Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
अन्तर्राष्ट्रिय भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि ट्रम्पले भनेः मोदी मेरा खास साथी

भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि ट्रम्पले भनेः मोदी मेरा खास साथी

Published:

On: Nepal

Nepal Online Patrika| Source: भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तकण्ठले प्रशंसा गरेका छन् । मोदीले प्रतिकूल अवस्थामा पनि धेरै राम्रो काम गरिरहेको ट्रम्पले बताए ।

ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गर्दै भनेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदी मेरो खास साथी हुनुहन्छ, उहाँले धेरै राम्रो काम गरिरहनुभएको छ। उहाँ धेरै राम्रो नेता हुनुहुन्छ ।’

यसअघि भारतले टिकटक र विच्याटलगायत ५९ वटा चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो । भारतले पुनः पब्जीसहित ११८ भन्दा बढी चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ ।

यसअघि अमेरिकाले पनि चीनले आफ्ना एप्समार्फत अमेरिकी डेटा चोरी गर्ने गरेको र ती एप्स राष्ट्रिय सुरक्षाको लागि खतरा भएको आरोपलगाउँदै टिकटक, विच्याटसहित कैयौँ चिनियाँ एप्स र चिनियाँ प्रविधि कम्पनीमा प्रतिबन्ध लगाएको थियो ।

हिन्दू मतदाता फकाउन मोदीको प्रशंसा गर्दै ट्रम्प:

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अचानक प्रशंसा गरेका छन् । विपक्षी दल डेमोक्रेटिकका नेता तथा उम्मेदवारहरुले भारतीय अमेरिकीहरुको समुदायलाई सम्बोधन गरिरहेका बेला ट्रम्पले मोदीको प्रशंसा गरेका हुन् ।

ट्रम्पले भारत भ्रमणको प्रसंग समेत जोड्दै मोदीले कठिन समयमा पनि राम्रो काम गरिरहेको भन्दै उच्च प्रशंसा गरेका हुन् । उनले मोदी आफ्नो साथी र राम्रो नेता भएको प्रतिक्रिया पनि दिएका छन् ।

शुक्रबार उनले भने, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी हुन् । उनले धेरै राम्रो काम गरिरहेका छन् । उनी धेरै राम्रो नेता हुन् ।” अहिले काम गर्न गाह्रो हुँदाहँदै मोदीले जे गरिरहेका छन् यो धेरै राम्रो भएको ट्रम्पको दावी थियो । उनले ट्वीटरमार्फत मोदीको कामको प्रशंसा गरेका थिए ।

अमेरिकामा आगामी नोभेम्बरमा हुने चुनावमा ट्रम्पले भारतीय समुदायबाट पहिले जस्तो धेरै मत नपाउने विश्लेषण भइरहेका बेला उनले मोदीको प्रशंसा गरेका हुन् । त्यसो त, ट्रम्पका प्रतिष्पर्धी जो बाइडेन र उनीसँगै उपराष्ट्रपति पदमा उम्मेदवार बनेकी कमला ह्यारिसले अमेरिकामा रहेको २० लाख भन्दा ठूलो हिन्दू समुदाय र भारतीय मूलका आप्रवासीहरुबाट राम्रो मत पाउने अपेक्षा गरिएको छ ।

कमला स्वयं भारतीय मूलकी नेत्री हुन् । बाइडेनले पनि यसबीचमा भारतीय समुदायमा भइ उनीहरुको प्रशंसा गरिसकेका छन् । ट्रम्प भने पछिल्लो समय आप्रवासीविरोधी नेताको रुपमा चिनिँदैआएका छन् । यद्यपि २०१६ को निर्वाचनमा भारतीय अमेरिकीहरुको ठूलो समूह ट्रम्पको पक्षमा थियो ।

ट्रम्पले अचानक मोदीको प्रशंसा गर्नुको पछाडि अमेरिकामा रहेका लाखौँ हिन्दू र भारतीय मूलका आप्रवासी समुदायबाट मत संकलन गर्नु एक प्रमुख कारण रहेको स्थानीय मिडिया र विश्लेषकहरुले गर्न थालेका छन् । यसवाहेक अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले केहीअघि चीनसँगको सीमा विवादमा आफूहरु भारतको पक्षमा रहेको भन्दै खुलेर प्रशंसा गरेका थिए ।

सम्बन्धित समाचार

ताजमहल आजबाट खुल्यो

कोरोनाभाइरस संक्रमणपछि बन्द रहेको भारतको ताजमहल सोमबारदेखि खुलेको छ । गत मार्च १७ देखि बन्द रहेको आगरास्थित ताजमहल सोबारबाट खुलेको हो ।

विदेशबाट सोझै आफन्तलाई पैसा पठाउन सकिने, रेमिट्यान्समा झनै सहज

नेपाल राष्ट्र बैंकले विदेशबाट सोझै आफन्तलाई पैसा पठाउन मिल्ने गरी रेमिट्यान्ससम्बन्धी नियममा परिवर्तन गरेको छ ।

चीनमा जनगणना गर्न ७० लाख गणक परिचालन गरिने

महामारीको भयका बीच सवा अर्ब मानिसको गिन्ती कसरी गर्ने? चीन यसको जवाफ खोज्दैछ।

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

ताजा समाचार

स्वाव नदिइकनै रिपोर्ट आयो कोरोनाको, स्वास्थ्कर्मी समेत चकित

एक ब्यक्तिको कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन रिपोर्ट आएको छ ।

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै, राजस्थानको चिन्ता: स्टार खेलाडी

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज साँझ हुने खेलमा चेन्नइ सुपरकिंग्स र राजस्थान रोयल्स भिड्दै छन्। खेल आज पौने ८ बजे सारजाह क्रिकेट स्टेडियममा हुनेछ।

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ ।
X