Connect with us

राजनीति

अर्थमन्त्री ताकेका बामदेव ‘पुरक बजेट’ को तयारीमा

आउँदो हप्ता नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने निश्चित भएको छ । उनी सांसदमा सिमित हुनका लागि मात्र अगाडि नबढेको देखिइसकेको छ । गौतमको चाहना उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने देखिएको छ ।

Published

on

Nepal Online Patrika| Kathmandu: आउँदो हप्ता नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने निश्चित भएको छ । उनी सांसदमा सिमित हुनका लागि मात्र अगाडि नबढेको देखिइसकेको छ । गौतमको चाहना उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने देखिएको छ ।

बामदेवले अर्थमन्त्रालयको जिम्मेवारी पाएमा के के गर्ने भन्ने सम्मको तयारी गरिरहेको बुझिएको छ । आर्थिक मामलाका जानकार नभएपनि उनले नेकपाको चुनावी घोषणापत्र अनुसारको बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् । यस्तो बजेट पुरक बजेट हुनसक्छ ।

गौतमले संविधानमा उल्लेख भए अनुसार समाजवाद उन्मुख देश बनाउन आर्थिक नीति लागु गर्ने सम्मको तयारी गरेका छन् ।

गौतमको यी तयारीका बाबजुद उनी अर्थमन्त्री बन्ने निश्चित भने छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालय आफैसँग राखेका छन् । डा. युवराज खतिवडाको राजीनामा लगत्तै उनले आफूसँग राखेको अर्थ मन्त्रालयको जिम्मेवारी गौतमलाई दिने संकेत गरेका छैनन् । तर, गौतमलाई सरकारमा लाने कि नलाने भन्ने विषयले नेकपाभित्र विवाद जन्माउने सम्भावना भने देखिएको छ ।

दलगत विभाजित नहुन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह:

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहेका नेपालीलाई राजनीतिक विषयमा दलगत रुपमा विभाजित नहुन आग्रह गरेका छन्। देशबाहिर रहने नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध हुनुपर्ने मन्त्री ज्ञवालीको भनाइ छ।

अनलाइन माध्यमबाट शुरु भएको गैरआवासीय नेपाली संघ, अमेरिका क्षेत्र स्तरको क्षेत्रीय बैठकमा मन्त्री ज्ञवालीले कांग्रेस, कम्युनिष्ट जस् गुट–उपगुटको नाममा विदेशमा झगडा नगर्न आग्रह गरेका छन्।

“कांग्रेस कम्युनिष्टका नाममा वादविवाद गर्न, आफ्ना वैचारिक मतभिन्नता राख्न त नेपालमै पार्टी र हामी नेताहरु छौ” मन्त्री ज्ञवालीले भने, “तपाईँहरुले (गैरआवासीय नेपाली) फेरि किन त्यहाँ गएर त्यस्तो गर्नुपर्‍यो, नेपालको राजनीतिक विषयमा किन बढ्दा तरङ्गित हुनुप¥यो। तपाईंहरु विदेशमा नेपालीपनमात्र लिएर अघि बढ्नुहोस्।”

मन्त्री ज्ञवालीले नेपालको विकास र समृद्धिका लागि गैरआवासीय नेपालीको लगानी मात्र होइन गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप, ज्ञान र अनुभव उपयोग गर्न सरकार सधैँ तयार रहेको बताए।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending