Monday, September 21, 2020

Monday, September 21, 2020
अन्तर्राष्ट्रिय कोरोनाविरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा आउँछ : विश्व स्वास्थ्य संगठन

कोरोनाविरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा आउँछ : विश्व स्वास्थ्य संगठन

Published:

On: Nepal

Nepal Online Patrika| Source: विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताएका हुन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले शुक्रबार पत्रकार सम्मेलनका क्रममा जानकारी दिएको बताइएको छ । उनले सो पत्रकार सम्मेलनका क्रममा भने, ‘मलाई लाग्छ यो खोप बजारमा आइसक्नका लागि अर्को वर्ष अर्थात् सन् २०२१ को मध्यपछि मात्र सम्भव हुनसक्छ ।’

त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशहरुमा पनि पुग्न सक्ने देखिएको भन्दै उनले त्यसपछि विभिन्न देशहरुमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताए ।

उनले उक्त खोपको पछिल्लो लट अर्थात् तेस्रो तहमा हुन लागेको ट्रायल यसै वर्षको अन्त्यसम्ममा मात्र पूरा हुने बताए ।

त्यस ट्रायलको परिणाम यसै वर्षको अन्त्यसम्म या आगामी वर्षको सुरुसम्ममा आइसक्ने र त्यसपछि खोपको उत्पादन प्रक्रिया सुरु हुने जानकारी पनि प्रमुख वैज्ञानिकले दिए ।

भारतमा तीन दिनमै थपिए साढे दुई लाखभन्दा बढी कोरोना संक्रमित:

भारतमा कोरोना भाइरसको संक्रमण तीब्र बनेको छ। पछिल्लो तीन दिनमा मात्रै भारतमा साढे दुई लाखभन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित बनेका छन्।

पछिल्लो तीन दिन दैनिक ८० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन्। बुधबार ८२ हजार ८ सय ६० जनामा कोरोना पुष्टि भएकोमा बिहीबार ८४ हजार १ सय ५६ र शुक्रबार ८७ हजार १ सय १५ जना कोरोना संक्रमति थपिएका हुन्।

यससँगै भारतमा हालसम्म कोरोना संक्रमतिको संख्या ४० लाख नाघेको छ। यस्तै ६९ हजार ६ सयभन्दा बढीले कोरोनाबाट ज्यान गुमाइसकेका छन्।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीबाट हालसम्म विश्वभर ८ लाख ७९ भन्दा बढीको मृत्यु भइसकेको छ भने २ करोड ६८ लाखभन्दा धेरै मानिसहरु संक्रमति भएका छन्।

अहिलेसम्म विश्वभर १ करोड ८९ लाखभन्दा बढी मानिसहरु निको भएर घर फर्किएका छन्।

सम्बन्धित समाचार

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

आजदेखि नियमित आन्तरिक उडान सुरु

छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो ।

२४ घन्टामा १३ सय २५ जनामा कोरोना संक्रमण, ९ सय ६६ डिस्चार्ज

मुलुकभर १३ सय २५ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

आन्तरिक वायुसेवा कम्पनीहरुले अब सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने, भाडा नबढ्ने

आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् ।

ताजा समाचार

आजको नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक भोलि बालुवाटारमा बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X