोग गर्नुपर्दछ । प्रशस्त मात्रामा पानी पिउने, धेरैपटक मुख धुने गर्दा छाला बिग्रन पाउँदैन ।

कालोपोतो उपचार पछि कतिपयलाई आइरहने भएकाले उच्च किसिमको उपचार तथा सल्लाह आवश्यक पर्दछ । उपचारका क्रममा विभिन्न किसिमका छाला चम्काउने वा कालो भएका भागलाई छोप्ने क्रिम पाइन्छन् । कालोपोतो फाल्ने भनेर बनाएका औषधि पनि पाइन्छन् । यस्ता औषधि लगाउँदा २१ दिन अर्थात् तीन हप्ताभन्दा बढी नियमित नलगाउने यसपछि त्यसको फाइदा तथा बेफाइदा हेरेर सल्लाहअनुसार अगाडि बढ्नुपर्छ ।

सम्बन्धित समाचार

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

मंगलबार बिहानै गर्नुहोस् पुजा भगवान गणेशजीको ,मिल्ने छ खुशी

कुनै पुजा आजा गर्दा हामिले भगवन गणेशजीलाई सम्जने गरिन्छ मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा मिल्ने छ । लाभै लाभ हरेक मानिसहरुले मंगलबार भगवान गणेशको पूजा गरेकै हुन्छन् । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

जमेको काने गुजीलाई निकाल्न चाहानुहुन्छ ? यो विधि अपनाउनुहोस् सुन्ने शक्ति बढ्छ दुई गु’ण !

शरीरको साथसाथै, का’न सफा गर्नु पनि धेरै महत्त्वपूर्ण छ । मानिसहरू प्राय जसो आफ्नो शरीर सफा गर्दछन् तर कान सफा गर्न बिर्सन्छन् ।

‘मुसा’ आएर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

मानिस शरीरका विभिन्न भागमा ‘मुसा’ आएर हैरान भएका हुन्छन् । त्यसलाई रोक्न वा हटाउन नसक्दा उनीहरूको सुन्दरतामै असर परिरहेको हुन्छ । विभिन्न औषधि गर्दा पनि यसबाट छुटकारा पाउन नसक्दा मानिसलाई तनाव भइरहेको हुन्छ ।

ताजा समाचार

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ ।

ताजमहल आजबाट खुल्यो

कोरोनाभाइरस संक्रमणपछि बन्द रहेको भारतको ताजमहल सोमबारदेखि खुलेको छ । गत मार्च १७ देखि बन्द रहेको आगरास्थित ताजमहल सोबारबाट खुलेको हो ।

मंगलबार बिहानै गर्नुहोस् पुजा भगवान गणेशजीको ,मिल्ने छ खुशी

कुनै पुजा आजा गर्दा हामिले भगवन गणेशजीलाई सम्जने गरिन्छ मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा मिल्ने छ । लाभै लाभ हरेक मानिसहरुले मंगलबार भगवान गणेशको पूजा गरेकै हुन्छन् । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।
X