Thursday, September 24, 2020

Thursday, September 24, 2020
रोचक यी चार अवस्थामा भूलेर पनि नपिउनुहोस् चिया, विष बराबर हुन्छ

यी चार अवस्थामा भूलेर पनि नपिउनुहोस् चिया, विष बराबर हुन्छ

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: तपाई चियाको सौखिन हुनुहुन्छ भने चिया पिउने सही समय पनि थाहा पाउनु जरुरी छ । किनकी, गलत समयमा चिया पिउनु तपाईका लागि घातक हुन सक्छ । गलत समयमा चिया पिउँदा त्यसले स्वास्थ्यमा धेरै नकरात्मक असर पुर्याउन सक्छ ।

कुन-कुन समयमा चिया पिउन हुँदैन ?
१ बेड टी:

प्राय मानिसको बानी हुन्छ, विहान बेडमै चिउा पिउने । यदि तपाई ती व्यक्तिमध्ये हुनुहुन्छ, जसले दिनको शुरुवातमा ‘बेड टी’बाट गर्नुहुन्छ भने तुरुन्तै तालिका परिवर्तन गर्नुहोस् । ‘बेड टी’ले तपाईको शरीरमा एसिडको मात्रा मात्रै बढाउँदैन, मुखको स्वास्थ्यलाई पनि प्रभावित गर्छ । साथै विहानै चिया पिउँदा शरीरमा टोक्सिनको मात्रा पनि बढ्छ ।

२ खानापछि चिया:

खाना खाएपछि चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारण हुन्छ । यसले पाचन प्रक्रियामा गम्भीर असर पर्छ । खाना खानेवित्तिक चिया पिउँदा पाचन पक्रिया ढिलो हुँदै जान्छ । चियामा रहेको फेनोलिक कम्पाउन्डले पाचन प्रक्रियामा बाधा पुर्याँछ, जसले गर्दा शरीरले प्रोटीन र आयरनलाई राम्ररी पाउँदैन ।

३ सुत्नअघि चिया:

चिया तथा कफिमा क्याफिन हुन्छ, जुन अनिन्द्रा जस्ता रोगको कारण बन्न सक्छ । क्याफिनको मात्राले शरीरमा कोर्टिसोल नाम तत्वलाई बढाउँछ, जसका कसारण मुटुसँग सम्बन्धित समस्या, मधुमेह, अनियमितता र तौल बढ्ने हुन्छ ।

४ आइरन र क्याल्सियमसँग चिया:

यदि तपाई आइरन र क्याल्सियमको मिश्रण लिनुहुन्छ भने त्यस समय चिया नपिउनुहोस् । एकै समयमा चिया र आइरन–क्याल्सियमको मिश्रण लिनाले मिश्रणको सबै फाइदा नाश हुन्छ । चियामा पाइने तत्वले आयरन र प्रोटिनलाई सोस्छ।

यस्ता लक्षण देखिए हुनसक्छ स्तन क्यान्सरको खतरा:

कतिपय महिलामा स्तन क्यान्सर हुने गर्दछ । स्तनको कोष असामान्य बढ्नुलाई स्तन क्यान्सर भनिन्छ । महिलाहरुमा हुने क्यान्सरमा स्तन क्यान्सर दोस्रोमा पर्दछ । स्तन क्यान्सर प्रायः दूध उत्पादन गर्ने नलीदेखि सुरुवात हुने गर्दछ । स्तन क्यान्सर हुनु अगावै यसको संकेतबाट अनुमान गर्न सकिन्छ ।

यस्ता छन् स्तन क्यान्सरका लक्षणहरु :
१. स्तनमा नदुख्ने गाठो आउनु ।
२. स्तनको मुन्टाबाट रगत बग्नु ।
३. स्तनको मुन्टा भित्र पस्नु ।
४. छालामा निको नहुने घाउ आउनु ।
५. काखीमा गाँठो आउनु ।
६. स्तनको रङ परिवर्तन हुनु ।

स्तन क्यान्सर विभिन्न कारणले हुने गर्दछ । जसमध्ये मुख्य कारण निम्न छन् ।
१. स्तनपान नगराउँदा: स्तनपान गराउने आमाले शिशुलाई दूध नखुवाउँदा पनि स्तन क्यान्सरको संभावना हुन्छ ।
२. सन्तान नभएका महिला: सन्तान नभएका महिला वा बढि उमेरसम्म बच्चा नजन्माउने महिलामा पनि स्तन क्यासर हुनसक्छ ।
३. वंशाणुगत: रगतका नातामध्ये परीवारका कोहि एक सदस्यमा भए वंशाणुगत कारणले पनि स्तन क्यान्सर हुन्छ ।
४. हर्माेनको गडबढी: महिलाहरुमा हुने हर्मोनहरुमा गडबडीका कारणले पनि स्तन क्यान्सर हुने संभावना हुन्छ ।
५. नशालु पर्दागको सेवन: नियमित मदिरा वा नशाजन्य पर्दागको सेवन गर्ने महिलामा समेत स्तन क्यान्सरको संभावना हुन्छ ।
६. परिवार नियोजनको साधन: कतिपय अवस्थामा परिवार नियोजनका साधनहरुले पनि महिलामा क्यान्सर हुन सक्ने सम्भावना हुन्छ ।
७. महिनावारीको अनियमितता: नियमित महिनावारी नभए वा महिनावारी अनियमित भएका महिलाहरुमा पनि स्तन क्यान्सर हुन सक्छ ।
त्यसैले स्तनमा देखिने सा–साना समस्याहरुलाई वेवास्ता गर्नु हुदैन । स्तनमा केहि समस्या देखिने बित्तिकै चिकित्सकको परामर्श लिनु पर्दछ ।

सम्बन्धित समाचार

ब्रेकअप भयो ? यी ८ तरिकाले सहजै भूल्न सकिन्छ पूर्व प्रेमी-प्रेमिकालाई नआत्तिनुस्,

प्रेम सम्बन्ध टुटेपछि सबैको मन पनि टुट्छ, मन आत्तिन्छ, के गरौं, कसो गरौँ हुन्छ । अनि निन्द्रा, भोक र प्यास नै हराउँछ । मानिस पागलै सहर भईदिन्छ । तर सधैं यसरी जीवन त चल्दैन ।

सुन र पैसा सपनामा देखेमा के हुन्छ?

तपाईले यदि सपनामा पैसा भेट्नु भयो भने तपाई को जीवन अचानक केहि मोड आउने वाला छ भनेर जान्नुहोस् । त्यो मोड खस गरि राम्रो पनि हुन सक्छ र नराम्रो पनि ।

छतमाथि तुलसीलाई राख्ने गर्नुभएको छ ? यो दिशामा फर्काउनुहोस् चम्किन्छ भाग्य

घरमा राखिएको बस्तुको शुभ, अशुभ दिशा बताइने गरिन्छ। कुनै पनि बस्तु सही दिशामा राख्दा वास्तुदोष हट्ने तथा भाग्य चम्किने विश्वास गरिन्छ। ज्योतिषाचार्य मनिष शर्माले घरमा राखिने बस्तुका बारेमा सही दिशा बताएका छन् ।

झुक्किएर पनि गर्नै नहुने यी १० कार्यहरु पूजा गर्दा, अन्यथा परिवारमा भारी संकट

सुखी र समृद्ध जीवनको लागि देवी-देवताहरुको पूजा गर्ने परम्परा लामो समय देखी चलिआएको छ। आज पनि धेरै मानिसहरु यो परम्परामा अधिक विश्वास गर्दछन्।

ताजा समाचार

बिहीबार १४९७ कोरोना संक्रमित थपिँदा ४५७ जना निको, निको हुनेको संख्या ५० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
X