Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
स्वास्थ्य बिहान खाली पेटमा पिउनुहोस्, एक गिलास मनतातो पानी ! मिल्नेछन् यी फाइदाहरु

बिहान खाली पेटमा पिउनुहोस्, एक गिलास मनतातो पानी ! मिल्नेछन् यी फाइदाहरु

Published:

On: Nepal

Nepal Online Patrika: पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ । अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ । यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो । खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो ।

प्राय: जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी खान्छन् । पानी खाएको आधा घन्टापछि मात्र ब्रेकफास्ट लिन्छन् । यो वाटर थेरापीले उनीहरुलाई सक्रीय र स्वस्थ रहन मद्दत गरिरहेको छ। खाली पेट पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ। यसमा पनि मनतातो पानी उपर्युक्त हुन्छ ।

आन्द्रामा फ्लस:

खाली पेट प्रशस्त पानी खादा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ। यसले पाचन प्रणालीलाईपनि सहयोग गर्छ । तपाईलाई एक बिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मन तातो पानी खाली पेट खाँदा खुलेर शौच आउछ।

शरिरका विकार फालिदिन्छ:

तपाई बाथरुम जाँदा शरिरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुुहुन्छ। जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरिरबाट फाल्न सहयोग पुग्छ।

भोक बढाउछ:

नियमित खाना खानु महत्वपूर्ण हुन्छ । तर भोक लागेन भने के गर्ने? खाली पेट पानी पिउदा तपाईको भोग जाग्छ। बिहान उठ्ने वित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस तपाईलाई भोक लागिरहन्छ।

टाउको दुख्नबाट बचाउछ:

मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु हो। डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो। तसर्थ बिहान उठ्नेवित्तिकै पानी खानु भयो भने यो समस्याबाट मुक्ती मिल्छ। टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउछ।

कोलोन सफा गर्छ:

पानी पिउदा कोलोन सफा गरिदिन्छ । एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ । कोलोन सफा भएमा शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुयाउछ। तपाईको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरिर नै स्वस्थ हुन्छ।

मेटाबोलिजमलाई तीब्र पार्छ:

यदि तपाईले डाइटिङ गर्दै हुनुहुन्छ भने खाली पेट पानी खानु उत्तम उपाय हो। पानी पिउदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई बृद्धि गर्छ । यसको अर्थ तपाईले चाँडो र प्रभावकारीरुपमा खाना पचाउन सक्नुुहुन्छ। जसका कारण छोटो समयमा नै तौल घट्छ।

उर्जा बढाउछ:

यदि तपाईलाई अल्छि लागेको छ भने एक गिलास पिउनुहोस। खाली पेट पानी खाँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुयाउछ । जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरिरमा अक्सिजन प्रबाह हुन्छ । यसको अर्थ तपाईमा एक प्रकारको उर्जा मिल्छ।

अनुहारको छालामा चमक ल्याउछ:

खाली पेट प्रशस्त पानी खादा अनुहारको चमक बढाउछ। शरिरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउछ । तर प्रशस्त पानी खाँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउछ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ:

समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो । शरिरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुदैन । दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । तपाईको रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा तपाईलाई कुनै पनि प्रकारका रोग लाग्दैन ।

पानी पिउँदा याद गर्नु पर्ने कुराहरु:

यो शिर्षक पढ्दैमा तपाईलाई आश्चर्य लाग्न सक्छ तर पानी पिउँदा स्वास्थ्यलाई फाइदा पुगोस् भन्नका लागि पनि केहि कुराहरु तथा बानी व्यवहारहरु सुधार्न सके धेरै फाइदाकारी हुन्छ । हामी धेरै जसोको बानी हुन्छ कम पानी पिउँने । त्यसै गरि केहिको बानी हुन्छ, दिनभरमा निकै पानी पिउँने । तर के हामीले पिएको पानीले हाम्रो स्वास्थ्यमा फाइदा पुर्याएको छ त ? कसरी पानी पिउँदा स्वास्थ्यमा फाइदा पुग्छ ?

  • १. बिहान बासी मुखमा मन तातो पानी सक्दो धेरै पिउँनुहोस् ।
  • २. खाना खानु भन्दा आधा घण्टा अगाडी र खाना खाएको एक घण्टा पछि सम्म पानी नपिउँनुहोस् ।
  • ३. पानी एकै पल्ट धेरै घटघटी कहिलै नपिउँनुहोस् । बरु चिया पिए जस्तो गरेर सिप लिदै पिउँनुहोस् ।
  • ४. उभिएर कहिलै पनि पानी पिउँनुहुदैन ।
  • ५. चिसो र असाध्यै तातो पानी कहिलै नपिउँनुहोस् । सँधै मनतातो पानी पिउँनुहोस् ।
  • ६. दिनभरीमा कम्तिमा ३ लिटर पानी पिउँनुहोस् ।
  • ७. सुत्नु भन्दा अगाडी १ गिलास मनतातो पानी पिउँनुहोस् ।

कतिपय स्वास्थ्यवर्द्धक कुरा पनि खाली पेटमा खानु हुँदैन:

स्वास्थ्यवर्द्धक भनिएका कुराहरु पनि समय र अवस्थाको ख्याल नगरी खाएका उल्टै स्वास्थ्यमा हानी पुर्याउँने हुन सक्छन् । भनाई नै छ, मह पनि बढि खाए तितो हुन्छ । यो त भयो मात्रामा होस पुर्याउँनु पर्ने कुरा । त्यस्तै गरि मात्रासँगै समय र अवस्थाको पनि ख्याल गर्नु पर्ने हुन्छ । यहाँ हामीले त्यस्तै खानेकुराहरुको सूचि बनाएका छौँ जुन स्वास्थ्यका लागि फाइदाकारी नै छन् तर समयको सम्बन्धमा होस नपुर्याए स्वास्थ्यमा हानी पुर्याउँछन् ।

यसैले तपाईले पनि यी खानेकुराहरु खाली पेटमा खाँदै हुनुहुन्छ भने आफ्नो बानीमा सुधार गरेर आफ्नो स्वास्थ्यमा फाइदा पुर्याउँन सक्नु हुनेछ ।

ग्रीन टि: हामीहरु शरीरको बोसो घटाउन, ब्लडप्रेसर नियन्त्रण गर्न बिहानै ग्रीन टि पिउने गर्छौं । तर ग्रीन टिमा हुने कैफिनले शरीरमा एसिडको मात्रालाई बढाउँछ । एउटा समस्याबाट मुक्त हुन पिउने त्यही ग्रीन टि खालि पेटमा सेवन गर्दा एसिडिटी बढ्छ । र, पाचनक्रियामा समस्या ल्याएर अरु नयाँ समस्या उत्पन्न गराउँछ ।

चिनी: त्यसै पनि चिनीलाई ‘व्हाइट एण्ड स्वीट पोइजन’ भन्ने गरिन्छ । खालि पेटमा चिनी सेवन गर्दा रगतमा चिनीको मात्रा बढ्छ । चिनी खाँदा शरीरलाई आवश्यक पर्ने उर्जा र शक्ति त प्राप्त हुन्छ तर यसको मात्रामा वृद्धि हुदैजादा यसले थकान पनि बढ्छ ।

सफ्ट ड्रिंक्स (कोल्ड ड्रिंक्स): सफ्ट ड्रिंक्सहरुमा कार्बोनेट एसिडको मात्रा अधिक हुन्छ । यसले शरीरमा एसिडको मात्रा बढाउँछ । त्यसपछि छाती पोल्ने, पेट पोल्ने समस्या देखापर्छ । एसिडिटीको समस्या बढ्छ र साथसाथै छटपटी पनि हुन सक्छ ।

चिया: चियामा पनि एसिडको मात्रा निक्कै नै धेरै हुन्छ । त्यसैले खालि पेटमा चियाको सेवनले पेट पोल्ने र दुख्ने समस्या हुन्छ भने अल्सर हुने सम्भावना पनि हुन्छ ।

खर्बुजा: खर्बुजामा भिटामिन, आइरन, म्याग्नेसियम, र पोटासीयमको मात्रा निक्कै धेरै हुन्छ । शरीरको लागि अति आवश्यक यी तत्वहरु खाली पेटमा पुगे भने चाहिं एसिडिटीको समस्या आउछ । साथसाथै पाचनक्रियामा पनि समस्या आउँछ । अझ पानी खाने बित्तिकै खर्बुजा खानु र खर्बुजा खाए लगत्तै पानी खानु त झन् हानिकारक हुन्छ । यदि त्यसो गरियो भने पखाला लाग्ने निश्चित छ ।

केरा: केरामा म्यागनेसियम एकदमै धेरै हुन्छ । त्यसैले खालि पेटमा केरा खायो भने शरीरमा क्याल्सियम र म्याग्नेसियमको ब्यालेन्स बिग्रिन्छ । जसले गर्दा छाती पोल्ने र पाचनक्रियामा समेत गडबडी आउने हुन्छ ।

सुन्तला: सुन्तलामा अर्गानिक एसिड हुन्छ । पेट खाली भएको बेला शरीरमा त्यतिकै पनि एसिड (अम्ल) को मात्र धेरै हुन्छ । त्यसमाथि खाली पेटमा सुन्तला खायो भने यसले एसिडको मात्रा अत्याधिक बढाउँछ । बैज्ञानिक अनुसन्धानबाट के देखिएको छ भने पेटमा एसिड धेरै हुँदा छाती र पेट पोल्ने तथा पथरीको समस्या समेत आउने हुन्छ ।

सखरखण्ड: सखरखण्डमा टैनिन र पैकटिन जस्ता पदार्थ हुन्छन् । गम जस्तो यो पदार्थलाई खाली पेटले पचाउन सक्दैन । परिणाम स्वरूप छाती पोल्ने समस्या देखापर्छ ।

दुध: प्राय सबैलाई थाहा छ, दुधमा स्याचुरेटेड फ्याट (चिल्लो पदार्थ ) र प्रोटीन हुन्छ । खाली पेटमा दुध सेवन गर्नाले पेटको मांशपेसीलाई कमजोर पार्छ । यसकारण दुधलाई खाली पेटमा सेवन गर्यो भने पाचनक्रियामा समस्या देखिनुको साथै यसले कफ पनि बढाउँछ ।

टमाटर: खालि पेटमा टमाटर सेवन गर्दा यसमा हुने एसिडले एक प्रकारको जेल पैदा गर्छ र अन्ततः पथरीको समस्या उत्पन्न हुन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै:

के हो मधुमेह ? रोकथाम कसरी गर्ने ? मधुमेहबाट बच्ने घरेलु उपायहरु यस्ता छन्

मधुमेहलाई अङ्ग्रेजीमा डायबिटिज भनिन्छ भने नेपालीमा चिनीरोग भनेर पनि चिनिन्छ । मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई सामूहिक रूपमा अङ्ग्रेजीमा डायबिटिज मिलाइटस भन्ने गरिन्छ ।

रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन् । उपचार गरेन भने मधुमेहले धेरै जटिलताहरू निम्त्याउन सक्छ । छोटो अवधिका लागि देखिने कडा खालका जटिलताहरू डायबेटिक केटोएसिडोसिस र नन्केटोटिक हाइपरोस्मोलार कोमा हुन् भने लामो अवधिसम्म रहने जटिलताहरूमा मुटु तथा रक्तनलीका रोगहरू (कार्डियोभास्कुलर डिजिजेज), स्ट्रोक, मिर्गौलाको खराबी, खुट्टामा हुने अल्सर तथा आँखामा खराबी आउने जस्ता समस्याहरू पर्दछन् ।

मधुमेह पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने समस्या हो ।

के हो मधूमेह?

हाम्रो शरीरमा रहेको प्यानक्रियाजको आईलेट अफ् ल्यागरह्यान्समा रहेको बेटा सेलबाट इन्सुलिन उत्पादन हून्छ । कुनै कारणबस इन्सुलिन कम बनेमा वा इन्सुलिनले राम्रोसँग काम नगरेमा रगतमा ग्लूकोजको मात्रा बढ्न जाने अवस्थालाई भधुमेह अथवा डाईबेटिज भनिन्छ । मधुमेह टाईप वान्, टाईप टु, गर्भाअवस्थामा हुने गेस्टेस्नल डाईबेटिज र मच्युरिटि अन्सेट अफ् डाईबेटिज इन योङ्ग गरी ४ प्रकारको हुन्छ तर प्राय टाईप वान र टाईप टु डाईबेटिज नै धैरै हून्छ । मधुमेहलाई मुख्यतया तीन प्रकारमा बाँडिएको छ

टाइप वान डायबिटिज ( पहिलो प्रकारको मधुमेह ): मानिसको पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने समस्या हो । यसलाई पहिला ‘इन्सुलिनमा आधारित डायबिटिज मिलाइटस’ वा ‘अपरिपक्क मधुमेह’ भनेर चिनिन्थ्यो । के कारणले गर्दा पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने तथ्य हालसम्म पत्ता लागेको छैन ।

टाइप टू डायबिटिज ( दोस्रो प्रकारको मधुमेह ): इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो । यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन् । रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन सक्छ । यसलाई पहिला “इन्सुलिनमा आधारित नहुने डायबिटिज मिलाइटस“ वा “परिपक्व हुन लागेको मधुमेह“ भनेर चिनिन्थ्यो । अत्याधिक तौल तथा अपर्याप्त शारीरिक व्यायाम टाइप टू डायबिटिजका प्रमुख कारकहरू हुन् ।

टाइप थ्री डायबिटिज ( तेस्राे प्रकारको मधुमेह ): गर्भावस्थामा हुने मधुमेह तेस्रो मुख्य प्रकारको मधुमेह हो । यस्तो मधुमेह गर्भवती महिलामा पहिला कहिल्यै नभएको भए पनि रगतमा चिनीको मात्रा बढेर अचानक देखा पर्ने गर्दछ ।

कारणहरु: टाईप वान डाईबेटिज साधारणतया अटो इम्युनिटि, प्यानक्रियाजका रोगहरु र कहिलेकाही भाइरसको सङ्क्रमणबाट पनि हुन्छ । टाईप टु डाईबेटिज प्राय वशांणुगत, अव्यवस्थित जीवनशैली र मोटोपनाका कारणबाट हुन्छ ।

मधुमेहका मुख्य लक्षण तथा चिह्नहरू:

उपचार नगरिएका मधुमेहका रोगीहरूमा साधारणतया तौल घट्ने, धेरै पटक पिसाब लाग्ने (पोलियुरिया), धेरै तिर्खा लाग्ने (पोलिडिप्सिया) तथा धेरै भोक लाग्ने (पोलिफेइजिया) जस्ता लक्षणहरू देखिन्छन् ।

टाइप वान डायबिटिजमा (पहिलो प्रकारको मधुमेह) लक्षणहरू छिट्टै (हप्ता वा महिना) देखा पर्छन् तर टाइप टू डायबिटिज (पहिलो प्रकारको मधुमेह) लागेको बेलामा लक्षणहरू बिस्तारै तथा थोरै मात्र देखिने वा नदेखिने हुन सक्छ ।

मधुमेहका विशेष लक्षण नभए पनि केही अन्य लक्षणहरूले पनि यो रोग लागेको जनाउ दिन सक्छन् । आँखा धमिलो देख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, काटेका घाऊहरू ढिलो निको हुने र छाला चिलाउने आदि यसका थप लक्षणहरू हुन् ।

यदि रगतमा ग्लुकोजको मात्रा लामो समयसम्म बढी भएमा आँखाको लेन्समा पनि ग्लुकोज जम्मा भएर यसको आकार बढ्न जान्छ र आँखाको दृष्टि परिवर्तन हुन्छ । मधुमेह लागेको बेलामा शरीरका केही विशेष भागमा खटिराहरू देखिन सक्छन् । यस्ता खटिराहरूलाई अङ्ग्रेजीमा डाइबिटिक डर्माड्रोम्स भनेर चिनिन्छ ।

यसरी बच्न सकिन्छ मधुमेहबाट:

मधुमेहबाट बच्न तथा यसको उपचारको लागि स्वास्थ्यकर भोजन खाने, शारीरिक व्यायाम गर्ने, शरीरको तौल सामान्य राख्ने तथा सुर्तीजन्य पदार्थहरू नखाने गर्नु पर्छ । मधुमेहका रोगीहरूले रक्तचाप नियन्त्रणमा राख्नु तथा खुट्टाहरूको हेरविचार गर्नु आवस्यक हुन्छ। टाइप वान डायबिटिजलाई (पहिलो प्रकारको मधुमेह) इन्सुलिनको सुई लगाएर उपचार गर्नु पर्छ। टाइप टू डायबिटिजको (दोस्रो प्रकारको मधुमेह) उपचार अन्य औषधिहरूको साथमा इन्सुलिन दिएर वा नदिइकन गर्ने गरिन्छ । इन्सुलिन तथा केही मुखबाट खुवाइने औषधिहरूले रगतमा हुने चिनीको मात्रा घटाउन सक्छन् । मोटोपन भएका तथा टाइप टू डायबिटिज (दोस्रो प्रकारको मधुमेह) लागेका व्यक्तिहरूमा तौल घटाउने सर्जरी पनि कहिलेकाहिँ लाभदायक हुने गरेको छ । गर्भावस्थामा हुने मधुमेह साधारणतया बच्चा जन्माइसकेपछि हराएर जाने गर्दछ ।

यसलाई नियन्त्रणमा राख्न भने अवस्य सकिन्छ । मधुमेहबाट बच्न हरेक व्यक्तिले पाँचवटा सूत्र पालन गर्नुपर्छ ।

१. जीवनशैली परिवर्तन: मनमोजी रूपको जीवनशैलीलाई मधुमेहले स्विकार्दैन । खानपान, रहनसहन बानी व्यहोरामा तपाईंले केही परिवर्तन गर्नैै पर्ने हुन्छ । तर यसको अर्थ कठोर जीवनयापन गर्नुपर्छ भन्ने होइन । मधुमेही रोगीले पनि नियमित औषधि सेवन गरी परिवर्तित जीवनशैलीको कारणबाट मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ । योगाभ्यास, सहनशील, सादा जीवन र उच्चविचार शैलीले मधुमेह नियन्त्रण गर्न सकिन्छ । चिन्ता र भयमुक्त वातावरणमा हाँस्ने हँसाउने मनस्थितिमा रहनु मधुमेहीका लागि लाभदायक हुन्छ ।

२. आहार: मधुमेहीले आहारमा विशेष ध्यान दिनुपर्छ । नियमित निर्धारित समयमा खाना र खाजा खानुपर्छ । लामो समयसम्म नखाइकन भोको बस्नु हुँदैन । चिनी र चिनी भएका खाद्यवस्तु जस्तै चिनी हालेको (चिया वा कफी, हर्लिक्स, कोकाकोला, पेप्सी) आदि खानु हुँदैन । यसका अलावा आइसक्रिम, मह, चकलेट, सक्खर, चाकु, जाम खानु हुँदैन । खाना खाँदा एकैपटक टन्न नखाई दिनको तीन चारपटक खाना खाइरहनुपर्छ । एकपटक भात र अर्को पटक रोटी खानु राम्रो हुन्छ । खानपानमा विचार गर्न नसकिए औषधि सेवनले मात्र यसबाट नियन्त्रणमा राख्न सकिँदैन ।

३. औषधि सेवन: मधुमेहको किसिमअनुसार टाइप एक र दुईमा चिकित्सकको सल्लाहमा मधुमेहीले औषधि सेवन गर्नुपर्छ । इन्सुलिन इन्जेक्सन लिनुपर्ने भएमा इन्जेक्सन लिन्न भन्नु हुँदैन । खाने औषधिजस्तै बानी परेपछि इन्सुलिन लिन झन्झट महसुस हुँदैन । चिकित्सकसँंग नियमित परामर्श लिइरहनुपर्छ । समयसमयमा रगत परीक्षण गराई रहनुपर्छ । चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । औषधि बीचमा छोड्नु हुँदैन । अब त निको भइसक्यो भन्दै औषधि खान छोड्नु हुँदैन ।

४. व्यायाम: व्यायामले शरीरमा भएको इन्सुलिनको उचित प्रयोग हुन्छ । मधुमेहीले व्यायाम गर्दा आफ्नो शरीरको क्षमताअनुसार हलुका व्यायाम मात्र गर्नुपर्छ । मौसमअनुसार बिहान आधा घन्टादेखि एक घन्टासम्म नरोकी एकै गतिमा फूर्तिसाथ फटाफट हिँड्नु मधुमेहीका निमित्त राम्रो व्यायाम मानिन्छ । व्यायाम भने बीचमा छुटाउनु हुँदैन । यसले मधुमेहीलाई आत्मविश्वास प्रदान गर्छ ।

५. नियमित रक्त परीक्षण: नियमित रक्त परीक्षणले मधुमेहीहरूको उपचारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । मधुमेहीहरूले यदि रगतमा चिनीको मात्रा घटबढ छैन भने १५ दिनमा एकदेखि दुई पटकसम्म रक्त परीक्षण गर्ने तर रगतमा चिनीको मात्रा घटबढ भइरहेमा कम्तीमा हप्ताको दुई पटक अनिवार्य रक्त परीक्षण गर्नुपर्छ ।

मधुमेहको उपचार:

मधुमेहको उपचार सम्भव छैन । यो रोग लागिसकेपछि रोगीको आयु बढाउने अर्थात् यो रोगको व्यवस्थापन गर्ने विकल्प मात्र बाकि रहन्छ । मधुमेहको व्यवस्थापन भनेकै रगतमा भएको चिनिको मात्रा घटाउनु हो र रक्तकोशमा क्षति पुराउने अन्य तत्वको निवारण गर्नु हो । जसको लागि निम्न उपाय अपनाउन सकिन्छ ।

  • १. इन्सुलिनको मात्रा यथावत राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोपमार्फत नियमित इन्सुलिन लिने
  • २. रक्तचाप नियन्त्रण गर्ने
  • ३. खानामा विशेष ध्यान पुराउने , बढि कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने
    ४. धुम्रपान र मध्यपान त्याग्ने
  • ५. बढि चिल्लो युक्त पदार्थको सेवन नगर्ने
  • ६. सन्तुलित र नियमित भोजन लिने , नियमित व्यायाम गर्ने

घरेलु औषधि प्रयोग:

खाद्य पदार्थकै रूपमा प्रयोग गरिने वस्तुद्वारा पनि चिकित्सा गर्न सकिन्छ ।यदि मधुमेह वंशानुगत छ र शरीर मोटो पनि छ भने निमको पातलाई थिचेर २ चम्चा रस बिहान खालीपेटमा दैनिक ४–५ महिनासम्म खाने ।

तितेकरेलालाई खानाको रूपमा सधैं प्रयोग गर्ने । तिते करेलाको पातलाई थिचेर २ चम्चा बिहान खाली पेटमा खाने यदि पेटमा वायु बनेको छ भने सानो केराउको गेडा जति हिङ फुराएर रसमा मिलाई खाने ।

अंकुरित चनालाई दिनमा २ पटक काँचै र रोटीतरकारी पकाएर खानाले राम्रो गर्दछ । यो पौस्टिक पनि छ । लसुन १ पिस (कली–केसरा) बिहान खाली पेटमा खाने । १० पिस सफा बेलपत्र पिसेर कल्क बनाई पानीसँग खाने ।

हर्रो २५ ग्राम, बर्रो २५ ग्राम, अमला २५ ग्राम, जिरा २५ ग्राम, कुटकी २५ ग्राम, चिराइतो २५ ग्राम, सुठो २५ ग्राम, तेजपात ५० ग्राम, गुर्जो ५० ग्राम, मेथी १०० ग्राम, जामुनको भित्रको कडा भाग (गुठली) १०० ग्राम, आँपको बियाँभित्रको गुदी १०० ग्राम खाने ।

माथि उल्लिखित द्रव्यको अलग अलग चूर्ण गरी एक साथ मिलाई १(१ चम्चा निम पत्ताको रस, करेला पत्र स्वरस, गुर्जो पत्र स्वरससँग बिहान बेलुकी खाली पेटमा खानाले अत्यन्त फाइदा गर्दछ । उपर्युक्त चूर्ण खानलाई स्वरस (थिचेर चिरेर निकालेको रस) नमिले पानीसँग मात्र पनि खान सकिन्छ ।

सबै मिलाउन नसकेमा एक द्रव्यमा मेथी बिज चूर्ण, तिते करेलाको तरकारी, पत्र स्वरस, कुटकी चूर्ण, तिते करेलाको तरकारी, पत्र स्वरस, कुटकी चूर्ण, चिराइतो चूर्ण, निम्ब बिज चूर्ण कुनै एक मात्र भए पनि माथि उल्लिखित स्वरस, पानीसँग खाने गर्नाले मधुमेहका रोगीमा अत्यन्त फाइदा गर्दछ ।

हर्रो ५० ग्राम, वर्रो ५० ग्राम, अमला ५० ग्राम लिई अलग अलग चूर्ण बनाई एउटा बट्टामा राख्ने । १–२ चम्चा सुत्ने समयमा खानाले शरीर स्वास्थ राख्नमा पद्दत पुर्याउँछ । सकभर दैनिक प्रातः भ्रमण गर्ने र रात्रिमा सम्पूर्ण शरीर मालिस गर्ने । यदि शरीर दुख्ने भएमा सातामा १–२ दिन वाष्प स्नान गर्ने ।

मधुमेहका बिरामीका लागि एरोबिक कसरतका फाइदा:

  • १. कसरत गरिरहेको समयमै मांसपेशीभित्र ग्लुकोज (सुगर) को प्रबाह बढी हुन्छ, जसले गर्दा रगतमा अत्यधिक ग्लुकोजको मात्रा कम हुन जान्छ ।
  • २. एरोबिक कसरतले इन्सुलिन हर्मोनलाई २ – ७२ घण्टासम्म अझै प्रभावशाली बनाउँछ ।
  • ३. यी माथिका कारणले गर्दा रगतमा प्रायःजसो सुगरको मात्रा कम भइरहने हुनाले चिकित्सकको सल्लाह अनुसार केही समयपछि औषधिको मात्रा पनि घटाउन सकिन्छ ।
  • ४. मुटुको कार्य अझै प्रभावशाली बनाउँछ र मधुमेहका बिरामीलाई मुटुरोग हुनदेखि जोगाउँछ ।
  • ५. उच्च रक्तचापलाई कम गर्न मद्दत गर्छ र मोटोपना बढ्नबाट पनि रोक्छ ।

एरोबिक कसरत के हो?

एरोबिक कसरत यस्तो शारिरीक गतिविधि हो जसले मुटुको धड्कनको साथै स्वासको गतिलाई पनि बढाउँछ र शरीरका विभिन्न मांशपेशीलाई सक्रिय बनाउँछ । लम्किँदै हिँड्नु, दगुर्नु, उकालो हिँड्नु, नाच्नु, उफ्रनु, पौडिनु, साइकल चलाउनु आदि एरोबिक कसरत हुन् । यसैगरी नेपालको परिपेक्षमा बारी वा खेतमा काम गर्नु, पँधेरोबाट पानी बोकेर ल्याउनु, गाउँघरमा उकालो-ओरालो हिँड्नु, नदीमा डुंगा खियाउनुजस्ता दैनिक काम पनि एरोबिक कसरतभित्रै पर्छन् ।

एरोबिक कसरतको तह:

एरोबिक कसरतको तहले हामीले गर्ने कसरतको सजिलोपना वा गाह्रोपनालाई दर्शाउँछ । अमेरिकन कलेज अफ स्पोर्ट्स मेडिसिनका अनुसार एरोबिक कसरतका पाँच तह छन् । यसलाई मुटुको धड्कनको गति अथवा नाडीको गति अनुसार विभाजित गरिन्छ । मानौं, एक मधुमेह रोग लागेको महिला ५० वर्षको हुनुहुन्छ र उहाँ आरामसहित मेचमा बस्दा उहाँको मुटु प्रतिमिनेट ७० को दरले धड्किरहेको छ । अब उहाँका निम्न ५ तहको एरोबिक कसरत गर्दा उहाँको धड्कनको गति तल दिइएका दायराभित्र पर्न जान्छ:

  • १. अत्यन्तै सजिलो तह : मुटुको धड्कन प्रतिमिनेट कम्तिमा ७९ – ८७ सम्म हुन्छ।
  • २. सजिलो तह : ८८ – १०६
  • ३. मध्यम तह : १०७ – १२४
  • ४. कठिन तह : १२५ – १४७
  • ५. अत्यन्तै कठिन तह : १४७ भन्दा माथि

बुझिने गरी भन्नुपर्दा ती महिला लम्केर हिँड्दा यदि उहाँको मुटु १०७ प्रतिमिनेटका दरले धड्किरहेको छ भने उहाँले मध्यम तहको एरोबिक कसरत गर्दै हुनुहुन्छ भन्ने बुझिन्छ । तर, यी तहहरु हरेक व्यक्तिका लागि फरक-फरक हुन्छ । हरेक मानिसको मुटु एउटै गतिले धड्किँदैन र उमेर अनुसार धड्कनको गति पनि फरक हुन्छ ।

यी सबै फाइदा पाउन मधुमेह बिरामीले कति कसरत गर्नुपर्छ?

अमेरिकन डाइबेटिज संघ र अमेरिकन कलेज अफ स्पोर्ट्स मेडिसिन अनुसार कुनै पनि एरोबिक कसरतबाट फाइदा पाउन मधुमेह बिरामीहरुले मध्यम तहको एरोबिक कसरत हप्ताको कम्तिमा १ सय ५० मिनेटजति गर्नेपर्छ । अर्थात् कसैले हप्तामा ५ दिन गर्नुभयो भने हरेक दिन ३० मिनेटसम्म कसरत गर्नुपर्छ । २ दिन लगातार कसरत छुटाउनु हुँदैन ।

कुनै पनि एरोबिक कसरत गर्दा मुटु प्रतिमिनेट कम्तिमा १०७ वा बढीमा १२४ का दरले धड्किनुपर्छ । यही धड्कनको गतिमा सकेसम्म लगातार वा नसके बीचबीचमा आराम गरेर भए पनि जम्मा ३० मिनेटसम्म कसरतलाई कायम राख्नुपर्छ र सातामा ५ दिन कसरत गर्नुपर्छ ।

ध्यान दिनुपर्ने कुरा:

१. मुटुको धड्कन र नाडीको चाल समान हो । नाडीको गतिलाई आफैंले नाडी छामेर नाप्न सकिन्छ । आजकल बजारमा स्मार्ट/फिट्नेस घडीहरु पनि पाइन्छन् । जसले मुटुको गति सजिलै देखाउँछ।

२. एरोबिक कसरतले प्रकार-१ भन्दा पनि प्रकार-२ मधुमेह रोगीलाई फाइदा पुर्‍याउँछ ।

३. मधुमेह बिरामीले सुरुमै मध्यम तहको एरोबिक कसरत गर्नु हुँदैन तर अत्यन्त सजिलो तहबाट कसरत सुरु गर्नुपर्छ र अवधि पनि ५ देखि १० मिनेट मात्रै राख्नुपर्छ । हरेक हप्ता आफूले सकेसम्म कसरतको तह र अवधि दुवै बढाउँदै जानुपर्छ ।

४. एरोबिक कसरतको तह हरेक मानिसका लागि फरक हुने भएकाले चिकित्सक वा फिजियोथेरापिस्टको निगरानीमा वैज्ञानिक तरिकाले मात्र ठिक तह पत्ता लगाएर कसरत सुरु गर्नुपर्छ । यो तरिकालाई ‘कसरत तोकिदिने विधि’ भनिन्छ । यसो गर्नाले मधुमेह बिरामीका लागि एरोबिक कसरत प्रभावकारी मात्र नभई सुरक्षित पनि साबित भएको छ ।

५ . उच्च रक्तचाप कम गर्न लिइने ‘बिटा ब्लकर’ समूहका ‘अटेनोलोल’, ‘मेटोप्रोलोल’जस्ता औषधिले एरोबिक कसरत गरे पनि मुटुको धड्कन बढ्नबाट केही हदसम्म रोक्छ ।
त्यसकारण एरोबिक तहको यो पद्द्ति यी बिरामीमा लागू हुँदैन । उनीहरुका निम्ति स्वासको गति र थकाइबाट एरोबिक कसरतको तह निश्चित गर्न सकिन्छ ।

सम्बन्धित समाचार

खाली पेटमा यी कुरा खाँदा ध्यान दिऔँ नत्र बिरामी पर्न सक्छ

हामी आफ्नो स्वास्थ्यलाई ठीक राख्न अनेक उपाय अपनाइरहेका हुन्छौं । तर ससानो कुरालाई हामीले वास्ता नगर्दा हाम्रो स्वास्थ्यलाई हानि पुगिरहेको हुन्छ ।

स्वास्थ्य फाइदा बोक्रामा कालो दाग भएको केरा

छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।

क्याप्टेन विजय लामाले भने, कोरोनासँगको लडाइँमा आज धेरै राम्रो भएको छ, स्वस्थ बन्दैछु

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले आफू स्वस्थ बन्दै गइरहेको बताएका छन् । दुई हप्तादेखिको कोरोनासँगको लडाइँमा आज धेरै राम्रो प्रगति भएको र नास्ता पनि लिएको बताएका छन् ।

स्वाव नदिइकनै रिपोर्ट आयो कोरोनाको, स्वास्थ्कर्मी समेत चकित

एक ब्यक्तिको कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन रिपोर्ट आएको छ ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X