रिस कतिको उठ्छ ? तपाइको रिसलाई कसरी शान्त पर्ने ? जान्नुहोस

0
189

Nepal Online Patrika| Kathmandu: हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।

एकपटक अमेरिकी सेना प्रमुखले तत्कालीन रक्षामन्त्रीको आदेश सही ढंगले नबुझेको हुनाले कुनै गल्ती गरे । जब रक्षामन्त्रीले यसबारे थाहा पाए तब उनी अत्यन्त क्रोधित भए । उनी सेना प्रमुखलाई कडा कारबाही गर्नुपर्छ भन्ने निचोडमा पुगे ।

रक्षामन्त्री सेना प्रमुखलाई कारबाही गर्ने अनुमति लिन तत्कालीन राष्ट्रपति अब्राहम लिंकनसामु पुगे । उनले लिंकनलाई आफूले सेना प्रमुखलाई दिएको आदेश र उनले गरेको गल्तीबारे जानकारी गराउँदै उनीमाथि कडा कारबाही गर्नुपर्ने माग गरे । उनले भने– राष्ट्रपतिज्यू, सेना प्रमुखले मेरो आदेशको अवज्ञा गरेर ठूलो गल्ती गरेका छन् । उनलाई कडा कारबाही गर्नुपर्छ भन्ने मेरो विचार छ । यसमा हजुरको राय के छ ?

रक्षामन्त्रीको भनाइ सुनिसकेपछि लिंकनले भने– ओहो ! सेना प्रमुखले यति ठूलो गल्ती गरे ? उनलाई कारबाही त गर्नैपर्छ । यस विषयमा उनलाई एउटा पत्र लेख्नुहोस् । जसमा निकै कडा–कडा शब्द पनि राख्नुहोस् ।

राष्ट्रपतिको आदेश पाएपछि रक्षामन्त्रीले अत्यन्त कडा–कडा शब्द चयन गरेर सेना प्रमुखलाई पत्र लेखे । लेखिसकेपछि राष्ट्रपतिलाई देखाउन उनी राष्ट्रपतिको कार्यकक्षमा पुगे । उनले खुसी हुँदै भने– राष्ट्रपतिज्यू, मैले जानेजति कडा शब्द राखेर पत्र लेखेको छु । कृपया, तपाईं एकपटक यो पत्र पढ्नुहोस् ।

रक्षामन्त्रीको अनुरोध सुनेपछि लिंकनले उनीतिर हेर्दा पनि नहेरी भने– ठीक छ, अब यसलाई च्यातेर उः त्यो परको डस्टबिनमा हालिदिनुहोस् । यस्तो पत्र पठाउनुको कुनै औचित्य छैन । म पनि यसै गर्छु । जब मलाई कुनै काम गलत भयो भन्ने लाग्छ, त्यतिखेर यसैगरी कडा पत्र तयार गर्छु र अन्त्यमा च्यातेर डस्टबिनमा हालिदिन्छु । यसबाट म आफ्नो क्रोधमाथि नियन्त्रण राख्न सक्छु । क्रोधको आगोले बुद्धिलाई जलाएर भस्म बनाइदिन्छ । त्यसैले, जब जब क्रोध आउँछ, त्यतिखेर यही उपाय अपनाउनुहोला । यसबाट क्रोध कम गर्न सहयोग पुग्छ ।

मनछुने लाईनहरु – घमण्ड जसमा कम हुन्छ महत्व उसैको बढी हुने गर्दछ:

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. त्यो मान्छे सफल हुन्छ जसले अरूले हानेको ढुङ्गा टिपेर प्रतिकार होईन त्यहि ढुङ्गाले बाटो बनाउँदै अघि बढ्छ ।

२. “ढुंगा” एक पटक मन्दिर जान्छ र भगवान बन्छ तर… मान्छे दिनदिनै मन्दिर जान्छ र पनि सधै ढुंगै रहन्छ।

३. व्यवहारले चिनिन्छ व्यक्ति, महङ्गो कपडा त पुत्लाले पनि लगाएको हुन्छ पसलमा।

४. धोका दिनु त हरेक मान्छेको “काम” हुन्छ बाध्यता त बस् लुकाउनुको “नाम” हुन्छ “ल।

५. एकदिन सानो माछाले ठूलो माछा लाई सोधेछ सानो माछा : हामी सदै पानीमा किन बस्छौ जमिनमा किन बस्दैनौ? ठूलो माछा : हामी fish हौ बाबू selfish होइनौ।

६. जमाना पनि अजिबको छ , यसले असफल मान्छेहरुको मजाक उडाउछ र सफल मान्छेहरुसित जल्ने गर्छ ।

७. मौका सबैलाई आउँछ , समय सबैको आउँछ , कसैले चाल चल्दछ भने कसैले सहन्छ ।

८. घमण्ड जसमा कम हुन्छ महत्व उसैको बढी हुने गर्दछ ।

९. कपडा जतिसुकै महगो होस घटिया चरीत्रलाई लुकाउन सक्दैन ।

१०. ठक्कर यसकारणले लाग्दैन कि मान्छे लडोस , ठक्कर यसकारणले लाग्छ कि मान्छे सम्हालियोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here