Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
रोचक बिवाहपछि किन मोटाउछन् केटी ? यस्तो रहेछ कारण

बिवाहपछि किन मोटाउछन् केटी ? यस्तो रहेछ कारण

Published:

On: Nepal

Nepal Online Patrika: तपाईले स्कुल र कलेजमा देखेका केटी साथीलाई विवाह पछि देख्नु भयो भने चिन्न समस्या पर्छ होला । उनीहरुको शरीर निकै मोटाएको पाउनु हुन्छ होला ।

अक्सर तपाई विवाहपछि महिलालाई मोटाएको देख्नु भएको होला ।

तर विवाहपछि किन महिला मोटाउने गर्दछन् त खासमा विवाहपछि महिलामा घरगृहस्थीको कामकाजले दैनिक जीवन बदलिने गर्छ । उनीहरु प्रेम वा विवाहको तनावबाट मुक्त हुन्छन्न् ।

अब राम्री देखिनुभन्दा पनि स्वास्थ्य रहनुपर्छ भन्ने मानसिकता विकास हुन्छ । विवाह अघि डाइटिङ गर्नेहरु विवाहपछि शरीरको चासो लिदैनन् । जसका कारणले महिलाहरु विवाहपछि मोटाउँने गर्दछन् ।

कतिपय महिलाले विवाह अघिसम्म मात्र सुन्दर हुनुपर्छ भन्ने सोचाई हुने गर्दछ । विवाहपछि भने उनीहरु सुन्दर बन्न खासै प्रयत्न गर्दैनन् ।

हुनत ब्यस्तताका कारणले पनि आफुलाई फिट बनाउन महिलाले सकिरहेका हुदैनन् । तर जुन आर्कषक शरीर देखेर श्रीमानले मन पराएरका हुन्छन् उनिहरु पछिसम्म पनि त्यहि फिटनेस आफ्नो श्रीमतीमा खोज्ने गर्दछन् ।

तर श्रीमती मोटाएको कारणले श्रीमानको आर्कषण घट्ने गर्दछ । यसले उनीहरुमा नैराश्यता समेत उत्पन्न गराउँछ । र त्यहि नैराश्यता श्रीमान श्रीमतीबीचमा मनमुटाव बढाउने कारण पनि बन्न सक्छ ।

यस्ता छन् विवाहपछि मोटोपना घटाउने १५ उपाय:
1.मोटोपन घटाउन नियमित टाइमटेबल तथा सेड्युल तयार पारेर समय दिनु पर्दछ । 2.सकेसम्म चिल्लो, तारेको, भुटेको, मसलेदार खानेकुरा खान त्याग्नुहोस् । 3.नियमित झन् मोटाउदै जानु भएको छ भने उसिनेको खानेकुरा मात्र सेवन गर्नुहोस् । 4.बाहिर होटल तथा रेष्टुरेन्टको खानेकुरा, फास्टफूड, जंकफूड नखानुहोस् । 5.एकै पटक धेरै खाने नगर्नुहोस् बरु थोरै थोरै तर धेरै पटक खानुहोस् । 6.विहान विहान पैदल हिँड्न प्रयास गर्नुहोस् साथै हल्का कसरत पनि गर्नुहोस् । 7.ओखर, दहि सेवन गरेमा पनि केहि हदसम्म मोटोपना कम हुन जान्छ । 8.खानामा सकेसम्म बढि मात्रामा तरकारी र खाजामा फल खाने बानि बसाउनुहोस् । 9.विवाहपछि महिलाहरु व्रत बस्ने गर्दछन्, धेरै व्रत बसेमा समेत मोटाउने गरीन्छ । 10.दैनिक गर्ने कार्य र खानाको समेत तय गरी सुचि बनाउने । 11.विहान आधाघण्टा जगिङ्ग जाने वा वर्कआउट गर्ने । 12.आफ्नो वजन घटाउन पार्टनरबाट उत्प्रेरणा माग्ने । 13.नियमित रुपमा पहिलेका पहिरन लगाई आफुमा आएको परिवर्तन हेर्ने । 14.व्लड प्रेशर, सुगर लगायतका स्वास्थ्य समस्या नियमित परीक्षण गर्ने । 15.मोटोपना घटाउन खाना कम गर्ने र ब्यायाम ज्यादा गर्नुहोस् ।

के तपाइ तनावमा हुनुन्छ ? दिमागी सन्तुलनका लागी यसो गर्नुहोस्:

मानिसहरुले आफ्नो जीवनमा सफलता प्राप्त गर्नको लागी धेरै सपनाहरु देखेका हुन्छन् । उनीहरु जीवनमा केहि कुरा हाशिल पनि गर्न चाहन्छन तर ति कुराहरु पाउन वा सफलता प्राप्त गर्न त्यति सजिलो पनि हुदैन । त्यसको लागी धेरै परिस्थितिहरुको सामना गर्दै अघि बढ्नु पर्ने हुन्छ । जीवनमा अघि बढ्ने क्रममा साना ठुला समस्याहरुको सामना गर्दै जादा दिमागमा पनि अनेक कुराहरु खेल्ने गर्छन ।

जस्तै : मा यो काम गर्न सक्छु कि सक्दिन होला, अब यसपछि फेरी कस्तो समस्याको सामना गर्नुपर्ने होला, यस्तै यस्तै कुराहरु मनमा खेलिरहन्छन । जब मानिसहरुको मनमा अनेकौ कुराहरु खेल्न थाल्दछ तब ऊ डिप्रेसनमा जान सक्दछ । यसले गर्दा आफ्नो मानसिक स्वास्थ्यलाई पनि ख्यालमा राखेर अघि बढ्नु पर्दछ । यदि मनमा धरै कुराहरु खेलिरहेका छन् भने आफ्नो मन मिल्दो साथीभाईहरु सग त्यो कुरा शेयर गर्ने गर्नुहोस् । यसले गर्दा तपाईको मन हल्का हुन्छ ।

आजकल मानिसहरु धेरै तनावमा रहने गर्दछन । आफ्नो घर परिवारलाई लिएर तनावमा हुन्छन भने कतिपय आफ्नो करियरलाई लिएर तनावमा रहेका हुन्छन । त्यसैले आज हामी यस्ता कुराहरुलाई मध्य नजर गर्दै यस्ता समस्याहरुबाट कसरी छुटकारा पाउने भन्ने बारे चर्चा गर्न गईरहेका छौ । तनावमा रहिरहनु भनेको एकदमै गम्भीर समस्या हो त्यसैले हामीले यसलाई सामान्य रुपमा लिनी हुदैन ।किनकि तनावमा रहेका कारण मानिसहरुबाट अप्रिय घटनाहरु पनि घट्ने गर्दछ ।

दिमागलाई सन्तुलनमा कसरी राख्ने ?

१. लेख्ने बानीको विकास गर्नु:

यदि तपाइको दिमागमा एकै चोटी धेरै कुराहरु आइरहेका छन् भने ति कुराहरुलाई आफ्नो निजि डायरीमा टिपोट गर्नुहोस् । ति कुराहरुलाई दिमागमै राखिरहनु भयो भने तपाइको दिमागलाई निकै प्रेसर पर्छ त्यसैले दिमागमा जे जति कुराहरु आए पनि त्यसलाई टिपोट गरिहाल्नुहोस । यसरी दिमागमा आएको कुराहरुलाइ टिपोट गर्ने बानीले दिमागी सन्तुलन कायम राख्न मद्दत पुग्दछ ।

यदि तपाईको लेख्ने बानी छैन भने एकपटक लेखेर हेर्नुहोस् तपाईको मन हल्का हुनेछ । र तपाई विकल्प र बिचारको पनि राम्रो सग बिश्लेषण गर्न सक्नुहुनेछ । नकारात्मक्क होस् वा सकारात्मक कुरा त्यसलाई टिपोट गरिहाल्नु र ति मध्ये कुन कुराले तपाईलाई फाईदा पुर्याउछ र कुन कुराले बेफाइदा त्यसको बारेमा बिचार गर्नुहोस् ।

2. आफ्नो लागी ठाउ बनाउनुहोस्:

मानिसहरुको कस्तो बानी हुन्छ भने उनीहरु आफ्नो बारेमा भन्दा बढी अरुको बारेमा सोचेर तनावमा आउने गर्दछन । त्यसैले सबैभन्दा सुरुमा आफुलाई महत्व दिनुहोस । आफुले गर्ने कामहरुलाई बढी प्राथमिकता दिने गर्नुहोस् । जतिबेला पनि काम मात्र भनेर नबस्नुहोस। मनोरंजनका लागी पनि समय निकाल्नुहोस ।

हप्तामा एक पल्ट साथीभाईहरु संग वा आफ्नो परिवार संग कतै रमाइलो ठाउमा घुम्न जाने गर्नुहोस् । बिभिन्न चाडपर्वहरुमा मन खोलेर रमाउने गर्नुहोस् । हरेक कुरालाई सकारात्मक तरिकाले हेर्ने गर्नुहोस् । यसो गर्दा तपाईमा एउटा सकारात्मक उर्जा आउछ र नकारात्मक बिचारहरुले तपाईमा ठाउ पनि पाउदैनन ।

३. जीवनको लागी प्राथमिकता छुट्याउनुहोस्:

सबैभन्दा सुरुमा तपाइले गर्ने काम र तपाईको जीवनको महत्वपूर्ण कुराहरुलाई प्राथमिकतामा राख्नुहोस् । किनकि आफ्नो जीवन आफैले बनाउने हो त्यसैले प्राथमिकताहरु छुट्याउन एकदमै जरुरी हुन्छ । तपाईको लागी महत्वपूर्ण के छ त्यसमा मात्र ध्यान केन्द्रित गर्ने गर्नुहोस् । अरुले आफ्नो बारेमा के भन्छन भनेर नसोच्नुहोस ।

यसले गर्दा तपाइँसंग अनावश्यक कुराहरुको लागी समय पनि हुदैन र तपाईको इज्जत पनि बढ्दै जान्छ । यसरी आफ्नो काममा ध्यान केन्द्रित गर्दै जानुभयो भने करियरमा सफल पनि बन्नुहुनेछ । त्यसपछि तपाईको दिमागबाट अनावश्यक कुराहरु पनि घट्दै जान्छ र तपाईको समाजमा पनि एउटा राम्रो छाप बस्ने छ ।

४. सम्बन्ध बिस्तार गर्नुहोस्:

जीवनमा सधै सकारात्मक सोच भएका व्यक्तिहरुको मात्र संगत गर्नुहोस् । उच्च बिचार भएका व्यक्तिहरु संग सम्बन्ध बिस्तार गर्दै जानुभयो भने तपाईको काम गर्ने क्षेत्रमा पनि सहयोग पुग्नेछ । आफ्नो काम र व्यक्तिगत जीवनलाई एकै ठाउमा मिलाएर नबस्नुहोस । व्यक्तिगत जीवनलाई बेग्लै र खुसि भएर बाच्नुहोस । आफ्नो पेशागत मर्यादा र जीवनलाई ध्यानमा राखेर आफ्नो सिमितता बनाउदै जानुहोस । यसले गर्दा तपाइँ बिना कुनै अलमल अगाडी बढ्न सक्नुहुनेछ र तपाईको दिमागमा अनावश्यक कुराहरु पनि आउदैनन ।

५. काम गर्ने बानीको बिकास गर्नुहोस्:

जति धेरै कम गर्यो त्यति बढी दिमागबाट नकारात्मक कुराहरु पनि हट्दै जान्छ । जो मान्छे केहि काम नगरी बस्छ उसको दिमागमा अनेकौ कुराहरु खेल्न थाल्दछ र उसको दिमागी सन्तुलन पनि बिग्रन सक्दछ । त्यसैले काम नगरी बसेर आफ्नो दिमागमा नराम्रो कुराहरुलाई डेरा बसौं नदिनुहोस् । आफुले आफुलाई ब्यस्त राख्नुहोस् ।

एकैपटकमा धेरै काम गर्न नखोज्नुहोस । पलाई पालो काम गर्ने गर्नुहोस् । एकैपटक धेरै काम गर्ने भनेर सोच्न थाल्नु भयो भने तनाव मात्र बढ्छ त्यसैले हरेक काम पालै पालो गर्ने गर्नुहोस् । धेरै काम गर्दा तपाईको समय ब्यबस्थापन पनि मिल्दैन र तपाइँको ध्यान नै अलमल पर्छ । त्यसैले आफुलाई कुन काम गर्दा खुसि मिल्छ त्यो काम गर्नुहोस् ।

६. तालिका बनाएर काम गर्नुहोस्:

आफ्नो दिन अस्तव्यस्त भयो भने दिमागमा नकारात्मक कुराहरु आउन थाल्दाछ र तनाव पनि बढ्छ । त्यसैले समय ब्यबस्थापन गरेर आफ्नो काम गर्ने गर्नुहोस् । समय ब्यबस्थापन गर्दा सबै कामहरु बिना कुनै झन्झट गर्न सकिन्छ । र, आफ्नो दैनिकीलाई ब्यबस्थित बनाउन सकिन्छ । समयलाई महत्व दिनुहोस र अघि बढ्नुहोस । यदि तपाइँ करियरमा पनि सफल बन्न चाहनुहुन्छ भने समयलाई पनि महत्व दिनु एकदम जरुरी हुन्छ ।

७. व्यक्तित्व बिकासमा लगानी गर्नुहोस्:

आफु बस्ने ठाउ, आफुले काम गर्ने ठाउ सफा र सुन्दर राख्नुहोस् । बिभिन्न सभा तथा सेमिनारहरुमा सहभागी हुने गर्नुहोस् । यसले तपाइ नयाँ कुराहरु सिक्न पाउने हुनेछ । नयाँ साथीहरु बनाउन पाउने मौका पनि पाउनेहुनेछ । नयाँ कुरा सिक्ने तालिमहरु खुलेको ठाउमा सहभागी हुन जानुहोस ।

आफुलाई आर भन्दा फरक ढंगले प्रस्तुत गर्नुहोस् । नयाँ – नयाँ कुराहरुसंग अपडेट रहनुहोस् । तपाईमा जति धेरै कुराहरुको जानकारी हुन्छ त्यति बढी तपाईमा राम्रा कुराहरु आउन थाल्नेछन । पुस्तकहरु खोजि खोजि पढ्ने गर्नुहोस् । यस्ता कामहरु गरिरहदा तपाइँ संग अनावश्यक कुराहरु सोचेर बस्ने फुर्सद पनि हुदैन र तपाइँ एक सकारात्मक बिचार लिएर अगाडी बढ्न सक्नुहु

८. शारीरिक अभ्यास र योगा गर्नुहोस्:

बिहान अरु उठ्नु भन्दा अगाडिनै उठेर एक घण्टा भए पनि हिड्ने गर्नुहोस् । बिहानको चिसो हावामा हिड्दा दिमाग पनि फ्रेश रहन्छ र शारीरिक तन्दुरुस्ती सगै दिमागमा बेग्लै किसिमको उर्जा पनि थपिदै जान्छ । हरियाली र शान्त भएको ठाउमा गएर केहि समय भए पनि बस्ने गर्नुहोस् । बिहानै उठेर योगा गर्ने गर्नु किनकि यसले शरीरमा भएको रोगहरुलाई पनि ठिक गर्दछ । शारीरिक अभ्यास गर्दा शारीरिक तथा मानसिक स्फूर्ति पनि बढ्छ ।

माथि उल्लेख गरिएका कामहरु यदि तपाइले आज बाट आफ्नो जीवनमा लागु गर्नुभयो भने नकारात्मक सोच र आलस्यता बाट तपाइँ टाढा रहनुहुनेछ । र, तपाईको दिमागबाट तनाव पनि कम हुदै जान्छ । संसारमा जति पनि समस्याहरु छन् तिनीहरुको समाधान् पनि छ तर कतिपय मानिसहरु त्यसको खोजिनै गर्दैनन् र जिन्दगीभर पछुताएर बस्ने गर्छन ।

त्यसैले के समस्या छ त्यसबारे खोजी गर्नुहोस् । त्यसको समाधान के छ त्यसलाई आफ्नो जीवनमा लागु गर्न थालिहाल्नुहोस । यसो गर्नाले तपाइँ एक स्वस्थ, सुन्दर जीवन बाच्न सक्नुहुनेछ । आफु र आफ्नो परिवारलाई तनाव मुक्त राख्नुहोस् । सधै दिमागमा सकारात्मक कुराहरू राख्नुहोस् । जतिसक्दो नकारात्मक कुराहरुबाट टाढै नै बस्नुहोला । किनकि सकारात्मक सोचले नै तपाईलाई उज्यालो पाटोतर्फ लैजान्छ ।

सम्बन्धित समाचार

“एउटा मन छुने कथा : अर्काकी श्रीमती!”

सुन्दरता के हो ? रुपवती कसलाई भन्ने ? परी कस्ता हुन्छन् ? उत्तर थिइन्– सिरु । हँसिलो मुहार, गुलाबी ओठ, मोतीरूपी दन्तलहर र चम्किलो केशराशिले उनी यति राम्री देखिन्थिन्, लाग्थ्यो परीको अर्को रूप हुन् उनी ।

दुर्लव खुट्टा भएको नाग देवताको दर्सन गरि भेटि स्वरुप लाइक कमेन्ट सेयर गर्नुहोस धन लाभ हुने छ

कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय छ । स्थानीय बासिन्दा कर्ण चलाउनेले अवलोकन र पूजाआराधनाका लागि थुप्रै मानिस गुफामा आउने बताए ।

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

मंगलबार बिहानै गर्नुहोस् पुजा भगवान गणेशजीको ,मिल्ने छ खुशी

कुनै पुजा आजा गर्दा हामिले भगवन गणेशजीलाई सम्जने गरिन्छ मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा मिल्ने छ । लाभै लाभ हरेक मानिसहरुले मंगलबार भगवान गणेशको पूजा गरेकै हुन्छन् । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X