Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
रोचक परिवार संग जति धेरै समय बितायो त्यति बढी फाईदा

परिवार संग जति धेरै समय बितायो त्यति बढी फाईदा

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: सफलता भनेको पैसा वा नाम मात्र कमाउनु हो ? नाम र दाम कमाए पछि के सबैथोकको खुसी मिल्छ ? यी कुराहरु हामीले जान्नु एकदमै जरुरी छ । किनकि आजकल मानिसहरु के सोच्ने गर्छन भने पैसा कमाए पछी संसारको सबै खुसी मिल्ने गर्छ । तर के पैसाले पारिवारिक खुसि किन्न सकिन्छ त ? सायदै सकिदैन होला किनकि पैसा भनेको एउटा आवश्यकता पुरा गर्ने माध्यम मात्र हो ।

तपाईले पैसा त कमाउनु हुन्छ तर आफ्नो परिवारलाई भने समय दिन सक्नु हुन्न भने याद राख्नुहोस् तपाईलाइ पारिवारिक खुसि पनि कम मिल्ने गर्छ । एक असल व्यक्ति त्यो हो जसले आफ्नो सम्पूर्ण काम गरेर पनि आफ्नो थोरै समय भए पनि परिवार सग बसेर बिताउने गर्दछ । यदि तपाई आफ्नो समय निकालेर परिवार सग बिताउने गर्नुहुन्छ भने उनीहरुको सकारात्मक कुराले तपाईलाई अझ बढी हौशला मिल्दै जान्छ ।

जीवनको हरेक परिस्थतिमा आफ्नो परिवारको साथ् कहिल्यै पनि नछोड्नु किनकि परिवार भन्दा ठुलो अरु केहि पनि हुदैन । जसले आफ्नो परिवारलाई साथ् दिदैन नि ऊ सधै नै एक्लो हुने गर्दछ । परिवारको महत्वको राम्रो उदाहरण भनेको साउथ फिल्महरु हुन् । किनकि त्यहा पारिवारिक सम्बन्धलाई यति मजाले देखाउने गर्छ कि अरु कसैले पनि त्यति मजाले देखाउदैन । यति परिवार खुसि छ भने संसारनै उज्यालो भए जस्तो लाग्छ तर परिवारमा नै खुसि वा मेलमिलाप छैन भने त्यहाँ लक्ष्मीले पनि बास गर्नुहुन्न ।

आफ्नो परिवार संग समय बिताउदा के फाईदा हुन्छ त ?

यदि तपाइँ आफ्नो परिवार संग थोरै मात्र समय बिताउनु हुन्छ भने परिवारमा आत्मियता पनि कम हुन्छ तर तपाई जति धेरै आफ्नो परिवार संग समय बिताउनु हुन्छ त्यति नै धेरै बिश्वास र आत्मियता पनि बढ्छ । आफ्नो परिवार संग आफ्नो दुख सुख शेयर गर्दा परिवारको सदस्यहरुबीच माया पनि बढ्दै जान्छ । मानिसहरु प्राय एक्लोपनले गर्दा डिप्रेसन जस्तो रोगको शिकार हुने गर्दछन ।

तर यदि मनमा लागेको कुराहरु र आफ्नो दुखहरु परिवारमा बताउदा यस्ता रोगहरु बाट पनि बच्न सकिन्छ । परिवार संग समय बिताउदा त्यहाँ एउटा बेग्लै न्यानोपन पनि रहन्छ । जसले आफ्नो परिवार सग आफ्नो थोरै भए पनि समय निकालेर बिताउने गर्छ उसले अफ्ठ्यारो परिस्थितिमा पनि सम्झिन्छ कि, ‘मसंग मेरो परिवार छ, म मेरो परिवारको लागी बाच्नुपर्छ ‘। यसको के फाईदा हुन्छ भने डिप्रेसनमा गएर आत्महत्या गर्ने जस्ता घटनाहरु पनि कम हुन्छन् ।

मानिसहरु एक्लोपनले गर्दा कुलतमा फस्ने गरेको समस्याहरु धेरै देख्नमा आउछ । तर परिवारमा भने सबै सदस्यहरु भेला भएर आफ्नो मनको कुरा सुनाएर मन हल्का गर्दा यस्ता समस्याहरु पनि न्यून हुदै जान्छन् । दिनको एक घण्टा भए पनि सबै सदस्यहरु भेला भएर कुरा गर्ने, रमाउने गर्दा पारिवारिक कडी पनि दर्बिलो हुने गर्छ । मनमा लागेको नराम्रो कुरा सदस्यहरुबीच बताएर त्यसको निराकरण कसरी गर्ने भन्नेबारे पनि चर्चा हर्नुपर्दछ ।

परिवारमा आफ्नो मनको कुरा खुलेर गर्दा मन पनि हल्का हुन्छ र मानसिक तनाव पनि कम हुन्छ । सदस्यहरुबीच मनमुटाव पनि रहदैन र मनमा कुरा गुम्स्याउने वातावरण पनि रहदैन । यदि कुनै परिवारको एक सदस्य नकारात्मक बाटोतर्फ जान खोज्दैछ भने उसलाई राम्ररि सम्झाएर, बुझाएर सकारात्मक कुराहरु सुनाएर उसलाई पुन राम्रो काम तर्फ प्रेरित गराउनु पर्दछ ।

यो संसारमा हरेक एक व्यक्ति आफ्नो जीवनमा समस्याहरु संग लडिरहेको हुन्छ । ऊ आफ्नो जीवनको एक योद्दा पनि हो । उसको परिवार उसको साथमा छ भने उसलाई ति समस्याहरु संग लड्न हौशला प्राप्त हुन्छ । उसले जस्तोसुकै परिस्थितिमा त्यस्ता समस्याहरु संग लड्न सक्छ । उसको लागी परिवार भनेको हिम्मतको सागर हो । जब परिवार एक ठाउमा खुसि साथ् हुन्छ नि तब उसले आफ्नो शक्तिलाई समुहको शक्तिमा रुपान्तरण गर्दछ ।

जसले गर्दा जस्तोसुकै कठिन समस्याहरुको पनि समाधान सजिलै निस्कने गर्दछ । परिवारको यहि नै त फाईदा छ कि कठिन परिस्थतिमा एक अर्कालाई सक्दो सहयोग गर्ने । यदि व्यक्तिलाई परिवारको साथ् छ भने ऊ आफ्नो लक्ष्यमा पनि सजिलै अघि बढ्न सक्दछ तर यसको लागी तपाईले आफ्नो परिवार संग पनि समय बिताउने गर्नु पर्दछ । परिवारको सदस्यहरु जस्तोसुकै परिस्थितिमा पनि एक झुट हुने गर्नु पर्दछ यसले गर्दा परिवारको सदस्यहरुलाई आफ्नो लक्ष्यमा पुग्न पनि सहज हुन्छ ।

परिवारको सदस्यहरु लामो समय सम्म एकैसाथ बस्दा एक अर्का प्रति आत्मियता र बिश्वास पनि बढ्छ । उनीहरु एक अर्काको ख्याल पनि गर्ने गर्छन । यसले गर्दा सबै सदस्यहरु पनि खुसि रहन्छन र जति धेरै मानिसहरु खुसि भए त्यतिनै उनीहरु मानसिक र शारीरिक रुपमा स्वस्थ पनि बन्दै जान्छन । परिवारको सदस्यहरु खुसी साथ् बस्नु भनेको नै स्वस्थ जीवन बाच्नु पनि हो । व्यक्ति-व्यक्ति मिलेर परिवार बन्छ र परिवार – परिवार मिलेर समाज बन्छ त्यसपछि समाज – समाज मिलेर एउटा सिंगो देश बन्छ त्यसैले दक्ष र स्वस्थ जनशक्ति उत्पादन हुनको लागी पारिवारिक खुसि हुन जरूरी हुन्छ । सबै परिवारको सदस्यहरु मिलेर आफ्नो मनको भावना शेयर गर्नुपर्छ । तब मात्र हाम्रो देश पनि सकारात्मक बाटो तर्फ जानेछ ।

जीवनमा खुसी खोज्न कहिँ जानु पर्दैन किनकि खुसी त सानो सानो कुरामा नै भेटिन्छ । र त्यहि खुसि परिवारको साथमा हजार गुणा बढेर जान्छ । एक्लै खुसि हुनुमा र परिवारको साथमा खुसि हुनुमा धेरै फरक पर्छ । आफ्नो हजुरबुवा हजुरआमाले भनेका कथाहरु सुन्न पाउदा निकै खुसि लाग्छ । साना केटाकेटीहरु संग खेल्न पाउदा, चाडपर्वहरुमा आफन्तहरु संग खुसि साथ् समय बिताउदा र आमा-बुवाको आशिर्वाद पाउदा निकै खुसि मिल्छ । यसरी व्यक्ति आफ्नो परिवार संग घुलमिल भएर बस्दा ऊ कुनै दुबिधामा पनि रहदैन र ऊ स्वस्थ पनि रहन्छ । यसले गर्दा व्यक्ति खुसि र प्रफुल्लित भएर बाच्न पनि सक्छ । त्यसैले तपाई जतिनै व्यस्त भए पनि आफ्नो परिवारको लागी थोरै भए पनि समय निकालेर बिताउने गर्नुहोस ।

के तपाईको हातमा यस्तो रेखा छ ? यो रेखा हुने मान्छे हुन्छन् भाग्यमानी:

ज्योतिष शास्त्रमा शनिको दशा चलेको समयलाई मानिसले निरास रुपमा लिने गरेका हुन्छन् तर शनिदेव सधै नराम्रो गर्ने देवता नभएको धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ । शनिदेव जसको राम्रो हुन्छ, भविष्यमा उ देशको सबैभन्दा महत्वपूर्ण मान्छे बन्न सक्ने ज्योतिष शास्त्रको मान्यता रहेको हुन्छ । शनिदेवलाई न्यायको देवता मानिन्छ । अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवताका रुपमा शनिदेवलाई लिने गरिएको छ ।

हस्तरेखा शास्त्रका अनुसार जसको हत्केलामा शनि र शनिका साथै अन्य ग्रहको दशा हुन्छ, उसैअनुरुप हाम्रो जीवन अघि बढ्छ । केही व्यक्तिको स्वभाव देखि यसको करिअरसम्म पनि यो रेखा हेरेर पत्ता लगाउन सकिन्छ । यहाँ हत्केलामा हुने शनि रेखाको बारेमा बताइएको छ । जुन मानिसको हत्केलामा शनि पर्वत हुन्छ । त्यो मानिस अधिक धन सम्पत्तिको मालिक बन्छ । यसका साथै शनि पर्वतको साथ अन्य मंगल पर्वत भएको मानिस साहसी र सफलता हासिल गर्ने खालको हुन्छ ।

हस्तरेखा शास्त्रअनुसार यस्ता मानिसलाई कहिल्यै धनको कमी हुँदैन । शनिको स्थान भएको औंला लामो भएमा त्यस व्यक्ति शान्तिको प्रिय हुन्छ । उसलाई धार्मिक कार्य गरिरहन मन पर्छ भने आफ्नो करिअरप्रति धेरै नै इमान्दार हुन्छ । उसले नयाँ उचाई प्राप्त गर्छ । यदि कसैको हातको हत्केलामा जुन स्थानमा शनि हुन्छन्, धेरै रेखाहरू काटिएको छ या जीवन रेखा सीधा वा दोषपूर्ण छ भने शनिका दशा मानिन्छ । यस बाहेक हत्केलामा रेखाहरूको जार हुन्छ, उसलाई शनिको दशा नभएको मानिन्छ ।

शनिको साथै बृहस्पति राम्रो भएमा त्यस्तो मानिस बुद्धिमानी र स्वाभिमानी हुने मानिन्छ । उसले हर क्षेत्रमा उच्च शिक्षाका साथै प्रशासनिक क्षेत्रमा समेत राम्रो रहन्छ । उद्योगमा पनि उसले सफलता प्राप्त गर्छ । जस व्यक्तिको हत्केलामा शनि सिधा रहन्छ उस व्यक्तिको भाग्य राम्रो हुन्छ । त्यस्तो व्यक्ति कला क्षेत्रमा आफ्नो करिअर बनाउन सक्दछ । जुन मानिसको हत्केलामा शनि र सूर्यको स्थिती राम्रो हुन्छ, उसले आफ्नो जीवनमा सुख पाउँछ । यसका साथै उसको व्यक्तित्व पनि राम्रो हुन्छ । शास्त्रका अनुसार यस्ता व्यक्ति धेरै नामी तथा दामी हुन्छ ।

तपाईंको पैसा बचत भइरहेको छैन ? जस्तोसुकै खर्चमा पनि अब यसरी बचत गर्नुहोस्:

आफ्नो दैनिक जीवन निर्वाह गर्न र आफ्ना सपनाहरुलाई आकार दिन पैसाको आवश्यकता पर्छ । आफूसँग भएको बेलामा खर्च गर्ने र समय आउँदा टर्छ भन्ने बानीले हामी आवश्यक परेको बेलामा आर्थिक अभावमा डुब्छौं । आर्थिक उन्नति हरेक मान्छेले चाहन्छन् । तर सबै मान्छे सफल हुन सक्दैनन् । पैसालाई सबैथोक मान्न सकिन्न । यद्यपि पैसा बिना जीवन पनि चल्दैन । त्यसैले यहाँ पैसा बचत गर्ने बानीको विकासको लागि केही सामान्य उपायहरु उल्लेख गरिएको छ :

