Thursday, September 24, 2020

Thursday, September 24, 2020
अपराध मोटरसाइकलमा चढाइ जङ्गमा लगेर मिल्ने साथीले नै गरे साथीको ह'त्या

मोटरसाइकलमा चढाइ जङ्गमा लगेर मिल्ने साथीले नै गरे साथीको ह’त्या

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: झापाको शिवसताक्षी नगरपालिकाका २८ वर्षीय गोमानसिंह मगरको ह’त्या अभियोगमा पक्राउ परेका युवाले लेनदेन विवादका कारण आफूले साथीको हत्या गरेको खुलासा गरेका छन् ।

शिवसताक्षी नगरपालिकाकै मनकुमार लिम्बूले उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका लिम्बू र मृत्तक मगर मिल्ने र नजिकका साथी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत मंगलबार साँझ फोन गरेर भेट्न बोलाएर लिम्बूले गोमानसिंहको ह’त्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नयाँ फोन नम्बरबाट फोन गरेर मगरलाई लिम्बूले भेट्न बोलाएका थिए ।

तर मगरको शव बुधबार बिहान करिब १० बजे शिवसताक्षी ११ सताक्षीधाम जाने भित्री सडकमा भेटिएको थियो । मगरको शव घाँटी काटिएको अवस्थामा भेटिएको थियो । सूचना पाए लगत्तै प्रहरीले विशेष टोली बनाएर घटनाको अनुसन्धान थालेको थियो ।

प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी १ नं. प्रदेश प्रहरी कार्यालयबाट क्षेत्रीय अनुसन्धान समूह ‘आरआइटि’ को टोली र जिल्ला प्रहरी कार्यालय झापाको टोली अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

अनुसन्धानका क्रममा प्रहरीले मनकुमार लिम्बूलाई पक्राउ गरेपछि उनले नै मगरको हत्या गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

लिम्बूलाई शुक्रबार पक्राउ गरी नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले नै मृतकलाई मिति मंगलबार साँझ भेट्न बोलाई मगरले चलाएको मोटरसाईलको पछाडि बसी ‘बेलुकाको हावा खाई फ्रेस हुन सताक्षी धाम मन्दिरतर्फ जाऔ’ भनी मोटरसाईकल बिस्तारै चलाउन लगाइ लिएर गएको र घटनास्थलमा पुग्नासाथ मोटरसाइकल चलाइरहेकै अवस्थामा पछाडिबाट लिम्बूले साथमा लुकाएर बोकेको धारिलो हतियार ‘कर्द’ प्रहार गरी मगरको घाँटी काटेको प्रहरीको भनाइ छ ।

लिम्बूले चलाउने मोबाइल फोन तथा हत्यामा प्रयोग गरिएको कर्द खोलामा फालेको र पछि प्रहरीले स्काभेटर प्रयोग गरेर ती सामान बरामद गरेको थियो । लिम्बूले चलाउने गरेको मोटरसाइकल पनि जंगलमा लडेको अवस्थामा भेटिएको थियो ।

हत्याको अभियोग लागेका लिम्बूलाई आइतबार जिल्ला अदालत झापाबाट म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । लिम्बू हत्यारा प्रमाणित भए मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम जन्म कैदसम्मको सजाय हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार ह’त्याको कारण उनीहरूबीच भएको आर्थिक लेनदेन र त्यसपछि उत्पन्न मनमुटाव रहेको प्रहरीको भनाइ छ । ‘अभियुक्त लिम्बूले मेरो १०–१२ लाख पैसा हिनामिना गर्‍यो । हिसाबै गरेनन् भन्ने प्रारम्भिक बयान दिएका छन्’, कोइरालाले भने , ‘नजिका साथी भएकाले मगरले यसमा खासै वास्ता गरेका रहेनछन् । तर, लिम्बूले रिस बोकिरहेका रहेछन् ।’

सम्बन्धित समाचार

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

विद्यालयबाट क्‍वारेन्टाइन हटेन झापामा, सिकाइ सहजीकरण प्रभावित

विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ।

‘अब बृद्धभत्ता पाँच हजार’

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले अब बृद्धभत्ता रु पाँच हजार पुग्ने बताउनुभएको छ ।

नारायणी नदीले खतराको तह पार गर्‍यो, सतर्क रहन आग्रह

निरन्तरको वर्षाका कारण आएको बाढीले नारायणी नदीको बहाब वढेको छ ।

ताजा समाचार

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विद्यालयबाट क्‍वारेन्टाइन हटेन झापामा, सिकाइ सहजीकरण प्रभावित

विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ।
X