Connect with us

नेपाल

हिं’सा प्रभावित महिलाले उत्पादन गरेको मास्क अमेरिकी बजारमा

दाङका हिंसा प्रभावित महिलाहरुले उत्पादन गरेको मास्कले अमेरिकी बजार पाएको छ । महिला सामूदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग तथा लैङ्गिक पुनस्र्थापना केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित महिला स्वरोजगार तालिम केन्द्रले उत्पादन गरेको मास्कले अमेरिकी बजार पाएको हो ।

Published

on

Nepal Online Patrika| Kathmandu: दाङका हिं’सा प्रभावित महिलाहरुले उत्पादन गरेको मास्कले अमेरिकी बजार पाएको छ । महिला सामूदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग तथा लैङ्गिक पुनस्र्थापना केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित महिला स्वरोजगार तालिम केन्द्रले उत्पादन गरेको मास्कले अमेरिकी बजार पाएको हो ।

दाङका ३० जना हिं’सा पीडित महिलाहरुले उत्पादन गरेको मास्क अमेरिकाको ‘वन डलर फर लाइफ’ (ओडिएफएल) नामक संस्थाको माग अनुसार त्यहाँ पठाइएको महिला सामूदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडका वरिष्ठ प्रबन्धक पवन योगीले बताए ।

योगीले भने, ‘हामीले लैङ्गिक हिं’सामा परेका महिलाहरुले उत्पादन गरेको मास्क अमेरिकी जान थालेको छ । यो मास्क वन डलर फर लाइफ (ओडिएफएल) नामक संस्थाको माग अनुसार प्रतिगोटा २० रुपैयाँका दरले तीन हजार थानमास्क अमेरिका पठाएका छौँ ।’

सुरुमा एक हजार थान मास्क र एक सय स्यानिटरी प्याड पठाएका योगीले बताए । उनी थप्छन्, ‘अहिले फेरि माग भएअनुसार दुई हजार मास्क पठाएका छौँ ।’ समाजमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै स्थानीय बजारमा पनि मास्कको बजार बढ्दै गएको छ ।

३२ हजार मास्क उत्पादन:

दाङमा महिला सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग तथा लैङ्गिक पुनस्र्थापना केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित महिला स्वरोजगार तालिम केन्द्रले हालसम्म ३२ हजार बन्दा बढी मास्क उत्पादन गरेको छ ।

केन्द्रले उत्पादन गरेका यी मास्क दाङसहित छिमेकी जिल्लामा पनि पठाइएको छ । लकडाउनको समयमा कन्द्रले उत्पादन गरेको मास्क सहयोग स्वरुप विभिन्न पालिकामा पनि पठाइएको थियो । प्रबन्धक योगीकाअनुसार उत्पादित मास्क विभिन्न मेडिकल तथा पसलहरूले पनि बिक्रीका लागि लैजाने गरेका छन् । केन्द्रले सिलाई कटाइका लागि तालिम सञ्चालन गर्दै आएको छ ।

झण्डै मासिक १५ हजार कमाउँछन् महिला:

स्वरोजगार तालिम केन्द्रमार्फत हिंसा प्रभावित महिलाहरुले मास्क, स्यानिटरी प्याड र बालबालिकाका न्याना कपडा सिलाएर सरदर मासिक १५ हजार रुपैयाँ कमाउने प्रबन्धक योगीले बताए । योगीका अनुसार, केन्द्रमार्फत हिं’सा पीडित महिलाहरुले एउटा मास्क सिलाउँदा २० रुपैयाँ पाउँछन् । एक व्यक्तिले दिनमा मिलाएर सिलाउँदा ४० वटासम्म मास्क सिलाउन सक्ने र सिजनअनुसारका कपडा सिलाउँदा आम्दानी राम्रै हुने भएकाले एक महिलाले मासिक सालाखाला १५ हजारसम्म बुझ्छन् ।

पर्यटकको खचाखच हुने कञ्चनजङ्घा क्षेत्र सुनसान बन्यो:

अघिल्ला वर्षहरूमा भदौ महिना शुरु नहुँदै कञ्चनजङ्घामा विदेशी पर्यटक आउने गरेका थिए । कञ्चनजङ्घा संरक्षण क्षेत्रका होटेलहरू पनि सरसफाइ गरेर पर्यटकलाई सेवा दिन तयार पारिन्थ्यो । ​होटेलहरु पर्यटकले भरिभराउ हुन्थे । तर, यसपटक पर्यटकीय सिजन शुरु भइसक्दा पनि पर्यटक देखिएका छैनन् । दैनिक ५० देखि दुईसय सम्म आन्तरिक तथा बाह्य पर्यटक आउने कञ्चनजङ्घा क्षेत्र यति बेला सुनसान बनेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण पर्यटक आउन नपाएपछि कञ्चनजङ्घा संरक्षण क्षेत्र सुनसान बनेको हो । कञ्चनजङ्घा मात्र होइन देशका पर्यटकीय गन्तव्य अहिले पर्यटकको पर्खाइमा रहेका छन् ।

विश्वको तेश्रो तथा देशको दोश्रो अग्लो हिमाल कञ्चनजङ्घाले पर्यटकलाई पर्खिरहेको छ । विगतका वर्षहरूमा विदेशी पर्यटक आउने यो समयमा अहिले पर्यटक देख्न नपाएको त्यस क्षेत्रका होटल व्यवसायीहरु बताउछन् । कोभिडको सङ्क्रमणबाट जोगिन विभिन्न देशले अर्को देशमा आवत जावतमा रोक लगाएपछि विश्वभरका पर्यटक घुमफिर गर्न आएका छैनन् ।

त्यसमाथि नेपाल सरकारले हवाई सेवामा रोक लगाएपछि पर्यटक भित्रिने मूलढोका नै बन्द गरेका कारण पनि पर्यटक नआएको व्यवसायीको गुनासो छ । पर्यटक आउजाउ पूर्ण रूपमा रोकिँदा कञ्चजङ्घा संरक्षण क्षेत्रका व्यवसायीहरूको रोजिरोटी नै गुमेको छ ।

पहिलो चरणको लकडाउन सकिएपछि गएको साउन ७ देखि खुल्ला गरेको सरकारले १५ साउनदेखि होटेल, रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङलगायत पर्यटनसम्बन्धी व्यवसाय खुला गरेको थियो । पर्यटन मन्त्रालयले भदौ एक गतेदेखि अन्तर्राष्ट्रिय उडान खुला गर्ने र विदेशी पर्यटकलाई घुमफिर गर्न आउन दिने रणनीति बनाइरहेको थियो ।

मन्त्रालयले पर्यटन व्यवसायको सुरक्षा प्रोटोकल पनि बनाइसकेको थियो । विदेशी पर्यटकलाई कसरी नेपाल प्रवेश गराउने र घुमफिर गर्न दिने भनेर रणनीति बनाइरहेका बेला कोरोना सङ्क्रमित ह्वात्तै बढ्न थालेपछि अहिले देशमा प्राय जसो लकडाउन वा निषेधाज्ञा जारी गरिएको छ । सरकारले १७ भदौदेखि सिमित संख्यामा नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । तर, यी उडानमा विदेशी पर्यटक नेपालमा घुमफिर गर्न आउन पाउने छैनन् ।

ताप्लेजुङमा भने कोरोना संक्रमित अहिलेसम्म फेला परेका छैनन् । । विदेशबाट आएकाहरुलाई क्वरेण्टीनमा राखेर मात्र समाजमा जान दिने व्यवस्था गरेकाले पनि अहिले कोरोना संक्रमणबाट जिल्ला बचेको छ । विदेशबाट आएका ५ जनामा कोरोना देखिए पनि सबै निको भएर घर फर्किसकेकाका छन् । पर्यटकको पर्खाइमा घञ्चनजङघा संरक्षणबासी

​कञ्चनजङ्घा संरक्षण क्षेत्रका अधिकांश बासिन्दाको रोजीरोटी नै पर्यटन व्यवसाय हो । कहिले कोरोनाको औषधि आउँछ अनि सहज वातावरण हुन्छ र पुनः पर्यटकको चहलपहल होला भन्ने पर्खाइमा छन् घञ्चनजंघा संरक्षणबासी ।

कञ्चनजंघा संरक्षण क्षेत्रको घुन्सामा यतीबेला होटलहरुमा पर्यटकको चहलपहल हुने गरेको थियो । गएको वर्ष यही समयमा होटेलका बेडहरु भरीभराउ हुने गरेका थिए । घुन्सामा शेर्पा गेष्टहाउस संचालन गरेर बस्तुभएका छेतेन ठण्डु शेर्पा पर्यटक नआएर अहिले गेष्ट हाउस खाली भएको बताउनुहुन्छ ।

होटल व्यवसायी शेर्पाका अनुसार ‘अहिले त सिजनमै सबै होटेल खाली छन् ।’ घुन्सामा पर्यटक आवतजावत गर्दा चहलपहल हुने गरेको थियो । स्वदेशी तथा विदेशी पर्यटकको आवत जावतले सबै होटल व्यवसायीको व्यवसाय राम्रै हुन्थ्यो । तर, यो वर्ष पर्यटक आउजाउ ठप्प भएपछि पर्यटन व्यवसायी चिन्तित बनेका छन् ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र विकास समितिका (केक्याप) का अध्यक्ष खगेन्द्र फेम्बुका अनुसार यो सिजनमा दैनिक आन्तरिक तथा बाह्य गरी दुई सय पर्यटक संरक्षण क्षेत्र पुग्ने गर्थे । संरक्षण क्षेत्रको घुन्सामा ४५ घरमध्ये १२ वटा होटल, घुन्सादेखि माथि रोनार्कमा ६, सेलेलेमा २, ग्याव्ला, फलोन ५ होटल रहेको होटल व्यवसायी छेतेन डण्डु शेर्पाले बताउनुभयो । कञ्चनजंघाको वेस क्याममा उता, सेखाथुममा एक करोड लगानी गरेर बनाएको होटेल अहिले सुनसान भएको सेकाथुमका होटल व्यावसायी ग्याबु शेर्पाले बताउनुभयो ।

कञ्चजङ्घा संरक्षण क्षेत्रका आकर्षणहरु:

​कञ्चजङ्घा संरक्षण क्षेत्रमा विशेस गरेर लुङथुङ झरना, पर्यटकीय बस्ती ओलाङचुङगोला, चार सयबर्ष पुरानो दिकिछ्योलिङ गुम्बा, पर्यटकीय बस्ती घुन्सा लगायत दर्जनौ पर्यटकीय स्थानहरु रहेका छन् । विश्वको तेश्रो तथा नेपालको दोश्रो अग्लो हिमाल कञ्चजंघा (८५८६ मिटर) हिमाल प्रमुख आकर्षक रहेको छ ।

त्यस क्षेत्रमा रहेको सिजेमा तालको अवलोकनका लागि आउने गर्छन् । यो संरक्षण क्षेत्रमा विशेष गरी डेनमार्क, चीन, बेलायत, इजरायल, जर्मनी, अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलियालगायत देशका नागरिक आउने गर्छन् । कञ्चजङ्घा संरक्षण क्षेत्रका अध्यक्ष फेम्बुका आनुसार संरक्षण क्षेत्रमा वार्षिक विदेशी पर्यटक मात्र १ हजार बढि आउने गरेको बताउनुभयो ।

संरक्षण क्षेत्रका होटल व्यावसायी खान नपाउने अवस्थामा:

हिमाली पर्यटकीय गाउँ घुन्सामा संकलन गरेको खाध्य सामाग्री सकिँदै गएको छ । लामो समयदेखि होटल चलाउँदै आउनुभएका घन्साका छेतेन डण्डु शेर्पा यो बस्तीका ४५ घर तथा ग्याव्ला, फले, खम्बछेन, सेलेले, रोनार्क जस्ता क्षेत्रका बस्तिका सयाैं परिवारले खान नपाउने अवस्था आएको बताउनुहुन्छ । यी क्षेत्रमा कुनै उत्पादन छैन । यी क्षेत्रमा आलु उत्पादन भए पनि यस वर्ष धेरै पानी परेका करण आलु उत्पादन समेत नभएको शेर्पाले बताउनुभयो ।

लकडाउन भएको ६ महिना बितिसकेको छ । यस अवधिमा भण्डारण गरिएको खाध्यान्न समेत सकिएको र होटल व्यवसाय समेत नचलेका कराण खाध्यन्न समेत किन्न नसकेको उहाँको भनाइ छ ।
पर्यटन व्यवसाय ठप्प भएकाले वैकल्पिक पेसा समेत नभएकाले भोकमरी हुने अवस्था आएको उहाँको भनाइ छ ।

‘जग्गा जमिन समेत छैन भए पनि हिमाली क्षेत्र भएकाले केही उत्पादन नहुने भएकाले अर्को बैकल्पिक खेती समेत गर्न सकिदैन’, उहाँले भन्नुभयो ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending