Connect with us

रोचक

जिब्रोको आकार र मोटाइबाट थाहापाउनुहोस् मान्छेको स्वभाव

जिब्रोको आकार र मोटाइबाट पनि मानिसको व्यक्तित्व झल्किन्छ । जसको जिब्रो मोटो छ त्यस्ता किसिमका मानिसहरू गनगन गर्ने, रिसाहा तथा झगडालु स्वाभावका हुन्छन् ।

Published

on

Nepal Online Patrika| Kathmandu: जिब्रोको आकार र मोटाइबाट पनि मानिसको व्यक्तित्व झल्किन्छ । जसको जिब्रो मोटो छ त्यस्ता किसिमका मानिसहरू गनगन गर्ने, रिसाहा तथा झगडालु स्वाभावका हुन्छन् । यस्तो मोटो जिब्रो भएको मानिसले प्रायजसो घरमा शासन जमाएको हुन्छन् ।लामो जिब्रो भएको मान्छे बुद्धिमान् हुन्छन् । यदि, महिलाको जिब्रो लामो छ भने ती महिलाले श्रीमानलाई धेरै माया गर्छिन् । त्यसैगरी पातलो जिब्रोे भएको मानिसहरू धेर बोल्ने किसिमका भएतापनि यस्ता जिब्रो भएका मानिसहरुको हृदय सफा हुन्छ ।

जिब्रो सानो हुने मानसिहरू कम बोल्ने तथा शान्त स्वाभावका हुन्छन् । जुन मानिसको जिब्रो चुच्चो किसिमको छ उनीहरू स्पष्ट वक्ता हुन्छन् । तर, यस्तो जिब्रो भएका मानिसहरू षड्यन्त्रको बुन्न र अर्काको विरोध गर्न निकै नै चलाख हुन्छन् । जिब्रो रातो भएको मानिसहरु अलि फरक स्वभावका हुन्छन् । यस्ता जिब्रा भएका मानिसहरू डराउने स्वभावका हुन्छन् । गोलो जिब्रो भएका मानिसहरु कोमल ह्रदय भएका साथै कुनै छलछाम नगर्ने किसिमका हुन्छन् ।

अंग्रेजी महिनाका नामहरुका रहस्य:

हाम्रो क्यालेन्डरहरू १२ महिनामा विभाजन गरिएको छ। प्रत्येक महिनाले हामीसँग बिभिन्न सम्बन्ध राख्छन । हामी सबै महिना मनाउँदछौं जस्तै जन्मदिन वा वार्षिकोत्सव वा हामीले पहिलो पटक रोजगार प्राप्त गरेको महिना | मिति र महिनाहरू विशेष हुन्छन तर के तपाईंले कहिल्यै सोच्नुभएको छ महिनाहरुको नाम कसरि राखियो होला | पक्कै पनि ति नामहरु बिनाकारण राखिएका हैनन् | ति नामहरुको पछाडी भएका रहस्यहरुका बारेमा बुझौ |

१. जनवरी : जनवरी महिनालाई रोमानको भगवान जानुसको नाम दिइएको हो । जेनसको २ अनुहारहरू थिए भन्ने विश्वास गरिन्छ | जानुसले एउटा अनुहारको मदतले भविष्यलाई हेर्ने गर्थ्यो भने अर्को अनुहारको मदतले अतीतलाई हेर्न गर्थ्यो भन्ने बिश्वाश गरिन्छ |

२. फेब्रुअरी : फेब्रुअरी महिना रोमन भगवान फेब्रुयलिया पछि नामाकरण गरिएको हो , फेब्रुअरी महिनाले एक विशेष महत्व राख्ने गर्छ । यस महिनालाई शुद्धिकरण हुने महिना पनि भनिन्छ |

३. मार्च : यस महिना रोमनका युद्धका देवता मार्स पछी नामाकर गरिएको हो | यो महिना रोमन क्यालेण्डरमा पहिलो पटक राखिएको हो तर जनवरी र फेब्रुअरी पछि थपिएको महिनाहरू हुन् | पहिलो पटक क्यालेण्डरमा राखिएको महिना भएकाले यसले बिषेश महत्व राख्ने गरेको छ |

४. अप्रिल : यस महिनाको नाम ल्याटिन शब्द “Aperire” बाट आएको हो । यस शव्दको अर्थ “खोल्न” भन्ने हुन्छ | यस महिनाले बसन्त ऋतुमा फुलहरु फुल्ने र सुगन्ध फैलाउने भनेर अर्थ राख्ने गर्छ |

५. मे : मे महिना ग्रीक देवी “Maia” पछि नामाकरण गरिएको हो । “Maia” बोटबिरुवा हुर्काउने देवी हुन् भनेर विश्वास गरिन्छ। मे एक सुन्दर महिना हो जसलाई एक सुन्दर नाम दिएको छ |

६. जुन : जून एक यस्तो महिना हो जहाँ धेरै विवाहहरू हुन्छन् र अचम्मको कुरा के छ भने, यो रोमन देवी “जुनो” को नाममा राखिएको महिना हो | “जुनो”लाई जन्म र विवाहको देवी मानिन्छ | उनी बृहस्पतिकी श्रीमती पनि हुन् , जसलाई देवताहरूको राजा पनि भनिन्छ ।

७. जुलाई : यस महिनाको नाम पुरानो रोमन साम्राज्यको प्रभावशाली व्यक्ति जुलियस सीजरको नाम पछि राखिएको हो |

८. अगस्ट : अगस्ट महिना पुरातन रोमन विश्वको एक प्रभावशाली व्यक्तित्वको नाममा राखिएको हो, अगस्टको नाम अगस्टस सिजरबाट आएको हो |

९. सेप्टेम्बर : सेप्टेम्बर सेप्टेमबाट आएको शब्द हो, जुन ल्याटिन भाषामा ७ नम्बरका लागि प्रायोग हुने गर्छ |

१०. अक्टुबर : सेप्टेम्बर जस्तै, अक्टुबर शुरुमा आठौं महिनाको रुपमा “ओक्टो”बाट लिइएको हो | ओक्टो ल्याटिन भाषामा ८ नम्बरका निम्ति प्रायोग हुने गर्छ |

११. नोभेम्बर : नोभेम्बर महिना जनवरी र फेब्रुअरी महिना भन्दा अगाडी नामकरण गरिएको महिना हो र यस महिनालाई बर्षको ९ औ महिनाको रुपमा प्रयोग गरिएको थियो | यस महिनाको नाम ल्याटिन शब्द नोभेमबाट लिइएको हो, जसको अर्थ ल्याटिन भाषामा ९ हुन्छ |

१२. डिसेम्बर : यस महिनाको नाम ल्याटिन शब्द, डेसेमबाट आएको हो, जसको अर्थ अंग्रेजीमा दस हो।

महिलाको अनुहारमा दाह्री जुँगा किन आउदैन ? कारण के छ ? जान्नुहोस:

हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।

केटीहरुहरुलाई दारी नपालेका भन्दा दारी पालेका केटा बढी मनपर्छ । त्यसो त आजकलका केटाहरुको पनि दारी पाल्ने फेसन नै भइसक्यो । केटाहरुले आजकल झप्प पारेर दार्ही पाल्ने चलन आएको छ । दार्ही पाल्दा खेरि आफ्नो छुट्टै आकर्षण रहने प्राय: केटाहरुमा रहदै आएको छ । केटीहरुहरुलाई प्रभावित पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । हामीले देखिआएको तथ्य हो, पुरूषहरूको दाह्री जुगाँ आएको हुन्छ यद्यपी महिलाहरूको हुदैन । तर पनि अपवादमा केही केही महिलाहरूको पनि दाह्री जुँगा आएको देखिन्छ । यसरी पुरूषमा दाह्री जुँगा आउने तर महिलामा नआउने कसरी हुन्छ त ?

मानिसको उमेर बढ्दै गएपछी कपाल वृद्धि हुने प्रक्रियालाई लैङ्गिक ग्रन्थीले नियन्त्रण गर्न थाल्दछ । यो ग्रन्थीलाई एडरेनल ग्लाण्ड भनिन्छ । एडरेनल ग्लाण्डले केटाहरूमा र केटीहरूमा भिन्नाभिन्नै प्रकारको रस/हार्मोन पैदा गर्दछ । जसलाई क्रमशः पुरुष हार्मोन – एन्ड्रोजिन र महिला हार्मोन – ओइस्ट्रोजिन भनिन्छ । एन्ड्रोजिनले दाह्री जुँगा र शरिरमा रौँ को विकास गर्न मद्दत गर्दछ । तर तालुको रौँ वृद्धिमा भने प्रतिकुल असर पार्दछ । ओइस्ट्रोजिनले तालुको कपाल बढाउन मद्दत गर्छ तर दाह्री जुँगा शरीरको रौं भने बढ्न दिदैन । यसैले स्त्री जातिमा दाह्री जुँगा आउदैन तर पुरूषहरूमा आउदछ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending