Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
स्वास्थ्य गर्भावस्थामा पेटको बच्चा चल्दा आमाले बुझ्नु पर्ने यी ७ कुराहरु

गर्भावस्थामा पेटको बच्चा चल्दा आमाले बुझ्नु पर्ने यी ७ कुराहरु

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: बच्चा स्वस्थ भएको संकेत :

गर्भमा रहेको बच्चाले पेटमा लात हाने जस्तै गरी चल्छ भने बच्चा स्वस्थ्य र सक्रिय छ भनेर बुझ्नु पर्छ ।

बाहिरी बाताबरणसंग पनि प्रतिक्रिया दिएको छ :

यस्तो पनि भनिन्छ कि बच्चाले गर्भको बच्चा पनि बाहिरी बातारबणसंग घुलमिल भइरहेको हुन्छ । बाहिरी बाताबरणमा हुने परिवर्तन प्रति उसले प्रतिक्रिया जनाउछ । बाहिरको आवाजले पनि उसले भित्र प्रतिक्रिया जनाउछ ।

बायाँ ढल्केर सुत्दा रक्तसञ्चार प्रक्रिया बढ्छ :

बायाँ ढल्केर सुतेको बखत बच्चाले बढी लात हान्ने गर्छ यदि गर्भवती महिला बायाँ तर्फ ढल्केर सुत्ने गर्छिन त्यतिवेला दाँया ढल्किदा भन्दा बढी चलने गर्छ । यस्तो किन हुन्छ भने आमा बाया फर्केर सुत्दा भ्रुण अर्थात पेटको बच्चाको रक्तसञ्चार प्रक्रिया बढछ । जसले बच्चाले हलचल बढाउछ ।

खाना पछि किक बढ्दै जान्छ :

गर्भवति महिलाले यस्तो अनुभवन गरेको हुनुपर्छ कि खाना खाएपछि गर्भको बच्चाले किक बढी हान्छ ।

गर्भवति भएको नौ साता पछि नै बच्चाले किक हान्न सुरु गर्छ :

गर्भवति भएको नौ साता पछि नै पेटमा हलचल सुरु हुन्छ । तर दोस्रो पटक गर्भवती भएको आमाले तेह्र साता पछि मात्रै बच्चाले किक हानेको अनुभव गर्न पाउछिन् ।

पेटमा हलचल कम हुनु बच्चा कमजोर हुनु हो :

यदि बच्चा पेटमा कम चल्छ वा किक कम हान्छ भने मान्नुस पेटको बच्चामा गडबढी हुन खोजेको छ । यदि तपाईँको बच्चा पेटमा सामान्य भन्दा कम चल्छ भने त्यहाँ बच्चाको लागि अक्सिजन कमि भएको पनि हुनसक्छ ।

३६ हप्ता पछि कम किक हान्यो भने आत्तिनु पर्दैन :

जव ३६ हप्ता पछि तपाईँको बच्चा बढ्दै जान्छ किक कम हुँदै जान्छ ।

चिकित्सकीय तर्क : गर्भवतीसँग शारीरिक सम्बन्ध राख्ने कुन समय उपयुक्त ?

सबै गर्भवती महिलाहरु पेटमा गर्भ बसेको समयमा निकै सतर्कता अपनाउछन् । त्यस्तो अवस्थामा सामान्य चोट लाग्दा पनि बच्चा खेर जाने सम्भावना धेरै हुन्छ । त्यसकारण महिलाहरु विषेश सावधानी अपनाउन चाहन्छन् । त्यहि कारण हुनसक्छ अधिकांश महिला एवं पुरुषहरु गर्भवती रहेको समयमा शारीरिक सम्पर्क राख्न चाहदैनन् ।

कतिपयले महिला गर्भवती भएको तीन महिनापछि शारीरिक सम्पर्क गर्नु हुन्न भन्छन् । तर, मेडिकल साइन्स उक्त मान्यतासंग सहमत छैन । चिकित्सकका अनुसार गर्भवती भएको बेला महिलाको शरीरमा हर्मोनहरु अदल बदल भइरहेको हुन्छ । यो अवस्थामा महिलालाई शारीरिक सुखभोगको भोक बढी हुन्छ । कतिपय महिलाहरुले गर्भवती हुँदा गरिएको शाररीक सम्पर्कमा बढी आनन्द प्राप्त गर्दछन् ।

चिकित्सकका अनुसार शारीरिक सम्पर्क केबल एकछिनको रमाईलो मात्रै हैन । श्रीमान श्रीमतीविच नजिक हुने महत्वपूर्ण अवसर पनि हो । यो अवस्थामा महिलाको शरीरमा रक्तसञ्चारको गती बढी हुन्छ त्यसकारण पनि महिलाहरुले यस्को आनन्द बढी लिन्छन् ।

चिकित्सकको भनाई अनुसार गर्भवती महिलासंग जुनसुकै समयमा पनि शारीरिक सम्पर्क राख्न सकिन्छ । अवश्य पनि सम्पर्क राख्नका लागि दुई जना नै तयार हुनुपर्छ । तपाँईले आफ्नो जीवनसाथिसँग शारीरिक सुख खोज्दै हुनुहुन्छ तर साथि तयार छैन भने त्यस्तो सम्बन्धले दिर्घकालीन असर गर्ने कतिपयको बुझाई रहेको छ ।

सम्बन्धित समाचार

स्वाव नदिइकनै रिपोर्ट आयो कोरोनाको, स्वास्थ्कर्मी समेत चकित

एक ब्यक्तिको कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन रिपोर्ट आएको छ ।

लकडाउनमा कार्बनडाइअस्साइड र विषालु कणको स्तर १५–३० प्रतिशत बढ्यो

कोरोनाकालमा एक सकारात्मक कुरा पुरै विश्वले देखेको छ । यो अवधिमा सडकमा सवारी नचलेको र कारखाना पनि बन्द भएको थियो ।

एक चम्चा बेसार दूधमा हालेर पिउँदा शरीरलाई हुने ८ फाइदा

बेसार हालेको दूध पिउँदा शरीरलाई विभिन्न प्रकारका फाइदाहरु पुग्ने चिकित्सकहरु बताउँछन् । कोरोना भाइरसको महामारीमा यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउन मद्दत गर्छ । करक्युमिन एन्टिअक्सिडेन्टले भरपूर बेसार दूधमा हालेर पिउँदा स्वास्थ्यमा विभिन्न लाभ पुग्छ ।

जुका परेमा पेटमा मात्रै होइन फोक्सोमा समेत संक्रमणको जोखिम

पेटमा जुका पर्नु भनेको आन्द्रामा जुकाको संक्रमण हुनु हो । जुकाहरू राउन्डवर्म, थ्रेडवर्म, हुकवर्म गरी विभिन्न प्रकारका हुन्छन् । वर्षायाममा फोहोर बढी हुने भएकाले यो समयमा जुकाले बढी सताउने गर्छ । खासगरी बालबालिका जुकाबाट बढी पीडित हुने गर्छन् ।

ताजा समाचार

स्वाव नदिइकनै रिपोर्ट आयो कोरोनाको, स्वास्थ्कर्मी समेत चकित

एक ब्यक्तिको कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन रिपोर्ट आएको छ ।

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै, राजस्थानको चिन्ता: स्टार खेलाडी

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज साँझ हुने खेलमा चेन्नइ सुपरकिंग्स र राजस्थान रोयल्स भिड्दै छन्। खेल आज पौने ८ बजे सारजाह क्रिकेट स्टेडियममा हुनेछ।

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ ।
X