जिम्मी डिनका प्रेरक भनाइहरु

0
126

Nepal Online Patrika| Kathmandu: जिम्मी डिन प्रसिद्ध अमेरिकी अभिनेता, गायक, टेलिभिजन होस्ट र व्यवसायी हुन् । उनको जन्म सन् १९२८ अगस्ट १० मा भएको थियो भने २०१० जुन १३ मा उनको निधन भएको थियो ।

जिम्मी डिनका प्रेरक भनाइहरु :

१. आफू जस्तो छौ, त्यस्तै बन । तिमीलाई अहिले मन नपराउनेहरुले तिमी परिवर्तन भएपछि मन पराउँनेछन् भन्ने के ग्यारेन्टी ?

२. मैले भोगेको गरिबी नै मेरो लागि सबैभन्दा ठूलो प्रेरणा बन्यो ।

३. तिमीले थाहै नपाइ तिम्रो भाग्य गुम्यो भने ? त्यसैले हरेक दिन कम्तिमा एक पटक आफ्नो भाग्यको परिक्षण गर ।

४. मैले हिजो त्यति पैसा कमाएँ, जुन मैले मेरो जिन्दगीभरमा पनि कमाउँछु जस्तो लाग्दैनथ्यो ।

५. जुन कामको योजना बारे बताउंदैछौ, त्यो काम पहिले नै गर । र, त्यो कामको योजना जति बताउँछौ त्यो भन्दा बढी काम गर ।

६. तिमीले जति अनुभव लिंदै जान्छौ, त्यति नै आफूलाई माया गर्न सिक्दै जान्छौ ।

७. भगवान तिमीले सोंचेभन्दा दयालु र ठूला छन्, पहिले काम गरेर हेर ।

८. आफूलाई नढाँट र काममा आफ्नो मन लगाऊ । यदि तिमीले त्यसो गर्न सकिरहेको छैनौ भने त्यो काम गर्न छोडीदेऊ ।

सुन्दर ११ भनाईहरु, जसले तपाईमा शाहस जगाउने छ:

प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै ११ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी ११ महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. जसले आफ्नो सोचलाई परिवर्तन गर्न सक्दैनन् उनीहरूले केही पनि परिवर्तन गर्न सक्दैनन् । – जर्ज बर्नाड शा

२. सानो काममा सफल हुनुभन्दा महान् काम गर्ने प्रयाशमा असफल हुनु बेस । – रोबर्ट सर्चलर

३. केही नगरेसम्म केही हुदैन । – अल्बर्ट आइन्स्टाइन

४. पिडा अस्थाइ हुन्छ तर हार हुदैन यसर्थ पिडा सह तर हार नमान । – लेन्स आर्मस्ट्रङ

५. तिमी त्यो जिन्दगी बाँच जुन तिमी चाहन्छौ । – पिकासो

६. प्रत्येक बिहान जब म आँखा खोल्छु म आफैसँग भन्छु,-‘मसँग आजको दिन खुसी हुनेकी दुःखी हुने भन्ने शक्ति छ । मैले यि दुइ मध्ये कुनै एक रोज्न सक्छु । हिजो मरिसक्यो, भोली अझै जन्मेको छैन, मसँग मात्र एक दिन छ- आज । र म यसलाई खुसीले रंगाउन गइरहेको छु ।’ – ग्रुसो मार्स

७. तिमी खुसी हुन चाहन्छौ भने, हुन सक्छौ । – लियो टोल्स्टाय

८. अब नरोऊ किनभने यो सकियो, बरू खुसी बन किनभने यसको सुरूवात हुदैछ । – सिअस

९. मलाई पारी जान त्यो परको पहाडले छेकेको होइन मेरो जुत्ता भित्रको ढुंगाले हो । – – चिनिया कहावत

१०. लामो कालो रात पछी नै नयाँ सुनौलो विहानको सुरूवात हुने हो । – अंग्रेजी कहावत

११. यो नहेर कि तिमी कहा लड्यौ, बरू यो हेर कि तिमी कहाँ चिप्लिएका थियौ । – अफ्रिकन कहावत ( प्रेरक संसार )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here