Connect with us

नेपाली चलचित्र

‘मेरो घरबाट फिल्म बन्यो भने पहिलो रोजाइमा पल’ – आँचल शर्मा

नायिका आँचल शर्माले गतबर्षको फागुणमा बिहे गरिन् । आँचलको बिहे पार्टीमा चलचित्र क्षेत्रका धेरै कलाकर्मी उपस्थित भए । तर, नायक पल शाह आँचलको बिहे पार्टीको दिन मुक्तिनाथ मन्दिरमा थिए ।

Published

on

Nepal Online Patrika| Kathmandu: नायिका आँचल शर्माले गतबर्षको फागुणमा बिहे गरिन् । आँचलको बिहे पार्टीमा चलचित्र क्षेत्रका धेरै कलाकर्मी उपस्थित भए । तर, नायक पल शाह आँचलको बिहे पार्टीको दिन मुक्तिनाथ मन्दिरमा थिए ।

पल पार्टीमा सहभागी नभएकोमा आँचलले चित्त दुखाइन् । आफ्नो चलचित्र क्षेत्रको एक मात्र मिल्ने साथी बिहेको पार्टीमा नआउँदा चित्त दुखेको आँचलले बताइन् । तर, हालैमात्र नायक पल शाहले भविष्यमा आँचलसँग काम गर्न सक्ने भन्दै उनको बिहेमा सहभागी हुन नपाएकोमा माफी मागे । पलले माफी मागेसँगै फेरि आँचल र पलले एकसाथ काम गर्ने वातावरण बनेको छ । यो बिषयमा आँचल भन्छिन्–‘मैले त कहिले पनि काम गर्दिन भनेकी नै छैन । यदि, मेरो घरबाट नै चलचित्र बन्यो भने पहिलो रोजाइमा त पलजी नै हुनुहुनेछ । यसैले, एकसाथ काम नगर्ने भन्न नै मिल्दैन ।’

आँचलले पल बिहेमा सहभागी नहुँदा चित्त दुखेपनि मन्दिरमा पुगेकाले सायद भाकल थियो होला भनेर आफूले नराम्रो नसोचेको बताइन् । आँचलका अनुसार, उनको बिहेपछि काम गर्ने माहोल बन्न सकेको थिएन । बिहे लगतै लकडाउन भएको र लकडाउन खुलेपछि आफूले ३ वटा मात्र म्यूजिक भिडियोमा काम गरेको आँचल बताउँछिन् । तर, कसैले अफर गरेको खण्डमा काम गर्न आफू तयार भएको उनको तर्क छ । उनले भनिन्–‘सायद, दोश्रो चरणको लकडाउन खुलेपछि हामीले एकसाथ काम गर्छौ होला ।’

आँचलले पल आफ्ना लागि हिजो र आज एउटै भएको बताइन् । भनिन्–‘पलजीको हिजो पनि मैले जसरी तारिफ गरेकी थिएँ, आज पनि त्यसरी नै गर्छु । उहाँ मेरो मनले खाएको मानिस हो । विचमा केही तलमाथि भयो होला । तर, उहाँप्रति मेरो सम्मान हिजो जस्तो थियो, आज पनि उस्तै छ ।’ पलले पनि आँचलको बिहेमा सहभागी हुन नपाएको भन्दै माफी मागेपछि उनीहरुको विग्रिएको सम्बन्धमा आइसब्रेक पनि भएको छ । दर्शकले आँचल र पलको जोडीलाई ‘आँप’ जोडीको रुपमा निकै मन पराएका थिए ।

आमा बन्दै श्वेता खड्का:

चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन। उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो। अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित भएकी हुन्।

‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरेका यमको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन्। चलचित्रमा उनी आमाको भूमिकामा देखिने छिन्। चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्ने छ। कोरोना महामारी र लकडाउनको अवस्था सहज हुनेबित्तिकै चलचित्रको छायांकन सुरु हुने बताइएको छ।

चलचित्रमा छोरीको भूमिकामा सेड्रिना शर्मालाई लिने प्रयास भइरहेको छ। डेब्यु चलचित्र ‘कहाँ भेटिएला’ बाट लभर गर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलो पटक दर्शकले भिन्न भूमिकामा देख्न पाउनेछन्। चलचित्रमा उनको केन्द्रीय भूमिका छ। चलचित्रमा समावेश अन्य कलाकार तथा प्राविधिकको जानकारी कही समयमा गराउने निर्देशक थापाले बताए।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending