Connect with us

अन्तर्राष्ट्रिय

बच्चाले जिउँदो सर्प निले, आमाले पुच्छर देखेर बाहिर तानिन्

भारतको उत्तर प्रदेशको बरेली जिल्लामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ जहाँ एक बच्चाले खेल्दाखेल्दै जिउँदो सर्प निलेका छन् ।

Published

on

Nepal Online Patrika| Source: भारतको उत्तर प्रदेशको बरेली जिल्लामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ जहाँ एक बच्चाले खेल्दाखेल्दै जिउँदो सर्प निलेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार बच्चाकी आमाले आफ्नो छोराको मुखभित्र केही वस्तु देखेपछि हतपत हेरिन् । जब उनले त्यो वस्तुलाई बाहिर निकालिन् तब उक्त वस्तु त सर्पको बच्चा भएको थाहा पाइन् । उनले छोरालाई तत्काल अस्पताल पुर्याइन् ।

बच्चाका पिता धर्मपाल एक किसान हुन् । उनी आफ्ना एक वर्षका छोरा देभेन्द्र र ६ इन्च लामो मरेको सर्पको बच्चा लिएर अस्पताल पुगे । धर्मपालले इमर्जेन्सी स्वास्थ्य अधिकारी डा. हरिश चन्द्रलाई उनको छोराले सर्प निलेको जानकारी लिँदै मरेको सर्पको बच्चालाई टेबलमा राखिदिए । डाक्टरले तत्काल यो सूचना फिजिसियन डाक्टर एएम अग्रवाललाई जानकारी दिए । त्यसपछि बालकलाई इमर्जेन्सी वार्डमा भर्ना गरियो ।

डाक्टरका अनुसार त्यो सानो सर्प करेतको बच्चा हो, जुन असाध्यै विषालु हुन्छ । समयमै उपचारका कारण बच्चा खतरामुक्त छन् ।

भारतमा २४ घण्टामा भेटिए ९० हजार कोरोना संक्रमित:

भारतमा कोरोना संक्रमितको आँकडामा पछिल्लो पाँच दिनमा एकपटक पनि गिरावट देखिएको छैन । शनिबार यो रेकर्ड ९० हजार पार पुगेको छ । पछिल्लो २४ घण्टामा यहाँ कूल ९० हजार ६ सय कोरोना संक्रमित भेटिएका छन् । हालसम्म यहाँ ४१.१० लाख संक्रमति भेटिइसकेका छन् । यस्तै एकैदिन यहाँ ७३ हजार बिरामी निकोसमेत भइसकेका छन् । यससँगै यहाँ निको हुनेको संख्या ३१.७७ लाख पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ४४ को मृत्यु भएको छ भने हालसम्म यो संक्रमणले भारतमा ७० हजार ६ सय ७९ ले ज्यान गुमाइसकेका छन् । ८.६१ लाख बिरामीको उपचार चलिरहेको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending