Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
स्वास्थ्य स्वास्थ्यका लागि बहुगुणी ‘अकबरे खुर्सानी’

स्वास्थ्यका लागि बहुगुणी ‘अकबरे खुर्सानी’

Published:

On: Nepal

Nepal Online Patrika: नेपाललाई विश्वमा पहिचान गराउने खाद्यवस्तुमध्ये ‘अकबरे खुर्सानी’लाई पनि प्रमुख मानिन्छ । अकबरे खुर्सानी संसारमा कहीँ पनि नपाइने, कतै–कतै पाइए पनि नेपाल जस्तो पिरो र स्वादिलो पाइन्न ।

अकबरे खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि चिनिन्छ । आवश्यकताभन्दा ज्यादा खाँदा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ‘ज्यानमारा’ भनेर चिनिएको हो ।

खुर्सानी साधारणतया पिरो स्वाद दिने फल हो । खुर्सानीको पिरो तत्वलाई ‘क्याप्सिसिन’ र त्यो वनस्पतिलाई ‘क्याप्सिकम’ भनिन्छ । यसलाई अकबरे भनेर पनि चिनिन्छ । अरु खुर्सानीको तुलनामा यो अझ पिरो र स्वादिलो हुन्छ ।

डल्ले खुर्सानीलाई विदेशीले पनि निकै चाख दिएर खान्छन् । यसले खानालाई पिरो मात्र बनाउने होइन, एक किसिमको छुट्टै खालको स्वाद दिने हुँदा खानाको स्वादमा नै भिन्न मिठास ल्याइदिन्छ । यो खुर्सानीले खानालाई स्वादिलो मात्र बनाउने होइन, स्वाथ्य सम्बन्धी पनि फाइदा छ । नेपाली समाजमा यो खुर्सानीलाई ग्यास्टिकको दबाइ भनेर नै चिनिन्छ । वैदेशिक रोजगारी र अध्ययनमा विदेशिएका नेपालीले सबैभन्दा ‘मिस’ गर्ने चिज नै यो डल्ले खुर्सानी हो भनिन्छ । त्यसैले त जोकोही आफन्त नेपालबाट जाँदा उनीहरूले यही अकबरे मगाएका हुन्छन् ।

नेपालका प्रायः सबै भूभागमा अकबरे खुर्सानीको खेती हुने भए पनि अकबरे खुर्सानी नेपालको पहाडी जिल्लामा राम्रो उत्पादन हुन्छ । नेपालको पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर लगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गर्छ ।

तेह्रथुमबाट २०७५ सालमा मात्र ६ करोडको डल्ले खुर्सानी निर्यात गरिएको थियो । भारतका विभिन्न स्थानमा निर्यात गरिने डल्ले खुर्सानी बहुप्रायोजनका लागि हुनाले बजार सहज पाइन्छ । प्रतिकिलो ३०० देखि ४५० रुपैयाँसम्ममा बिक्री हुने हुँदा किसानहरू पनि यो नगदे बालीमा आकर्षित भएका छन् ।

खुर्सानीको वैज्ञानीक नाम ‘क्याप्सिकम फ्रुटेसेन्स’ हो भने यसलाई अंग्रेजीमा रेड सभिना पेपर हवानो पेपर भनेर चिनिन्छ । प्रायः भेडेखुर्सानीबाहेक सबै खुर्सानी पिरो नै हुन्छ । कुनै ज्यादा पिरो हुन्छ त कुनै कम पिरो तर लामो खालको माछा खुर्सानी पनि खासै पिरो हुन्न । खुर्सानी खानु पेटका केही बिमारीका लागि बेफाइदा भए पनि यसका फाइदा धेरै छन् ।

सामान्यतया नेपाली भन्सामा खुर्सानी व्यापक प्रयोग हुन्छ र योभित्र पनि दर्जनौं जात हुन्छन् । यो समय नेपालमा पनि डल्ले खुर्सानीको सिजन भएका कारण जहाँतहीँ यही खुर्सानी देख्न सकिन्छ । यो खुर्सानी काँचो (हरियो), पाकेको, सुकेको र अचार हालेको जुन हिसाबले पनि खान सकिन्छ । यो खुर्सानी सलादमा मिसाएर खान सकिन्छ । ‘स्पाइसी ड्रिंक’ भनेर ‘हार्ड ड्रिंक’मा समेत मिसाएर खान थालिएको छ ।

अन्य खुर्सानीको तुलनामा यो खुर्सानीमा अलि भिन्न स्वाद हुने हुँदा जसरी खादा पनि उत्तम मानिन्छ । जिब्रोलाई पिरो लागे पनि अन्य खुर्सानीले जस्तो यो खुर्सानीले पेटमा कुनै असर गर्दैन । नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसिया लगायतका देशमा निर्यात हुँदै आएको छ । साथै यो खुर्सानी ग्यास्ट्रिक तथा चिसो लागेका मानिसको लागि औषधिको रूपमा पनि प्रयोग हुँदै आएको पाइन्छ ।

अकबरे खुर्सानी नियमित सेवन गर्दा हुने स्वास्थ्य सम्बन्धी फाइदाहरू:

  • 1.खाना पचाउने काममा विशेष सहयोग पुर्‍याउने काममा अकबरे खुर्सानीले सहायता पुर्‍याएको हुन्छ ।
  • 2. माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ ।
  • 3.नियमित यो खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ ।
  • 4.कोल्ड फ्लुबाट बचाउन पनि धेरै हदसम्म मद्दत पुर्‍याउँछ ।
  • 5.हाडजोर्नीमा हुने दुःखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ ।
  • 6.कार्डियोभास्कुलर र हार्टको समस्या हुनबाट जोगाउन पनि अकबरे निकै फाइदाजनक साबित छ ।
  • 7.डायबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ ।
  • 8.शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पुर्‍याउँछ ।
  • 9.रगतमा चिनीको मात्रा घटाउन मद्दत पुर्‍याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ ।
  • 10.ग्यास्टिक तथा अल्सर रोग निदान हुन मद्दत पुर्‍याउँछ ।
  • 11.पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पुर्‍याउँछ ।
  • 12.अकबरे हालेर पकाएको खाना किटाणुरहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ ।
  • 13.थकान घटाएर शरीरमा चंगा बनाउन विशेष भूमिका खेलेको हुन्छ । तसर्थ तपाईंलाई अल्छी लागेका बेला अकबरे खुर्सानी र नुन पिनेर कुनै पनि चिजसँग खान सक्नुहुन्छ ।
  • 14.यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ । जसका कारण पेट सम्बन्धी मात्र होइन अन्य रोगी निको पार्न समेत फाइदा पुर्‍याउँछ ।

ज्वानोको झोल खानुका यस्ता फाइदाहरु, तौल घटाउनु मन भए खानुहोस्:

हाम्रो भान्छामा प्रयोग हुने मसलाको रुपमा ज्वानोलाई लिने गर्दछौ । ज्वानोलाई मसला मात्रै हामी सोचेको हुन्छौ होला तर ज्वानो खानु स्वास्थ्यको लागि लाभदायी हुन्छ । यसलाई खाद्य विशेषज्ञले नेगेटिव कैलोरी फूड मा गणना गर्दछन । यो थोरै मात्रामा खादा पनि पेट भरिएको अनुभव गराउने हुनाले वजन घटाउन चाहनेहरु ले यसको झोल खाने गर्दछन ।

कम्मर दुख्ने रोगमा

एक पाउ ज्वानो धूलो एक पाउ सखर दुबै बराबर राम्ररी मिसाएर विहान्वेलुका तातोपानी सँग १,१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ।

नाथ्री फुटेमा

नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ।

रुघा लागेमा, सर्दि भएमा

ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ।

घाँटी बसेमा

एक गिलास पानीमा ज्वानो र सखर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ।

शरीर दुख्ने रोगमा

भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान,बेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।

सुत्केरीको प्रिय खाना ज्वानो

ज्वानो तरकारी तथा अचारमा स्वादको लागि प्रयोग गरिने वनस्पति हो । यस लाई खाध्य विशेषज हरुले ‘नेगेटिव कैलोरी फूड’ मा गणना गर्दछन । यो थोरै मात्रा मा खादा पनि पेट भरिएको अनुभव गराउने हुना ले वजन घटाउन चाहने हरु ले यसको झोल खाने गर्दछन।

हेर्नुहोस् के–के छन् ज्वानोका फाइदा:

१. पेट दुखाईमा ज्वानो:

ज्वानोमा रक्सीमा हुने समेत गुण भएकाले पेट दुखाईमा प्रयोग गर्दा तत्काल लाभ हुन्छ । मन तातो पानीमा अलिकति ज्वानो थोरै नुन हालेर खाएमा पेटमा भएको अपच ठिक भएर जान्छ । खानासँगै त्यत्तिकै ज्वानो खाँदा पनि फरक पर्दैन ।

२. सर्दीमा ज्वानो:

सर्दी अथवा रुघाघोकीमा ज्वानो अमृततुल्य हुन्छ । १५ देखि २० दिनसम्म लगातार भुटेको ज्वानो २ ग्राम जति खाने हो भने ठिक हुन्छ । मनतातो पानीसँगै ज्वानो चपाएर खाँदा खोकीमा फाइदा गर्छ ।

३. दममा ज्वानो:

दम रोग लागेकोमा ज्वानोको धुवाँ लिँदा सास फेर्न सहज बनाउँछ । ज्वानो र सखर मिलाएर दैनिक खाने हो भने दम रोगलाई निकै फाइदा पुर्याउँछ ।

४. मधुमेहमा ज्वानो:

१ चियाचम्चा ज्वानोको दाना र ४ चियाचम्चा बेलपातको जुस दिनको दुईदेखि तीनचोटी खाँदा मधुमेह नियन्त्रण हुन्छ ।

५. रक्सी छुटाउन:

ज्वानो प्रयोग गरेर बनाइएको ‘काँढापानी’ प्रत्येक रात सुत्नेबेला ३० मिलिलिटर करिब ५० दिनसम्म सेवन गर्ने हो भने यसले रक्सी अम्मली हटाउन सहयोग गर्छ ।

६. हैजामा ज्वानो :

हैजाका कारक किटाणुहरूलाई मार्नमा ज्वानो सहायक हुने भएकाले हैजामा ज्वानो सेवनको सल्लाह दिइन्छ ।

७. मृगौलामा हुने पत्थरीमा ज्वानो:

ज्वानो, मह र चुक अमिलो सम्मिश्रण नियमित १० दिनसम्म प्रयोग गर्ने हो भने यसले मृगौलाको पत्थरीलाई गलाउन सहयोग पु-याउँछ ।

८. तौल घटाउनमा ज्वानो:

ज्वानोमा पेटमा भएका धेरै रोगलाई हटाउने सामथ्र्य छ । यसले दिसा खलास बनाउँछ र तपार्इँको तौल घटाउनमा समेत सहयोग पु-याउँछ ।

९. पेट फुल्ने रोग र वायुविकारमा ज्वानो:

वायुविकार र पेट फुल्ने रोगमा जादुगरी औषधी हो ज्वानो । ज्वानो उमालेर त्यसको वाफ खाने हो भने उल्लिखित रोगहरूमा धेरै नै लाभ हुन्छ ।

सम्बन्धित समाचार

स्वाव नदिइकनै रिपोर्ट आयो कोरोनाको, स्वास्थ्कर्मी समेत चकित

एक ब्यक्तिको कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन रिपोर्ट आएको छ ।

लकडाउनमा कार्बनडाइअस्साइड र विषालु कणको स्तर १५–३० प्रतिशत बढ्यो

कोरोनाकालमा एक सकारात्मक कुरा पुरै विश्वले देखेको छ । यो अवधिमा सडकमा सवारी नचलेको र कारखाना पनि बन्द भएको थियो ।

एक चम्चा बेसार दूधमा हालेर पिउँदा शरीरलाई हुने ८ फाइदा

बेसार हालेको दूध पिउँदा शरीरलाई विभिन्न प्रकारका फाइदाहरु पुग्ने चिकित्सकहरु बताउँछन् । कोरोना भाइरसको महामारीमा यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउन मद्दत गर्छ । करक्युमिन एन्टिअक्सिडेन्टले भरपूर बेसार दूधमा हालेर पिउँदा स्वास्थ्यमा विभिन्न लाभ पुग्छ ।

जुका परेमा पेटमा मात्रै होइन फोक्सोमा समेत संक्रमणको जोखिम

पेटमा जुका पर्नु भनेको आन्द्रामा जुकाको संक्रमण हुनु हो । जुकाहरू राउन्डवर्म, थ्रेडवर्म, हुकवर्म गरी विभिन्न प्रकारका हुन्छन् । वर्षायाममा फोहोर बढी हुने भएकाले यो समयमा जुकाले बढी सताउने गर्छ । खासगरी बालबालिका जुकाबाट बढी पीडित हुने गर्छन् ।

ताजा समाचार

स्वाव नदिइकनै रिपोर्ट आयो कोरोनाको, स्वास्थ्कर्मी समेत चकित

एक ब्यक्तिको कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन रिपोर्ट आएको छ ।

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै, राजस्थानको चिन्ता: स्टार खेलाडी

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज साँझ हुने खेलमा चेन्नइ सुपरकिंग्स र राजस्थान रोयल्स भिड्दै छन्। खेल आज पौने ८ बजे सारजाह क्रिकेट स्टेडियममा हुनेछ।

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ ।
X