Thursday, September 24, 2020

Thursday, September 24, 2020
कोरोना भाइरस काठमाडौं उपत्यकामा थपिए ४५४ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ४५४ जना कोरोना संक्रमित

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार काठमाडौंका ३८६ , ललितपुरका ३२ र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

थप १३ सय ५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४ हजार २३६ पुग्यो:

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरमा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज संक्रमित हुनेमा ४६४ महिला र ८९५ जना पुरुष रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ।

आज १३ हजार ६३८ जनाको पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टा मा थप १३ सय ५४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २५ हजार ५६१ पुगेको छ।

सम्बन्धित समाचार

बिहीबार १४९७ कोरोना संक्रमित थपिँदा ४५७ जना निको, निको हुनेको संख्या ५० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

विद्यालयबाट क्‍वारेन्टाइन हटेन झापामा, सिकाइ सहजीकरण प्रभावित

विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ।

‘अब बृद्धभत्ता पाँच हजार’

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले अब बृद्धभत्ता रु पाँच हजार पुग्ने बताउनुभएको छ ।

ताजा समाचार

बिहीबार १४९७ कोरोना संक्रमित थपिँदा ४५७ जना निको, निको हुनेको संख्या ५० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
X