Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
विज्ञान र प्रविधि कुलमान बन्ने कि 'कुल म्यान' ?

कुलमान बन्ने कि ‘कुल म्यान’ ?

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: अप्ठ्यारो, असहजता, अभाव, अन्यौलता आदि हुनु समस्या होइन । समस्या तब हो जब मानिससँग कुनै पनि परिस्थितिको लागि विकल्प हुँदैन । विकल्प नहुनुमा समस्या हुन्छ । एउटै कुरा दोहोरिरहनुमा समस्या हुन्छ । र दोहोराइरहन बाध्य हुनुमा समस्या हुन्छ । अर्थात् बाध्यतामा मूल समस्या हुन्छ ।

कुलमान घिसिङलाई सरकारले विद्युत प्राधिकरणको महानिर्देशक पदमा दोहोर्‍याएन भने आउने दिनमा लोडसेडिङको मार खप्नु पर्नेछ भन्ने डरले अहिले धेरैको मनमा ढ्यांग्रो ठोकिसक्यो । कुलमान नदोहोरिनु भनेको मुकेस काफ्ले दोहोरिनु हो भन्ने डर सामाजिक सञ्जालको भित्तामा स्पष्ट देखिँदा एउटो कुरो के सोच्न बाध्य भइयो भने कुलमानभन्दा मुकेस कैयौं गुणा शक्तिशाली रहेछन् ? कि सारा नेपाली उनको नामबाट काँपी रहेछन् । ‘शोले’ भन्ने हिन्दी फिल्ममा गब्बरको नामैबाट दूर दूरका मान्छे काँपेजस्तै । किन यति धेरै डर छ नेपाली जनतामा ? यो देशको सार्वभौमसत्ताको मालिक, संविधानका निर्माता नेपाली जनता कुलमान जालान् र मुकेस आउलान् कि भनेर डराउनु पर्ने ? कस्तो कमजोर र दयालाग्दो यथार्थ हो यो ?

एउटा संस्थामा कुनै एकजना व्यक्ति आए पनि जो गए पनि नडराउन पर्ने प्रणालीको विकास गर्नु पर्ने हैन नेपाली जनताले ? यत्तिमा डराउने नेपाली समाजलाई त जो कसैले पनि कुल्चिदिन, ढालिदिन सक्छ । त्यसको उदाहरण हामीले बारम्बार देखेका छौं निर्मला पन्तदेखि कोरोना कहरसम्म । अबको मूल प्रश्न यो हो कि डरको नियतिलाई कहिलेसम्म बोकेर हिँड्ने ? या यो नियति भित्रबाट यस्तो नियतको निर्माण गर्ने हो जसले भन्छ अब नेपाली जनता कसैसँग पनि डराउँदैन र मिठा ललीपपहरुमा पनि फँस्दैन !

मानौं एकपट फेरि दोहोरिए । के यसले नेपाली जनताका समस्याहरु समाधान हुन्छन् ? हामीले खुद्रामा समाधान खोज्ने हो कि समग्रतामा, थोकमा समाधान गर्ने हो ? नेपाली जनताले आफ्ना लागि निर्णय गर्नै पर्छ । आफ्नो जीवनमा प्रभाव पार्ने हरेक तत्व, संरचना ,प्रणाली र अवधारणाहरुलाई त्यसरी प्रभाव पार्ने हो ता कि अब कसैले नेपाली जनतालाई ठग्न नसकोस्, झुक्याउन नसकोस् र अलमलाउन नसकोस् । त्यसका लागि नेपाली जनताकै चेतनाको नैतिक धरातलको परिमार्जन, विवेकपूर्ण सहभागिता र दुरदर्शी कथ्य निर्माणको आवश्यकता रहेको छ ।

म कुलमानले विद्युत प्राधीकरणमा गरेका कामको प्रशंसक हुँ । उनले हामीले भोगिरहेको अन्धकारलाई हटाउने काम गरे । तर अर्को पक्षबाट हेर्दा कुलमान दोहोरिनु भनेको फेरि पनि हामी प्रणाली होइन, व्यक्तिकै शरणमा परेको हुनजान्छ ।एकजना व्यक्तिको क्षमता र इमान्दारीबाट समाजले र देशलाई फाइदा हुन्छ । कुलमानको लोकप्रियताबाट पनि यो कुरा देखिन्छ । तर अर्को यथार्थ के पनि हो भने व्यक्ति जतिसुकै सक्षम भए पनि एउटा ठाउँमा सँधैभरी एकैजना व्यक्ति रहन असम्भव हुन्छ । चाहे त्यो विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कुर्सी होस् वा प्रधानमन्त्रीको कुर्सी । हामीले त हाम्रो प्रणाली र काम गर्ने सिस्टमलाई नै यति बलियो र चुस्त बनाउने तर्फ पहल गर्नुपर्‍यो ताकि हामी कुलमान आउँदा खुशी हुनेमात्र होइन कि भोलि अर्को कुनै व्यक्ति आउँदा पनि डराउनु नपरोस् । हामीले व्यवस्था र व्यवहारलाई पारदर्शी बनाउने प्रयास गरौं, ताकि कसैले बदमासी गर्न नसकोस् । गरेको खण्डमा उ तुरुन्त कारबाहीको भागिदार होस् ।

सबै ठाउँमा एकएकजना व्यक्तिले मात्रै व्यवस्था र प्रणालीलाई धान्ने हो भने यसले नेपाली जनताको व्यक्तिकेन्द्रित परनिर्भरतामा टेवा पुर्‍याउँछ । व्यक्तिमा नायक खोज्ने प्रवृत्तिबाट ग्रस्त हाम्रो समाजको यो अर्को कडी हो जसले चरित्र प्रवृत्तिलाई विश्लेषण र बहसको केन्द्रमा कहिले राख्न चाहेन र त्यसमा रुपान्तरण, परिमार्जन र समृद्ध गर्नतर्फ कहिले ध्यान दिएन । यो नेपाली बहुल समाजको असफलता हो ।

झुक्किएर एक दुई जना मात्र आफ्नो पेशा मार्फत समाज सुधारका लागि पास हुने प्रवृत्ति र प्रचलन स्थापित भइरहँदा हाम्रो शैक्षिक प्रणाली र सामाजिक प्रणाली कुन रूपमा फेल भएको छ भनेर अब मूल्याङ्कन गर्नुपर्ने होइन र ? यो आफैंमा फेल्ड (अनुतिर्ण) समाजमा पास भएका व्यक्तिहरुलाई महानायक बनाउन खोज्नु कुनै नौलो कुरा भएन तर आफूलाई पूनरावलोकन गरेर पास गराउनेतर्फ आँखा चिम्लनुचाहिँ दुःखद परिदृश्य हो । अनुत्तीर्ण समाजको नियति दुख पाउनु र दासतामा बाँच्ने नै हुन्छ । स्वतन्त्र हुन र वास्तवमै समृद्ध हुन समाज आफू नै उत्तीर्ण हुनुपर्छ र समाजको परीक्षा हरेक व्यक्तिको जीवनका अभाव, पीडा, अन्याय, विभेद र सपनाले गर्छ । यो असफल समाज डिस्टीङ्सन ल्याएका कुलमानलाई काँधमा लिएर हिँड्न चाहन्छ, अहिलेको प्रकरणको निष्कर्ष यही हो ।

कुलमानले विद्युत प्राधिकरणमा राम्रो काम गरे । तर व्यक्तिकै सफलतामा वा एकदुईको प्रतीभा नै सारा समाजको आशा टिक्ने हो भने अरु कति क्षेत्रमा कुलमान छन् ? त्यहाँ पनि त्यस्तै क्षमता र इमानदारीका मानिस किन भएनन् । सम्पूर्ण समाज सफल हुने हो भने सबै ठाउँमा सक्षम मानिस पुग्नुपर्ने होइन ? सक्षम मानिसलाई काम गर्ने ठाउँमा पुर्‍याउने संयन्त्र देशले बनाउनु पर्ने होइन ? राजनीतिले बनाउनु पर्ने होइन ? त्यो नहुँदा हामी एकदुईजना झुक्किएर भेटिने मानिसलाईनिर्विकल्प बनाएर बस्न बाध्य छौं । मुकेसलगायत को डरले कुलमान- कुलमान भनिरहँदा तेस्रो सम्भावनाको ढोका बन्द पनि भइरहेको हुनसक्छ । कुलमानले एउटा मानक बनाइसकेको स्थितिमा अब आउने जोकोहीले पनि त्यसलाई प्रतिस्पर्धा गर्न अझ नयाँ दृष्टिकोणले केही विशेष उपलब्धि हासिल गर्नुपर्ने चुनौती हुन्छ । तर, यदि उसले फेरि मुकेश काफ्लेको समयको जस्तो लोडसेडिङ तालिका दिन थाल्यो भने उसलाई हटाउन सक्छौं भन्ने चुनौती समाजले गर्ने सक्नुपर्ने बनाउन आवश्यक छैन र ?

यो केवल विद्युतमा मात्र होइन सबै क्षेत्रमा सबैका लागि न्यूनतम उपलब्धिको सीमारेखा अब कोर्नुपर्ने होइन र नेपाली जनताले अब ? विद्युत प्राधीकरणमा पाएको सफलता अरु क्षेत्रमा समाजले किन पाउन सकेको छैन ? यतातिर पनि ध्यान दिनुपर्दैन अब ? राम्रो व्यवस्थापन हुँदा असम्भवजस्तो लाग्ने लोडसेडिङ हट्यो । अरु क्षेत्रमा जिम्मामा बसेका मानिसले चाहिँ किन सकिरहेका छैनन् ? के त्यो ती व्यक्तिको मात्र असफलता हो कि समग्र व्यवस्था र प्रणालीको ? यो प्रणालीको नेतृत्व गर्नेहरुसँग प्रश्न गर्नुपर्ने बेला भएन ?

यसका लागि मलाई लाग्छ, सबभन्दा महत्वपूर्ण त नेपाली जनताले सुत्ने प्रवृत्ति त्याग्नु पर्‍यो । कसैलाई उचालेर कुर्सीमा राखिदिने बित्तिकै समस्या समाधान हुन्छ भनेर आफू मस्त निदाउने प्रवृत्तिका कारण कुर्सीलाई अनावश्यक शक्ति दाइजोको रुपमा सुम्पिदिइरहेका छन् । र यसको फाइदा कुर्सीवालाले लिइरहेको छन, एकदुई जनाले बाहेक । यसले गर्दा त्यसरी काम गर्ने मानिसलाई मान्छे होइन देवता नै मानेर पूजा गरेर त जनता रमाउँछ तर ती अधिकांश जसले उसको निद्राका बेलामा लुट्नु लुटेका छन्, तिनीहरूलाई ऊ केही गर्न सक्दैन,आफ्नो टाउकोमा हात राखेर बस्नुबाहेक ।

यदि ऊ नसुतेर हरक्षण सचेत, क्रियाशील र विवेकपूर्ण भएको भए कसैले पनि उसलाई लुट्न सक्दैनथ्यो । यहाँ समस्या लुट्नेमा मात्र होइन, लुटिनेमा बढी देखियो । लुटिनेको कुम्भकर्ण निद्रामा बढी समस्या देखियो । अब यो सुत्ने प्रवृत्तिबाट जाग्नु पर्ने हो र जागिरहनु नै पर्ने हो । यो देशका हरेक मानिसको लागि हित हुने सामूहिक नीति निर्माण, योजना निर्माण र कार्यान्वयन तथा विचार छनौट र स्थापित गर्ने पथमा देशका हरेक नागरिक कटिबद्ध हुने बेला हो ।

त्यसका लागि केवल छनौटको अधिकारमात्र होइन रिजेक्ट (अस्वीकार) को अधिकारलाई पनि क्रियाशील बनाउने हो । यस्तो अवस्थामा मात्र मुकेस प्रवृत्ति हावी हुन पाउँदैन र कुलमान प्रवृत्तिले मौलाउने र स्थापित हुने अवसर पाउँछ । अबको आवश्यकता क्रियाशीलताको हो । क्रियाशीलताको अर्थ उर्जाशील हुनु हो ।

उर्जाशील मान्छेहरु आफैंमा कुलमान हुन् तर ती सुतेर बस्नेहरु चाहिँ कुलमान हैनन् उनीहरू ‘कुल म्यान’ हुन् । ‘कुल म्यान’को अर्थ चिसो मान्छे । भनिन्छ मानिस मरेपछि वा उसको शरीरमा कुनै उर्जा नभएपछि चिसो हुन्छ । जिउँदा मान्छेहरू ताता हुन्छन्, उनीहरूको उर्जा हुन्छ शरीर र मस्तिष्कमा । अब निर्णय लिने बेला आएको छ हामी कुलमान बन्ने कि ‘कुल म्यान’ ?

सम्बन्धित समाचार

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

विद्यालय खुल्न थाले

कोभिड–१९ को महामारीका कारण भएका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । लामो समय बन्द रहेका जिल्लाका विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न थालेको बताएका छन् ।

प्रधानमन्त्रीको मुडमा चल्छ कि प्रहरी आईजीपीको आदेशमा ?

नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने मनिषमान श्रेष्ठमाथि प्रहरीले शुक्रबार माइतीघरमा लाठी बजार्‍यो । लाठी प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लाग्यो । रगताम्ये देखिएको श्रेष्ठको तस्वीर क्षणभरमै सामाजिक सञ्जालमा भाइरल बन्यो ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X