Monday, September 21, 2020

Monday, September 21, 2020
कोरोना भाइरस समुदाय र स्थानीय तहमा कोरोना संक्रमण फैलि सक्यो | कुन कुन ठाउँ हो ?

समुदाय र स्थानीय तहमा कोरोना संक्रमण फैलि सक्यो | कुन कुन ठाउँ हो ?

Published:

On: Nepal

Nepal Online Patrika | Kathmandu: नेपालमा कोभिड– १९ को संक्रमण समुदाय (कम्युनिटी) ट्रान्समिसन जिल्ला र स्थानीय तहमा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकारसँगको भर्चुअल बैठकमा नेपालमा संक्रमण समुदायस्तरमा फैलिएसकेको र अहिले त्यो जिल्ला र स्थानीय तहमा रहेको बताइएको छ ।

मन्त्रालयका कोभिड– १९ का स्थानीय स्रोत व्यक्ति महेन्द्र श्रेष्ठले संक्रमण मुलुकभरि नै समुदाय (कम्युनिटी) ट्रान्समिसन फैलिनसकेको र खासखास क्षेत्र (कलस्टर) तथा तहमा फैलिएको बताए ।

“नेपालमा संक्रमण समुदायमा ट्रान्समिसन फैलिएको छ, यसमा कुनै दुई मत नै छैन, समुदायमा ट्रान्समिसनमा पनि जिल्ला र स्थानीय तहमा रहेका छौँ”, उनले भने, “मुलुकभरि नै समुदाय ट्रान्समिसन भएको छैन, अहिले हामी कलस्टर तहमा रहेका छौँ, भोलि यो फैलिन सक्ला ।”

नेपालमा अहिले ४४ हजार २३६ जना संक्रमित भइसकेका छन् । तीमध्ये २५ हजार ५६१ जना निको र २७१ जना संक्रमणका कारणले मृत्यु भइसकेको छ । बैठकमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले वीरगञ्ज, सर्लाही, काठमाडौँ ललितपुरलगायत जिल्लामा कलस्टर तहमा नै संक्रमण देखिएको बताए । उनले ती ठाउँमा समुदायमा नै संक्रमण देखिएको हो वा होइन एन्टिबडी परीक्षणसमेत गरिने भएकाले यकिन तथ्यांक आएपछि जानकारी गराउने बताए ।

संक्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाएको छ । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दहीलगायतका १२ जिल्लामा ५०० भन्दाबढी संक्रमित रहेका छन् ।

कोभिड– १९ को संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगनठको सहयोगमा समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न थालेको हो । महाशाखाले सात प्रदेशमा रगत नमूना लिएर एन्टिबडी परीक्षण गरी संक्रमण समुदायस्तरमा फैलिएकोबारे अध्ययन शुरु गर्दैछ ।

संक्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सरेपछि दोस्रो चरणमा गएको हुन्छ । नेपाल यसअघि नै दोस्रो चरणमा प्रवेश गरिसकेको छ ।

संक्रमित हेरेर मोडालिटी

कोभिड– १९ स्थानीय स्रोत व्यक्ति श्रेष्ठले मुलुकभरि संक्रमणका अवस्था हेरेर मापदण्डको मोडालिटी लागू गरिने जानकारी दिए । “सबै ठाउँमा एउटै मापदण्डको लागू गर्न सकिँदैन, काठमाडौँ र प्रदेश नंं २ मा धेरै संक्रमति रहेका छन्, त्यहाँ छुट्टै मापदण्ड र कम संक्रमित भएका जिल्लामा छुट्टै मापदण्ड लागू हुन्छ”, उनले भने, “निषेधाज्ञा र बन्दाबन्दी संक्रमित संख्या हेरेर हुन्छ, संक्रमितको अवस्थाअनुसार निषेधाज्ञा र बन्दाबन्दीको मोडालिटी परिवर्तन हुन्छ ।”

मन्त्रालयले ५०० भन्दाबढी संक्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दाबढी संक्रमितमा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ ।

सबै परीक्षण नमूना

उनले अहिलेसम्म गरिएको सबै पिसिआर परीक्षण नमूना परीक्षण मात्र भएको बताए । अहिलेसम्म सात लाख ३१ हजार ७५२ जनामा पिसिआर परीक्षण गरिएको छ । “ती नमूना परीक्षण गरिएकामध्ये दोहरिएको परीक्षण कति छन् भनेर छुट्याउने काम भइरेको छ”, उनले भने, “संक्रमितमध्ये दुईदेखि चार प्रतिशत मानिसको परीक्षण दोहरिएको छ, यस्तै कतिपयको कन्याक्ट ट्रेसिङ गर्दा दोहरिएको छ ।”

स्थानीय स्रोत व्यक्ति श्रेष्ठले केहीमा पुनःसंक्रमण देखिएकाले त्यो पनि संख्या पत्ता लगाउने कार्यसमेत भइरहेको बताए ।

उनले प्रत्येक स्थानीय तहमा स्थानीय स्रोत व्यक्ति तोकेर कन्याक्ट ट्रेसिङलाई व्यवस्थित बनाउन थालेको जानकारी दिए । मन्त्रालयले संक्रमित बिरामीलाई निजी अस्पताललाई भर्ना नगर्ने पाइएकाले त्यस्ता अस्तपालको अनुगमन गरेर पहिलो चरणमा सचेत र त्यसपछि पनि नगरे कारवाही गर्नेसम्मको तयारी गरिएको उनले बताए ।

सम्बन्धित समाचार

आजदेखि नियमित आन्तरिक उडान सुरु

छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो ।

रानीपाेखरीमा पानी भरियाे, माछा र हाँस कहिले राख्ने ?

काठमाण्डौको रानीपोखरीमा झण्डै दुई करोड ८० लाख लिटर पानी भरिएको छ । पोखरीको पाँच फिट दुई इन्चमध्ये अब एक फिट जति पानी भर्न बाँकी रहेको छ । सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर पोखरीमा खसालेपछि रानीपोखरी भूकम्प अगाडिकै अवस्थामा फर्किएको छ । तर माछा र हाँस भने अहिले छैनन् ।

लकडाउनमा कार्बनडाइअस्साइड र विषालु कणको स्तर १५–३० प्रतिशत बढ्यो

कोरोनाकालमा एक सकारात्मक कुरा पुरै विश्वले देखेको छ । यो अवधिमा सडकमा सवारी नचलेको र कारखाना पनि बन्द भएको थियो ।

२४ घन्टामा १३ सय २५ जनामा कोरोना संक्रमण, ९ सय ६६ डिस्चार्ज

मुलुकभर १३ सय २५ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

ताजा समाचार

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

विहानै देखिएका यस्ता ५ चिजले तपाईलाई राम्रो संकेत दिनेछ

भनिन्छ नि दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ ।

इन्फिनिक्सको नोट सेभेन सिरिजमा छन् यस्ता नयाँ फिचर, मूल्य कति ?

इन्फिनिक्सले हालसालै नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ ।

टिकटकबाट कलाकार छान्दै प्रियंका कार्कीले..

नेपाली चर्चित नायिका प्रियंका कार्की हुन् । उनी पछिल्लाे समय काेराेनाकाे कारणले घरमै बसिरहेकि छिन् । अब मिस्टर एन्ड मिस टिकटक कम्पिटिसन हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X