Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
अन्तर्राष्ट्रिय बेलायतको बर्मिङ्घममा अज्ञात समूहको आक्रमणबाट कैयौँ घाइते

बेलायतको बर्मिङ्घममा अज्ञात समूहको आक्रमणबाट कैयौँ घाइते

Published:

On: Nepal

Nepal Online Patrika| Source: बेलायतको बर्मिङ्घम शहरमा मध्यरातमा एक समूहले धारिलो हतियारद्वारा आक्रमण गर्दा ‘कैयौँ’ व्यक्ति घाइते भएका प्रहरीले बताएको छ। इङ्ल्याण्ड राज्यको दोस्रो ठुलो शहर बर्मिङ्घममा भएको उक्त आक्रमणलाई प्रहरीले ‘ठूलो आक्रमण’ भएको बताएको छ तर घटनामा कति व्यक्ति घाइते भए भन्नेबारेमा केही उल्लेख गरिएको छैन।

‘वेस्ट मिडल्याण्ड’ प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मध्य राति करिब १२ः३० बजे बर्मिङ्घम सहरको मध्यक्षेत्रमा छुरा प्रहार भएको जानकारी प्राप्त भएको छ।’ उक्त घटना लगत्तै वरपरका क्षेत्रमा छुरा आक्रमणका अन्य घटना भएका र यो आक्रमणलाई सहरको केन्द्रमा भएको ‘भयङ्कर ठूलो घटना’ भएको जानकारी प्राप्त भएको विज्ञप्तिमा भनिएको छ।

तर आक्रमणका कारण घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि अस्पताल पठाउने तथा आक्रमणकारी समूहको खोजीका लागि सबै आपतकालीन सेवाहरूलाई घटनास्थलमा उपलब्ध गराइएको प्रहरीले बताएको छ।
बेलायती टेलिभिजन च्यानलमार्फत् सार्वजनिक घटनास्थल वरपरको दृष्यमा प्रहरीले घेराहाली आक्रमणकारी समूह तथा व्यक्तिको खोजी गरिरहेको छ।

घटनाबारे थप जानकारी संकलन गर्न प्रहरी तथा अनुसन्धान अधिकारी घटनास्थलमा तैनाद रहेका तर अहिल्यै घटनाबारे थप सूचना दिइहाल्न असम्भव भएको प्रहरीले बताएको छ।

ट्रम्पको समर्थनमा भएको डुंगा र्‍यालीमा कयौँ डुंगा डुबे:

अमेरिकी राष्ट्रपतीय चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पको समर्थनमा निस्किएको डुंगा र्‍यालीका कयौँ डुंगा डुबेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयअनुसार शनिबार दिउँसो टेक्सासको ‘ट्राभिस लेक’मा निस्किएको डुंगा परेडका चार वटा डुंगा डुबेका हुन्।

डुंगा डुबेको केही समयमै सबै जनाको सकुशल उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। बारु नियन्त्रकहरूले पानीमा डुबेका दर्जनौँ व्यक्तिलाई तानेर निकालेको लेक ट्राभिस फाइर फाइटर एसोसिएसनका अध्यक्ष ब्राडन फ्रेमले बताए।

‘समान्य भन्दा धेरै डुंगाहरू तालमा देखिएका थिए’, ट्राभिस काउन्टी सेरिफकी प्रवक्ता क्रिस्टन डार्कले भनिन्, ‘जब तिनीहरू सबैले एकैपटक चल्न थाले, धेरै छालहरू उत्पन्न भए।’ उनले तत्काल डुंगाहरू कति थिए भनेर ठम्याउन पनि नसकेको बताइन्।

कोलोराडो नदी थुनेर बनाइएको ट्राभिस ताल डुंगा चलाउन र माछा मार्न र पौडी खेल्नका लागि लोकप्रिय रहेको छ।

अमेरिका आगामी नोभेम्बर ३ मा राष्ट्रपतीय चुनाव हुँदैछ। यसका लागि रिपब्लिकन पार्टीबाट राष्ट्रपति ट्रम्प दोस्रो कार्यकालका लागि उम्मेदवार छन् भने डेमोक्राटिक पार्टीबाट पूर्वउपराष्ट्रपति जोन बाइडन उम्मेदवार रहेका छन्।

सम्बन्धित समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

यी हुन् पहिलो नेपाली कोरोनाविरुद्धको खोप लगाउने

रुसको राजधानी मस्कोमा बस्ने एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन्।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X