Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
नेपाल चोरी गर्ने काइदा : १० वर्षको अवधिमा ८ जनासँग विहे, प्रत्येक घरबाट गहना र नगद चोरी !

चोरी गर्ने काइदा : १० वर्षको अवधिमा ८ जनासँग विहे, प्रत्येक घरबाट गहना र नगद चोरी !

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: चोरी गर्नकै लागि एक महिलाले १० वर्षको अवधिमा ८ जनासँग विवाह गरेकी छिन् ।

१० वर्षको अवधिमा ८ जना वृद्धसँग विवाह गरेर गहना तथा नगद चोर्ने गरेको ती महिलालाई आरोप लागेको छ ।

यो घटना भारतको हो । यूपी प्रहरीले ती ‘लुटेर दुलही’लाई पक्राउ गरी उनीविरुद्ध मुद्धा दर्ता गरेको छ ।

यूपीको गाजियाबाद पुलिसले मुद्धा दर्ता गरेको ती महिलाको नाम मोनिका मलिक भएको बताएको भारतीय सञ्चारमाध्यमले बताएको छ ।

ती महिलाले पछिल्लो समय एक ६६ वर्षीय कन्स्ट्रक्सन कन्ट्रेक्टरलाई आफ्नो निशाना बनाएकी थिइन् । ती महिलाले उनको १५ लाख नगद र अन्य सामान लिएर फरार भएकी थिइन् ।

६६ वर्षीय ती पुरुषको नाम जुगल किशोर हो । उनी ती महिलाको ८ औं पति भएको एजेन्सीले बताएको छ ।
आफ्नो नगद चोरी भएपछि किशोरले प्रहरीलाई उजुरी गरेका थिए । त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दा उनको ८ पति रहेको खुलेको हो ।

जुगल गाउँपालिकाका बालकलाई चौताराका युवाहरुको सहयोग:

चौतारा : हड्डी रोगबाट ग्रसित जुगल गाउँपालिका २ सञ्चगाउँका १५ वर्षिय सुब्बा गोलेको उपचारका लागि चौताराका युवाहरुले नगद सहयोग गरेका छन्। आर्थिक अभावकै कारण उपचार गराउन राजधानी जान नसकेका उनलाई युवाहरुबाट संकलित ८२ हजार ६ सय ५५ रुपैयाँ सहयोग गरिएको हो।

उनी अहिले चौतारा अस्पतालमा उपचारारार्थ छन्। अस्पतालमै पुगेर युवाहरुले उनका दाजु र उनलाई रकम हस्तान्तरण गरेका हुन्। आर्थिक अभावकै कारण उपचार गराउन समस्या परेको उनका बुबा श्यामबहादुर गोलेले बताए।

चिकित्सकका अनुसार उनको उपचारमा कम्तीमा दुई लाख रुपैयाँ लाग्छ। उनको तिघ्राको हड्डीमा समस्या आएको हो। त्यसमा स्टिल राख्नुपर्ने अस्पतालले जनाएको छ।

सम्बन्धित समाचार

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ ।

ताजमहल आजबाट खुल्यो

कोरोनाभाइरस संक्रमणपछि बन्द रहेको भारतको ताजमहल सोमबारदेखि खुलेको छ । गत मार्च १७ देखि बन्द रहेको आगरास्थित ताजमहल सोबारबाट खुलेको हो ।

कान्तिपुरले किन जोगायो बैँकहरुलाई “फिनसेन फाइल्समा” ?

अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि ठूलो संख्यामा गोप्य सरकारी कागजातहरुमा पहुँच पायो। खासमा सन् २०१६ को राष्ट्रपति निर्वाचन र अन्य विषयहरुमा छानबिन गरिरहेका निकायहरुले जम्मा पारेको यो कागजातमा २१ सयभन्दा बढी शंकास्पद गतिविधिहरुको रिपोर्ट रहेछ।

विदेशबाट सोझै आफन्तलाई पैसा पठाउन सकिने, रेमिट्यान्समा झनै सहज

नेपाल राष्ट्र बैंकले विदेशबाट सोझै आफन्तलाई पैसा पठाउन मिल्ने गरी रेमिट्यान्ससम्बन्धी नियममा परिवर्तन गरेको छ ।

ताजा समाचार

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै, राजस्थानको चिन्ता: स्टार खेलाडी

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज साँझ हुने खेलमा चेन्नइ सुपरकिंग्स र राजस्थान रोयल्स भिड्दै छन्। खेल आज पौने ८ बजे सारजाह क्रिकेट स्टेडियममा हुनेछ।

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ ।

ताजमहल आजबाट खुल्यो

कोरोनाभाइरस संक्रमणपछि बन्द रहेको भारतको ताजमहल सोमबारदेखि खुलेको छ । गत मार्च १७ देखि बन्द रहेको आगरास्थित ताजमहल सोबारबाट खुलेको हो ।
X