Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
नेपाल कसरी शुरु भयो रातो मछिन्द्रनाथको भोटो जात्रा ?

कसरी शुरु भयो रातो मछिन्द्रनाथको भोटो जात्रा ?

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: किंवदन्तीअनुसार काठमाडौँ उपत्यकामा रहेको टौदहमा एक जोडी नाग दम्पती बस्थ्यो । त्यो नागहरुका राजा कर्कोटक नागको जोडी थियो ।

एकपटक नागिनीको आँखा बिरामी भयो । राजाले नागिनीको आँखा उपचार गराउने वैद्य खोज्ने क्रममा भक्तपुरमा एक जना जान्ने ज्यापू वैद्य रहेको थाहा पाए । कर्कोटक नाग ज्यापू वैद्यलाई खोज्न गए । नागले ज्यापूलाई नागिनीको आँखा दुखेको बिन्ती बिसाए । ती ज्यापू वैद्यले नागको अनुरोध स्वीकारे । दुवै टौदह पुगे । वैद्यले नागिनीका आँखामा मलम बनाएर लगाइदिए । उनको आँखा निको भयो । नागनागिनी ज्यादै खुशी भएर ज्यापू वैद्यलाई अनेक पुरस्कार दिए । सो पुरस्कारमा अनेक किसिमका मणि जडेको झलझल झल्कने भोटो पनि थियो ।

त्यो भोटो लगाएर ज्यापू वैद्य ढल्कँदै हिँड्थे । ज्यापूको त्यति राम्रो भोटो देखेर भूतलाई लोभ लाग्यो । ज्यापूले भोटो फुकालेर आलीमा राखी खेत खन्न थालेपछि भूतले भोटो सुटुक्क चोरेर लग्यो । हस्याङ्फस्याङ गर्दै वैद्य भूतको पछि लागे । उनले भूतलाई समात्न सकेनन् ।

पाटनमा त्यसअघि मच्छिन्द्रनाथको रथ तान्ने मात्र चलन थियो । यस समय मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल ल्याइपुर्याउँदा उपत्यकावासी र भूतप्रेतहरु पनि जात्रा हेर्न आउँथे ।

त्यो भोटो चोर्ने भूत पनि जात्रामा आउँछ कि भनेर ज्यापू त्यहाँ आइपुगे । नभन्दै झल्झली झल्केको भोटो लगाएर भूत जात्रा हेर्न आएको रहेछ । त्यो भूत झिलिक्क देखिएर मिलिक्क हराउँथ्यो । बल्लतल्ल वैद्यले पछाडिबाट भूतका पाखुरामा च्याप्प समाते । उनले भूतसँग आफ्नो भोटो मागे । भूतले दिन मानेन । दुवैका बीच ठूलो झगडा भयो । राजा गुणकामदेव पनि मच्छिन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न त्यहाँ आएका थिए । राजाका भारदारले ती दुवैबीच ठूलो झगडा भएपछि राजाका अगाडि हाजिर गराए । वैद्यले राजासामु “महाराज मलाई कर्कोटक नागले दिएको भोटो यसले चोर्यो” भने । भूतले भोटो मकैबारीमा आफूले पाएको राजासामु बतायो । गुणकामदेव न्यायी र धर्मात्मा राजा भएकाले दुवैसँग प्रमाण मागी निर्णय नहुञ्जेल त्यो भोटो नासोका रुपमा मच्छिन्द्रनाथको पुजारीलाई राख्न अनुरोध गरेको मानिन्छ ।

प्रमाणका लागि ज्यापू वैद्य टौदह किनारमा पुगेर कर्कोट नागलाई भेटे । नागले आफू पनि मान्छेको रुप लिई सेतो लुगा लगाएर मच्छिन्द्रनाथ जात्रामा साक्षी बन्न आउने बताए । “म आउँदा हुरी चल्नेछ । म अरुभन्दा अग्लो पनि देखिने छु”, कर्कोटक नागले भने । त्यस समय जावलाखेलमा मच्छिन्द्रनाथको रथ आइपुगेको तीन दिन भएको थियो । ज्यापू भोटो पाउने आश लिएर बेलैमा जावलाखेल आए ।

राजा गुणकामदेव पनि त्यहाँ आए । एक छिन हुरी चल्यो तर वैद्यले हुलमा अरुभन्दा अग्लो मान्छेलाई ठम्याउन सकेनन् । राजाले त्यो कसको भोटो हो भनी मच्छिन्द्रनाथ रथका चारै कुनाबाट देखाउने आज्ञा दिए तर साक्षी प्रमाणहसहित त्यो भोटो लिन कोही पनि अघि सरेनन् भन्ने मान्यता अझसम्म नेपालमा रहिआएको छ

यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । यस जात्रा हेर्न काठमाडौं उपत्यकाका तीनै शहरबाट श्रद्धालु भक्तजन पाटन आउने चलन थियो । काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तावलोकितेश्वर करुणामयको स्थान निकै उच्च रहेको पाटन सुन्धारा निवासी सूर्यमान डंगोलले बताए ।

रातो मत्स्येन्द्रनाथको क्षमा पूजा हुँदै, आइतबार सोह्रखुट्टे पाटीसम्म रथ तानिने:

आज रातो मत्स्येन्द्रनाथको क्षमा पूजा गरिँदैछ। बिहीबार रथ तान्न खोज्ने स्थानीयलाई कोरोना संक्रमणको जोखिमका कारण प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो।

त्यसपछि बिहीबार साँझ अबेरसम्म जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले आज क्षमा पूजा गर्ने तथा आइतबार सोह्रखुट्टे पाटीसम्म रथ तानेर संक्षिप्त विधिबाट बाँकी प्रक्रिया पूरा गर्ने निर्णय गरेको थियो।

जिल्ला प्रशासन कार्यालय ललितपुर, जात्रा व्यवस्थापन कार्यदल, ज्यापू समाज, ललितपुर महानगरपालिका, स्थानीय १९ जातीय समूहहरू (खलः पुचः), गुठी संस्थान लगायत अन्य सरोकारवालाको बैठकले त्यस्तो निर्णय गरेको थियो।

त्यसपछि १९ जातीय समूहहरूको तर्फबाट जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले विज्ञप्ति जारी गरेर कोभिड–१९ को कारणले उत्पन्न विषम परिस्थितिका कारण यो वर्ष मात्रै सम्बन्धित सबैको सहमतिमा सबै विधि प्रक्रियाहरू हाल रथ रहेकै स्थानमा सम्पन्न गर्ने जानकारी दिएका छन्।

गत वर्षहरूमा पुल्चोकबाट शुरू हुने रथ यात्रा गाः बाहल–सुनधारा–लगनखेल–इती टोल हुँदै जावलाखेल पुग्थ्यो। त्यहाँ भोटो देखाएपछि रातो मच्छिन्द्रनाथलाई बुङमती पुर्याइन्थ्यो। रथ भने हरेक १२ वर्षमा एकपटक मात्र बुङमती पुराइन्थ्यो।

पछिल्लो पटक भुकम्प गएको साल २०७२ मा त्यसरी रथलाई बुङमती पुर्‍याइएको संयोजक महर्जनले जानकारी दिए। यसपटक रथलाई पुल्चोकबाट घुमाएर जावलाखेलसम्म पु¥याइने कार्यलाई संक्षिप्त विधिबाट पूरा गर्न लागिएको हो। त्यसका लागि आइतबार २१ भदौमा अहिले रथ रहेको स्थानबाट करीब पाँच मिटर जस्तो उत्तरपट्टी रहेको पुल्चोकस्थित सोह्रखुट्टे पाटी पुराइनेछ।

त्यसको अर्को दिन साइत हेरेर प्राप्त हुने दिनमा (सम्भवतः २६ भदौमा) रातो मस्त्येन्द्रनाथ बुङ्मती प्रस्थान गराइने संयोजक महर्जनले बताए। विगतका वर्षहरूमा भोटो देखाएपछि खटमा राखेर मत्स्येन्द्रनाथलाई बुङमती पुर्‍याइएजस्तै यसपटक पुल्चोकबाटै खटमा राखेर बुङमती लगिनेछ।

पुल्चोकमा बिहीबार झडप भएपछि स्थानीय प्रशासनले ललितपुरको चक्रपथ भित्र कर्फ्यू जारी गरेको छ। कर्फ्यूका बीच रथ भएको स्थानमा क्षमा पूजा गरिएको हो।

सम्बन्धित समाचार

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

विद्यालय खुल्न थाले

कोभिड–१९ को महामारीका कारण भएका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । लामो समय बन्द रहेका जिल्लाका विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न थालेको बताएका छन् ।

प्रधानमन्त्रीको मुडमा चल्छ कि प्रहरी आईजीपीको आदेशमा ?

नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने मनिषमान श्रेष्ठमाथि प्रहरीले शुक्रबार माइतीघरमा लाठी बजार्‍यो । लाठी प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लाग्यो । रगताम्ये देखिएको श्रेष्ठको तस्वीर क्षणभरमै सामाजिक सञ्जालमा भाइरल बन्यो ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X