Connect with us

नेपाल

काठमाडौँ प्रशासनले तोक्यो होम डेलिभरीको मापदण्ड

जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा छ । यससँगै आजदेखि घरदैलो सेवा समेत सञ्चालनमा आएको छ ।

Published

on

Nepal Online Patrika| Kathmandu: जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा छ । यससँगै आजदेखि घरदैलो सेवा समेत सञ्चालनमा आएको छ । सेवा सञ्चालन गर्दा तोकिएको मापदण्ड लागू नभएमा कडा कारवाही हुने प्रशासनले चेतावनी दिएको छ । घरदैलो सेवाको आजदेखि नै अनुगमन शुरुआत भइसकेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

“कोभिड–१९ को सङ्क्रमण जोखिम रहेका बेला लापरबाही गर्न दिनुहुन्न भनेर हामीले मापदण्ड स्वीकृत गरेका छौँ, यस अनुसारको सेवा सञ्चालन गर्न आजदेखि खुला छ,” उनले भने, “प्रशासन, प्रहरी र स्थानीय तहबाट सुक्ष्म अनुगमन हुन्छ, मापदण्ड प्रयोग गरेको नपाइए तत्कालै कारवाही गरिन्छ ।”

विहीबार मात्रै उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले उक्त मापदण्ड स्वीकृत गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा बनेको समितिले उक्त मापदण्ड तयार पारेको हो ।

तोकिएको खाद्यवस्तुसहित अन्य घरदैलो सेवा दिउँसो एक बजेदेखि साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।कोभिड–१९ को सङक्रमण बढिरहेको अवस्थामा मापदण्ड विपरीत सेवा सञ्चालन गर्दा घरघरमा सङ्क्रमण फैलिन सक्ने जनाउँदै स्थानीय प्रशासनले अघिल्लो हप्ता उक्त सेवा बन्द गरेको थियो । त्यसपछि बसेको संयुक्त बैठकले बनाएको समितिले मापदण्ड निर्माण गरी लागू गरेको हो ।

यसरी सेवा सञ्चालन गर्ने संस्था दर्ता भइ नवीकरण भएको हुनुपर्ने र सोको प्रतिलिपि सेवा दिन जाने व्यक्तिसँगै रहेको हुनुपर्ने स्वीकृत मापदण्डमा उल्लेख छ । वस्तु वा सेवाको मूल्य अनलाइनमा अनिवार्य रुपमा राखेको हुनुपर्नेछ ।

सरकारले तोकेको स्वास्थ्य, सुरक्षा मापदण्डको पूर्णपालना भएको हुनुपर्ने तथा सेवाग्राहीसँग कम्तीमा दुई मिटरको दूरी कायम हुनुपर्ने जनाइएको छ । यसरी मापदण्ड प्रयोग गरे वा नगरेको बारे सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बनेको समितिले अनुगमन गर्नेछ ।

काठमाडौँमा भने सहायक प्रजिअ जीवनप्रसाद दुलालको नेतृत्वमा अनुगमन समिति रहेको छ । स्थानीय तहको वडाका प्रतिनिधिले समेत निगरानी राख्ने जनाइएको छ ।

नेपालमै सुरू भयो एक अर्ब लगानीमा मोटरसाइकल , स्कुटरको उत्पादन:

काठमाडौं, एक अर्ब लगानीमा शंकर ग्रुपले नेपालमै मोटरसाइकल, स्कुटर र तीनपांग्रे सवारी साधन एसेम्बल प्लान्ट सुरू गरेको छ। विगतमा शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले टिभिएसका दुई पांग्रे र तीन पांग्रे सवारी साधन बिक्री गर्दै आइरहेकोमा यही महिनाबाट नेपालमै एसेम्बल गर्न थालेको हो। कम्पनीको सिमरास्थित प्लान्टबाट करिब १५ दिनदेखि एसेम्बल सुरू भएको जगदम्बा मोटर्समा उपाध्यक्ष दिपक अग्रवालले जानकारी दिए। ग्रवालका अनुसार प्लान्टमा टिभिएसको सबै रेन्जमा मोटरसाइकल, स्कुटर र तीन पांग्रे सवारीसाधन उत्पादन गर्न सकिने भए पनि पहिलो चरणमा ‘अपाचे १६०’ मात्र उत्पादन गरिएको छ।

‘हामी ट्रायल पिरियडमै छौं। अहिले अपाचे १६० एसेम्बल भइरहेको छ। पहिलो लटमा यो मोडलका ३०० मोटरसाइकल एसेम्बल गर्छौं र विस्तारै सबै रेन्जका सवारीसाधन उत्पादन गर्दै जान्छौं,’ उनले भने। यो प्लानबाट वार्षिक १ लाख दुईपांग्रे र १५ हजार तीनपांग्रे सवारी साधन उत्पादन गर्नसक्ने क्षमता रहेको अग्रवालले जानकारी दिए। उनकाअनुसार यो प्लान्टमा हाल १ सय जना दक्ष जनशक्तिले रोजगारी पाइरहेका छन् भने प्लान्टको क्षमताअनुसार उत्पादन गर्नसके अरु धेरैले रोजगारी पाउनेछन्। नेपालमै उत्पादन गरिए पनि सरकारले एसेम्बल प्लान्टलाई खासै सुविधा नदिएको कारण ग्राहकले तत्काल सहुलियतको महशुस गर्न नपाउने उनले बताए।

‘यस्ता उद्योगलाई सरकारले खासै प्रोत्साहन गरेको छैन। मोटरसाइकल तथा स्कुटरमा लाग्ने अन्तःशुल्कमा २५ प्रतिशत मात्रै छुट छ,’ उनले भने ‘भोलिको दिनमा सरकारले सहुलियतको पोलिसी ल्यायो भने ग्राहकले महशुस गर्ने गरी सहुलियत हुन्छ,।’ एसेम्बल प्लान्टको लागत तत्काल उठ्न नसके पनि यसले अरु उद्योगको सम्भावना बढाउने अग्रवालको तर्क छ। हाल सबै पाट्स बाहिरबाट ल्याउने भएपनि एसेम्बल प्लान्ट खुलि सकेपछि विभिन्न पार्ट्स उत्पादनको लागि बाटो खुल्ने उनले बताए। ‘शंकर ग्रुपले सधैं उत्पादनमा विश्वास गर्छ। यो प्लान्ट सुरू गर्दा पनि हामीले आजको भोलि नै लगानी उठ्छ भनेर सोचेका होइनौं।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending