Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
कोरोना भाइरस देशभर थप १०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

देशभर थप १०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। महिला ३४९ र पुरुष ६९२ गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको उनले बताए ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ । संस्थागत आइसोलेशनमा ९ हजार ८६६ जना रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ८ जना रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा १२ हजार ४७३ जनाको पीसीआर भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।

उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि:

काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुर ४५ गरी ४०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
यस्तै देशभर भने १०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा महिला ३४९ र पुरुष ६९२ जना रहेका छन् । यससँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।

सम्बन्धित समाचार

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

खाली पेटमा यी कुरा खाँदा ध्यान दिऔँ नत्र बिरामी पर्न सक्छ

हामी आफ्नो स्वास्थ्यलाई ठीक राख्न अनेक उपाय अपनाइरहेका हुन्छौं । तर ससानो कुरालाई हामीले वास्ता नगर्दा हाम्रो स्वास्थ्यलाई हानि पुगिरहेको हुन्छ ।

यी हुन् पहिलो नेपाली कोरोनाविरुद्धको खोप लगाउने

रुसको राजधानी मस्कोमा बस्ने एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन्।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X