Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
नेपाल पर्यटन मन्त्री भट्टराईद्वारा मुस्कान खातुनलाई यतिधेरै नगद सहयोग

पर्यटन मन्त्री भट्टराईद्वारा मुस्कान खातुनलाई यतिधेरै नगद सहयोग

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको आज जन्म दिन । आफ्नो जन्मदिनको अवसरमा ए सि ड पी डि त बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गर्नुभएकाे छ ।

गत भदौ २० गते घरवाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले ए’सि ड प्र’हा र गरेका थिए । उनको अहिले पनि उपचार चलिरहेको छ । नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले ५० हजार नगद प्रदान गर्नुभएकाे हाे ।

सहयोग रकम प्रदान गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री भट्टराइले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बताउनुभयाे ।

पी डित बालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिन अघि बालुवाटारमा बोलाउनुभएर उहाँले शिक्षाको सबै प्रबन्ध गरिने बचन दिनुभएकाे थियाे ।

जन्मदिनमा भोजभतेरमा गरिने खर्चले कुनै अर्थ नराख्ने भएकाले उक्त रकमलाई मन्त्री भट्टराइले सामाजिक र परोपकारी काममा प्रयोग गर्दै आउनुभएकाे छ । ०७२ सालदेखि मन्त्री भट्टराईले नियमितरुपमा आफ्नो जन्मदिनमा असहाय, पी डित, विपन्न बालबालिकालाई सहयोग गर्दै आउनुभएकाे छ ।

चर्को विरोधपछि बीमा समितिले अन्ततः कोरोना बीमाको ‘भेदभावपूर्ण’ मापदण्ड परिवर्तन गर्ने:

यसअघि निजी प्रयोगशालामा पोजिटिभ रिपोर्ट आए पनि कोरोना बीमा गरेका संक्रमितको दाबी भुक्तानी नगर्ने अडान लिएको बीमा समितिले चर्को दबाब सृजनापछि मापदण्ड परिमार्जन गर्ने भएको छ।

समितिले कोरोना बीमाको ‘भेदभावपूर्ण’ मापदण्ड परिवर्तन गरेर निजी ल्याबबाट टेस्ट भएको रिपोर्टको आधारमा पनि कोरोना बीमा दाबी गर्न मिल्ने बनाउनलागेको हो।

साउन १ गते बीमा समितिले कोरोना बीमासम्बन्धी मापदण्ड तयार गरेको थियो। सो समयमा तयार भएको मापदण्डमा बीमा भुक्तानीको दाबी गर्दा परीक्षणको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतको निकायका अस्पताल र ल्याबबाटै आएको हुनुपर्ने व्यवस्था थियो।

उक्त मापदण्डको परिच्छेद ३ भनिएको छ, ‘भुक्तानी दाबी गर्दा बीमा समितिले तयार पारेको फारम भरी बुझाउनुपर्नेछ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको प्रमाण पेश गर्नुपर्नेछ। त्यो काम संक्रमण पुष्टि भएको ७ दिनभित्र गरिसक्नुपर्नेछ। यदि दाबी भुक्तानी नहुँदै बीमितको मृत्यु भएमा बीमितको इच्छाइएको व्यक्ति वा कानुनी हकदारलाई भुक्तानी गर्नुपर्नेछ।’

यस्तो मापदण्ड बीमा समितिले तयार पारेको भए पनि सरकारले पछि निजी क्षेत्रलाई समेत कोरोना परीक्षणको जिम्मेवारी दियो। सोअनुसार धेरैले निजी ल्याबमा समेत परीक्षण गरे र रिपोर्ट लिएर बीमा कम्पनीकहाँ पुग्दा उनीहरुले मापदण्डमै व्यवस्था नभएको भन्दै भुक्तानी दिएनन्।

बीमा समितिले यसमा झन् बिहीबार साँझ निजी ल्याबको रिपोर्टले भुक्तानी नदिन भन्दै बीमा कम्पनीहरुलाई सर्कुलर नै जारी गर्यो। तर सरकारले नै अनुमति दिएको ल्याबको रिपोर्ट नमान्ने गरी बीमा कम्पनीहरुको अडानसँगै यसको विरोध हुनथाल्यो।

सरकारले निजी ल्याबलाई पनि परीक्षणको अनुमति दिने तर बीमा भुक्तानी भने नदिन सर्कलर जारी गरेको भन्दै निजी क्षेत्रबाट ठूलो विरोध भयो। सर्वसाधारणले समेत विरोध जनाएका थिए।

यो विरोधबारे आज आइतबार बीमा समितिमा कोरोना बीमाको मापदण्डको विषयलाई लिएर छलफल भएको समितिका एक अधिकारीले बताए। उनका अनुसार कोरोना बीमाको मापदण्ड परिवर्तन गर्ने विषयमा छलफल भएसँगै आजको बैंठकले बीमाको दाबी गर्ने विषय पनि परिवर्तन गर्ने निर्णय गरेको छ।

निजी ल्याबबाट परीक्षण भएको दाबी भुक्तानी रोकिएकोले त्यसको दाबी गर्ने समय पनि बढाउने र कसरी भुक्तानी दिने भन्नेबारे एक अध्ययन गरिने समेत आजको बैठकले निर्णय गरेको छ। किनकि बीमित व्यक्तिले कोरोना पोजेटिभ देखिएको एक हप्ताभित्र बीमा भुक्तानी दाबी गरिसक्नुपर्ने कोरोना बीमा मापदण्डमा उल्लेख छ।

सम्बन्धित समाचार

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

विद्यालय खुल्न थाले

कोभिड–१९ को महामारीका कारण भएका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । लामो समय बन्द रहेका जिल्लाका विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न थालेको बताएका छन् ।

प्रधानमन्त्रीको मुडमा चल्छ कि प्रहरी आईजीपीको आदेशमा ?

नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने मनिषमान श्रेष्ठमाथि प्रहरीले शुक्रबार माइतीघरमा लाठी बजार्‍यो । लाठी प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लाग्यो । रगताम्ये देखिएको श्रेष्ठको तस्वीर क्षणभरमै सामाजिक सञ्जालमा भाइरल बन्यो ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X