Monday, September 28, 2020

Monday, September 28, 2020
नेपाल युवराज खतिवडालाई सबै मन्त्रालय हेर्नेगरि अधिकार दिईए मन्त्रीहरुलाई तह लगाईदिने !

युवराज खतिवडालाई सबै मन्त्रालय हेर्नेगरि अधिकार दिईए मन्त्रीहरुलाई तह लगाईदिने !

Published:

On: Nepal

Nepal online Patrika| Kathmandu: निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा अर्कै जिम्मेवारीसहित सिंहदरबार छिर्ने तयारीमा रहेको चर्चा चलेको छ । खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सल्लाहकार नियुक्त गरेर सबै मन्त्रालयको अनुगमन गर्नेगरि विशेष जिम्मेवारीसहित पूनः सिंहदरबारमा ल्याउने तयारी गरेको गाँईगुँई चलेको छ । खतिवडाले पनि आफ्ना निकटहरुसँग सल्लाहकार दिएर सबै मन्त्रालय हेर्ने अधिकार दिईए सबै मन्त्रीहरुलाई तह लगाईदिने बताउन थालेका छन् ।

ओलीका लागि बामदेव बने वाध्यता:

उनले आफू अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा केही मन्त्रीहरुले नटेरेको र पूरा असहयोग गरेको गुनासो समेत गर्न थालेका छन् । र, अब प्रधानमन्त्री ओलीले जिम्मेवारी दिएर सिंहदरबार भित्र्याए सबै मन्त्रीहरुमाथि लगाम लगाउने पनि उनको योजना छ । उनले भन्ने गरेका छन्,‘सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वास गरेर फेरि मलाई महत्वपूर्ण जिम्मेवारी दिए, म त्यो भूमिकामा खरो उत्रिनेछु ।’

युवराज खतिवडा ‘बाह्य शक्तिको इशारामा चलेको’ भन्दै कतै नियुक्ति नगर्न दबाब:

तर, खतिवडालाई प्रधानमन्त्रीको सल्लाहकार नबनाउन पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीलाई दबाब सिर्जना भैरहेको छ । हुन त हालै बसेको मन्त्रिपरिषद बैठकमा ओलीले खतिवडाले धेरै राम्रो काम गरेको भन्दै उनको कामको प्रशंसा गरेका थिए । र, आवश्यक परे बाहिर बसेर पनि सहयोग गर्नुपर्ने अवस्था आउनेबारे उनले सुझाएका थिए । जवाफमा उनले बाहिर बसेरपनि प्रधानमन्त्रीलाई सहयोग गर्न आफू तयार रहेको बताएका थिए ।

तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने:

उता, प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले पनि खतिवडालाई रुचाएका छैनन् । खतिवडालाई तत्काल कुनैपनि जिम्मेवारी नदिने प्रधानमन्त्रीको सचिवालय सदस्यहरुको योजना बनएका छन् । उनीहरुको बुझाईमा खतिवडा सफल अर्थमन्त्रीको रुपमा बाहिरिएका होईनन ।

गोकुल बास्कोटालाई चोख्याएर मन्त्री बनाउने तयारी:

७० करोड कमिशन मागेको टेपकाण्डमा मुछिएका पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटालाई फेरि मन्त्री बनाउने तयारी भएको छ । उनलाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको घुसको मोलमोलाईको टेप प्रकरणमा चोख्याएर मन्त्री बनाउनकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनलाई केही समय पछि धकेलेको बुझिएको छ ।

बास्कोटा टेपकाण्डमा चोख्खिएलगत्तै पुनः मन्त्री बन्ने विश्वस्त स्रोतले जानकारी दिएको छ । यसैका लागि योजनावद्ध तरिकाले प्रक्रिया बढेको छ ।

बास्कोटाको टेपकाण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजयप्रकाश मिश्रलाई सात दिनभित्र टेपको डिभाइस लिएर उपस्थित हुन पत्र लेखेको छ । तर, मिश्रले एक साताभित्र आउन नसक्ने जानकारी गराइसकेका छन् । कोरोना भाइरसको संक्रमणका कारण चाटर्ड फ्लाइट मात्र भएकाले आफू एक हप्ताभित्र आउन नसक्ने बताए ।

‘टेपको अडियो मात्र होइन मसँग भिडियो पनि छ अख्तियारलाई बुझाउँछु,’ उनले ऋषि धमलासँगको अन्तवार्तामा भने, ‘रेकर्ड गरेको छोरीको फोन जापान भएकाले त्यो लिन आएको हुँ ।’ जापानमा रहेका मिश्र सात दिनभित्र अनुपस्थित भएमा बास्कोटाको विषय अगाडि नबढ्ने र बास्कोटा चोख्खिने अवस्था बन्न सक्छ ।

मिश्रले आफू जापानमा रहेकाले आउन समय लाग्ने भनिसकेका छन् । उनले आफूसँग टेपको सामाग्री समेत रहेको दाबी गरेका छन् । अडियो मात्र नभई भिडियो टेप रेकर्ड पनि रहेको मिश्रको दाबी छ । तर, उनले भिडियो सार्वजनिक गरेका छैनन् । उक्त भिडियो अख्तिारलाई बुझाउने समेत बताए । उनले भने, ‘भिडियो प्रष्ट छ कुनै क्यारिक्याचर छैन ।’

यसैगरी, मिश्रले आफू अख्तियारको सम्पर्कमा रहेको बताएका छन् । आफू जापान नभागेको उनको दाबी छ । ‘अनुसन्धान अधिकृत प्रवीण पोखरेल सम्पर्कमा हुनुहुन्थ्यो,’ मिश्रले भने, ‘मैंले अख्तियारमा दुईवटा निवेदन हालेको छु ।’

सम्बन्धित समाचार

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

आउँदो बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।

मङ्गलबारदेखि बर्दियामा जोरबिजोर प्रणाली

बर्दियामा कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले असोज १३ गतेदेखि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

अब ९९ रुपैयाँमा मासिक फोन र इन्टरनेट सहित असीमित सुविधा : जहाँसुकै तिव्र गतिमा चल्नेछ

सरकारी तथा सार्वजनिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावको लागि खुशीको समाचार छ । उनीहरुले मासिक ९९ रुपैयाँमा असीमित फोन र इन्टरनेट सेवा प्रयोग गर्न पाउने छन् ।

ताजा समाचार

‘१२‌औं श्रृंखला सुरु कौन बनेगा करोडपती’को, के-के नियम फेरिए ?

लोकप्रिय कार्यक्रम तथा खेल ‘कौन बनेगा करोडपती’को १२ औँ श्रृंखला यही सोमबार सुरु हुँदैछ ।

सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै पीसीआर टेस्टको निजी ल्याब

कोरोनाभाइरस परीक्षण गराउँदैआएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने अडान राखेका छन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।
X