सामान किनमेल गर्न जानुअगाडी आफूलाई आवश्यक रहेका कुराहरुको लिस्ट बनाउनुहोस् । बजारमा किनमेल गर्दा पहिला आफूलाई आवश्यक परेका कुराहरु मात्र खरिद गर्नुहोस् । पैसा बच्यो भने मात्र ती बाहेकका कुरा किन्नेबारे सोच्नुहोस् । घरमा खुत्रुके राख्नुहोस् । सामानको भाउ घटाएर किन्नुभो भने त्यो छुट पाएको पैसा खुत्रुकेमा राख्नुहोस् । दक्षिणा आउने पैसा खुत्रुकेमा जम्मा गर्नुहोस् । एक रुपैयाँको सिक्काको महत्व पनि धेरै हुन्छ । सिक्का पैसाहरु खुत्रुकेमा राख्ने गर्नुहोस् ।

कसैलाई उपहार दिंदा पुस्तक , कलम उपहार दिनुहोस् । यसले तपाईंको पैसा पनि केही बच्छ भने पठन संस्कृतिको पनि विकास हुन्छ । बजारको हल्लाको पछाडी हिड्नुभन्दा त्यो सामानबारे राम्ररि जानकारी लिएर मात्र खरिद गर्नुहोस् । ‘सेल’ मा राखेको सामान वा सस्तोमा सामान पाइयो भन्दैमा तत्काल आवश्यक नै नभएको सामान खरिद नगर्नुहोस् । आफ्नो आम्दानि र खर्चको लेखाजोखा गर्ने बानी बसाल्नुहोस् । यदि तपाईं विद्यार्थी हुनुहुन्छ भने पनि आफ्नो घरको आम्दानिको स्रोत, खर्च, आर्थिक व्यवस्थापन आदिको बारेमा जानकार रहनुहोस् । धुम्रपान र मद्दपान गर्न छोड्नुहोस् । बाहिरको खाना र जंक फुड छोडेर घरको खाना खाने गर्नुहोस् ।

सम्बन्धित समाचार

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

मंगलबार बिहानै गर्नुहोस् पुजा भगवान गणेशजीको ,मिल्ने छ खुशी

कुनै पुजा आजा गर्दा हामिले भगवन गणेशजीलाई सम्जने गरिन्छ मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा मिल्ने छ । लाभै लाभ हरेक मानिसहरुले मंगलबार भगवान गणेशको पूजा गरेकै हुन्छन् । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

जमेको काने गुजीलाई निकाल्न चाहानुहुन्छ ? यो विधि अपनाउनुहोस् सुन्ने शक्ति बढ्छ दुई गु’ण !

शरीरको साथसाथै, का’न सफा गर्नु पनि धेरै महत्त्वपूर्ण छ । मानिसहरू प्राय जसो आफ्नो शरीर सफा गर्दछन् तर कान सफा गर्न बिर्सन्छन् ।

‘मुसा’ आएर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

मानिस शरीरका विभिन्न भागमा ‘मुसा’ आएर हैरान भएका हुन्छन् । त्यसलाई रोक्न वा हटाउन नसक्दा उनीहरूको सुन्दरतामै असर परिरहेको हुन्छ । विभिन्न औषधि गर्दा पनि यसबाट छुटकारा पाउन नसक्दा मानिसलाई तनाव भइरहेको हुन्छ ।

ताजा समाचार

क्याप्टेन विजय लामाले भने, कोरोनासँगको लडाइँमा आज धेरै राम्रो भएको छ, स्वस्थ बन्दैछु

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले आफू स्वस्थ बन्दै गइरहेको बताएका छन् । दुई हप्तादेखिको कोरोनासँगको लडाइँमा आज धेरै राम्रो प्रगति भएको र नास्ता पनि लिएको बताएका छन् ।

स्वाव नदिइकनै रिपोर्ट आयो कोरोनाको, स्वास्थ्कर्मी समेत चकित

एक ब्यक्तिको कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन रिपोर्ट आएको छ ।

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै, राजस्थानको चिन्ता: स्टार खेलाडी

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज साँझ हुने खेलमा चेन्नइ सुपरकिंग्स र राजस्थान रोयल्स भिड्दै छन्। खेल आज पौने ८ बजे सारजाह क्रिकेट स्टेडियममा हुनेछ।

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।
X