Monday, September 21, 2020

Monday, September 21, 2020
नेपाल यो वर्ष विद्यालय र क्याम्पस नखुल्ने

यो वर्ष विद्यालय र क्याम्पस नखुल्ने

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: कोरोना संकटका कारण यो शैक्षिक सत्रमा विद्यालय र विश्वविद्यालय नखुल्ने भएको छ। कोरोना संक्रमण झन् बढ्न थालेपछि सरकारले विद्यालय नखोल्ने निर्णय गर्दै वैकल्पिक विधिबाटै भइरहेको पठनपाठनलाई निरन्तरता दिने भएको हो। कोरोना संक्रमण रोक्न चैत ५ गतेदेखि देशभरीका शैक्षिक संस्था बन्द गरिएका छन्। जसकारण करिब ९० लाख विद्यार्थीहरुले विद्यालय गएर नियमित पठनपाठन गर्न पाएका छैनन्। वैकल्पिक कक्षालाई शैक्षिक सत्रमा गणना गर्ने शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए।

वैकल्पिक विधिमा घरमै सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल (अनलाइन )कक्षा गरी चार वटै विधिमा पठनपाठन गरिनेछ। विश्वविद्यालयमा समेत सोही विधिमा प’ठनपाठन हुने मन्त्री पोखरेलले बताए। ‘विद्यार्थी शिक्षणसंस्थामा जान सक्ने अवस्था छैन, शिक्षक विद्यार्थीसम्म पुग्नुपर्छ, त्यसका लागि घरमै सिकाइ, रेडियो, टेलिभिजन शिक्षण र अनलाइनबाट पठनपाठन गराउँदा बढी प्रभावकारी देखिन्छ,’ मन्त्री पोखरेलले भने, ‘त्यही भएर वैकल्पिक माध्यमबाट पठन पाठन गराएका हौं ।’वै’कल्पिक रुपमा गरिने पठनपाठनमा पाठ्यभार समेत घटाइएको छ।

अन्ततः भदौ ३१ गतेसम्म निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर लागू गरि संचालन गर्न निर्णय:

डडेल्धुरामा जारी निषेधाज्ञालाई खुकुलो बनाइएको छ। जिल्ला स्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समिति (डिसिसिएमसी) को शुक्रबारको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो।

जिल्लामा जारी निषेधाज्ञालाई भदौ ३१ सम्म खुकुलो बनाउने गरी लम्ब्याइएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।

जिल्लामा संचालित अत्यावश्यक सेवा तथा बस्तुहरु बिक्री वितरण गर्ने पसलहरू बाहेक सम्पूर्ण पसल शुक्रबारदेखि भदौ ३१ गतेसम्मका लागि बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै संचालन गर्न पाउने छन ।

यसअघि पसलहरू बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै संचालन गर्न दिइएको थियो। पसल संचालन गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

जिल्लामा संचालित निजी तथा सार्वजनिक सवारी साधन तथा मोटरसाइकलहरूलाई शुक्रबारदेखि ३१ गतेसम्म जोर–बिजोर प्रणाली लागू गरिएको छ । सार्वजनिक मेला, पर्व, भेला, सभा सम्मेलनलाई पूर्ववत् रूपमा पूर्ण निषेध गरिएको छ ।

सवारी पास नलिई अन्य जिल्लाबाट डडेल्धुरा जिल्लामा आउने यात्रुबाहक सार्वजनिक र निजी सवारी साधनलाई पनि पूर्ण रोक लगाउने निर्णय डिसिसिएमसीको बैठकले गरेको छ ।

सरकारी कार्यालय, संस्थान, बैंक तथा वित्तीय संस्थाहरू, निजी क्षेत्रका कार्यालयहरुमा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्वन गरी संचालन गर्न पाइने भएको छ ।

सम्बन्धित समाचार

आजदेखि नियमित आन्तरिक उडान सुरु

छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो ।

रानीपाेखरीमा पानी भरियाे, माछा र हाँस कहिले राख्ने ?

काठमाण्डौको रानीपोखरीमा झण्डै दुई करोड ८० लाख लिटर पानी भरिएको छ । पोखरीको पाँच फिट दुई इन्चमध्ये अब एक फिट जति पानी भर्न बाँकी रहेको छ । सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर पोखरीमा खसालेपछि रानीपोखरी भूकम्प अगाडिकै अवस्थामा फर्किएको छ । तर माछा र हाँस भने अहिले छैनन् ।

काभ्रेमा खुले विद्यालय , एक बेन्चमा दुई विद्यार्थी

काभ्रेका दुईवटा स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन् । काभ्रेको मन्डनदेउपुर र पाँचखाल नगरपालिकाले विद्यार्थीहरूलाई पाठ्यक्रमअनुसारको कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

आन्तरिक वायुसेवा कम्पनीहरुले अब सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने, भाडा नबढ्ने

आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् ।

ताजा समाचार

डन्डीफोरले अनुहार बिग्रियो ? यी उपाय अपनाउनुहोस्

सुन्दर देखिने चाहना सबैको हुन्छ। तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र। अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ।

आजको नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक भोलि बालुवाटारमा बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।
X