Friday, September 25, 2020

Friday, September 25, 2020
कोरोना भाइरस बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना संक्रमण

बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना संक्रमण

Published:

On: Nepal

Nepal Online Patrika| Source: बलिउड नायकद्धय अमिताभ बच्चन, अभिषेक बच्चन, नायिका ऐश्वर्या राय कोरोना संक्रमणबाट मुक्त भैसकेका छन् । कोरोना कहरकै कारण बलिउडकर्मीहरुले काम सुरु गर्न सकिरहेका थिएनन् । तर, पछिल्लो केही दिनयता केही चलचित्रको छायांकन भने सुरु भएको छ । नायक अक्षय कुमार आफ्नो नयाँ चलचित्रको छायांकनका लागि बेलायत पुगेका छन् ।

नायक अर्जुन कपुरले नायिका प्रिती सिंहको साथमा एक चलचित्रको छायांकन गरिरहेका थिए । उनै, अर्जुनले आफूलाई कोरोना पोजिटिभ देखिएको बताएका छन् । सामाजिक संजालमार्फत कोरोना संक्रमित भएको जानकारी दिदै अर्जुनले घरमै आइसोलेसनमा बसेको उल्लेख गरेका छन् ।

उनले आफूले ठिक महशुश गरिरहेको र डाक्टरको सल्लाहा अनुसार नै घरमा बसेको उल्लेख गरेका छन् । उनको कोरोना रिपोर्ट आज बिहान मात्र आउको हो । अर्जुनले केही दिन अगाडि मात्र काममा फर्किएको बताएका थिए । चलचित्रको टिमले सम्पूर्ण सुरक्षा सावधानी अपनाएर काम गरिरहेको थियो ।

भारतीय मिडियाका अनुसार, नायिका मलाइका अरोराको पनि कोरोना रिपोर्ट पोजिटिभ आएको छ । तर, मलाइकाले यो बिषयमा केही पनि उल्लेख गरेकी छैनन् ।

आफूले गरिरहेको माया कस्तो प्रकारको हो ? जिज्ञासा उत्पन्न हुनसक्छ, जान्नुहोस:

भनिन्छ प्रेम (माया)को कुनै परिभाषा हुँदैन । र, यसको कुनै प्रकार पनि हुँदैन । तर, माया आफैंमा एउटा यस्तो अनुभव भने पक्कै हो, जसमा भावना र आत्मियता जोडिएको हुन्छ । प्रेममा परेका मानिसहरुले संसारलाई पहिलेभन्दा सुन्दर देख्न थाल्छन् रे !

सायद तपाईंले पनि अहिले वा कहिल्यै कसैलाई माया गर्नुभएको थियो वा कसैको प्रेममा पर्नु भएको हुनसक्छ । तर, के तपाईंलाई थाहा छ कि माया कति प्रकारको हुन्छ ? या तपाईले कहिल्यै सोच्नु भएको छ कि मैले कस्तो प्रकारको माया गरिरहेको छु ? पक्कै पनि हरेक मान्छेको मनमा आफूले गरिरहेको माया कस्तो प्रकारको हो भन्ने जिज्ञासा उत्पन्न हुन्छ ।

प्रेम गर्ने तर प्रेमको प्रकार थाहा नपाउनेका लागि केही सहज होस् भनेर यो आलेखमा प्रेमका प्रकारबारे चर्चा गरिएको छ । तपाईंले कस्तो प्रकारको प्रेम गरिररनुभएको छ, यो आलेख पढेर थाहा पाउनुहुन्छ कि ?

रोमान्टिक माया:

यस्तो माया प्राचिन ग्रीसका प्रेमका देवता मानिने ‘ईरोश’प्रति समर्पित मानिन्छ । रोमान्टि प्रेमलाई सबैभन्दा खतरनाक प्रेम पनि भनिन्छ । यति खतरानाक कि यो प्रेमले धेरैजसो समस्याहरु निम्त्याउँछ । यस परिभाषाअन्तर्गत विवाहेत्तर सम्बन्धलाई रोमान्टिक प्रेमको संज्ञा दिने गरिन्छ । रोमान्टिक प्रेमको अर्को परिभाषा पनि छ । जसमा भनिन्छ कि प्रेममा परे पछिको पहिलो अनुभव नै ‘रोमान्टिक लभ’ हो । यस प्रकारको प्रेममा परेका जोडीहरु एक दोस्रो विना बाँच्न नै नसकिने सम्म पनि सोच्छन् ।

कालान्तरसम्मको माया:

लामो समयसम्म चल्ने प्रेम नै ‘कालान्तरसम्मको माया’ हो । प्रेममा परेर धेरै दुख, कष्ट तथा तमाम व्यवधान सहेर पनि कोही जोडी सम्बन्धमा बाँधिरहन्छन् भने उनीहरुको प्रेमलाई ‘कालान्तरसम्मको माया’ भनिन्छ । यस प्रकारको प्रेम विवाहमा गएर परिणत हुन्छ । र जीवनपर्यन्त चलिरहन्छ । यस्तो प्रेम गर्नेहरु बुढेसकालसम्म पनि एकअर्काप्रति समर्पित हुन्छन् ।

चंचल माया:

यस्तो प्रकारको प्रेम बचपनमा हुने गर्छ । कतिपयलाई भने किशोरावस्थामा पनि चंचल प्रेम हुन्छ । यस्तो प्रेम केटाले केटी तथा केटीले केटालाई जिस्क्याएर, फ्लर्ट गरेर सुरु हुन्छ । यस्तो प्रेममा पर्नेहरुलाई लाग्छ कि पूरै संशार रंगीन छ । सबैजना धेरै खुसी छन्, कोही कसैसँग रिसाउँदैन ।

प्रेमिल माया:

यस्तो प्रकारको माया बढी नै भावनात्मक हुन्छ । यस्तो माया तपाईले आफ्नो साथीसँग बढी गर्नुहुन्छ । केटा होउन् या केटी, विपरित लिङ्गीहरु पनि साथित्व निर्वाह गर्छन् भने त्यो प्रेमिल प्रेम हो । यस्तो प्रेममा कुनै शारीरिक आकर्षण हुँदैन । यस्तो प्रकारको फिलिङ बचपनमा भाई–बैनी तथा आमाबुवासँग पनि हुन सक्छ ।

रित्तो माया:

जब कुनै जोडी प्रेममा परे पछि पश्चाताप, दुख या पीडामा हुन्छ भने यस्तो अवस्थालाई खाली (रित्तो) प्रेम भन्न सकिन्छ । धाध्यताबस प्रेमी भइरहनुपर्ने अवस्था हुन्छ भने त्यसलाई खाली प्रेम भनिन्छ । यस्तो माया खासगरी विवाहित जोडीहरुमा हुन्छ, जो एकअर्काप्रति समर्पित हुँदैनन्, तर बच्चा, परिवार अथवा समाजका कारण मात्रै बन्धनमा हुन्छन् ।

आवेगपूर्ण माया:

यस प्रकारको प्रेममा मानिसहरुमा अरु कुनै पनि चिजको मतलव हुँदैन । यस्तो प्रेममा परेकाहरु पागलपनको हद पार गरेर पनि आफ्नो प्रेमी प्रेमिकालाई पाउने कोशिष गर्छन् । यस्तो प्रेममा परेका जोडीहरु जात र परम्परालाई चुनौति दिँदै एक हुन्छन् । यस्तो प्रेममा परेका व्यक्ति चाहन्छन् कि उनी जससँग प्रेम गर्छन् उसले पनि आफूलाई त्यति नै प्रेम गरोस् जति आफूले उसलाई गरेको हुन्छ । यस्तो प्रेममा रहेकाहरुको रिलेनशनसिमा कहिलेकाँही जलनको कारण खटपट पनि पर्ने गर्छ ।

स्वयंलाई माया:

यस्तो पनि भनिन्छ कि अरुलाई प्रेम गर्नुभन्दा पहिले स्वयं आफूलाई प्रेम गर्नुपर्छ । यसलाई साधारण भाषामा भन्नुपर्दा आफूलाई उपयुक्त लाग्ने (सुहाउने) प्रेम भन्दा पनि हुन्छ । यस्तो प्रेम गर्नेहरु आफ्नो आदर्श, आवश्यकता र भौतिक चाहनाबाट निर्देशित हुन्छन् । जस्तै कुनै साकाहारी केटीले साकाहारी केटालाई नै प्रेम गर्नु यसको उदाहरणका रुपमा लिन सकिन्छ । किनकी त्यहाँ तसको आदर्शले काम गरेको हुन्छ ।

निस्वार्थ माया:

यस प्रकारको मायामा प्रेमीहरुले कसैका लागि कुनै पनि प्रकारको द्वेष राख्दैनन् । यस्तो प्रेम जोसुकैसँग पनि हुन सक्छ । यस्तो प्रेम कुनै पनि प्रकारको दायरको बन्धनमा बाँधिएको हुँदैन । जात, धर्म या उमेरले नै पनि यस्तो प्रेमममा कुनै रुकावट ल्याउन सक्दैनन् । बौद्ध धर्ममा यस्तो प्रेमलाई ‘यूनिभर्सल लभ’ भनिन्छ । यस प्रकारको प्रेममा शान्ति र खुसी प्राप्ती हुन्छ ।

एकतर्फी प्रेम:

यस प्रकारको प्रेममा पीडाको अलावा अरु केही पाइँदैन । जसलाई प्रेम गरिन्छ त्यसलाई नै जानकारी नदिइ गरिने यस्तो प्रेममा प्रेमी तड्पिएरै पागल हुन्छन् ।
यस्तो प्रेम गर्नेहरु अक्सर साहित्यकार बन्छन् भन्ने गरिन्छ । यस्तो प्रेमबाट मानिसहरु डरउँछन् । तर यस्तो प्रेममा आधारित (वियोगान्त) कथाहरुलाई भने खुब मन पराइन्छ ।

स्वार्थी प्रेम:

यो त्यस्तो प्रेम हो, जो एकतर्फी प्रेमभन्दा पनि बढी खतरनाक हुन्छ । आजकल यस्तो प्रेमलाई ‘स्मार्ट लभ’ पनि भन्ने गरिन्छ । किनकि यस्तो प्रेम गर्नेहरु आफ्नो स्वार्थबाट निर्देशित हुन्छ । र स्वार्थ पूरा गर्ने दाउमा हुन्छ । यस्तो भन्नु गलत नहोला कि यसप्रकारको प्रेमले ‘प्रेम’को पवित्रतालाई धुमिल बनाइदिन्छ । धेरैले स्थार्थबाट प्रेरित भएर गरिने प्रेमलाई धोकाको संज्ञा दिन्छन् ।

सम्बन्धित समाचार

बिहीबार १४९७ कोरोना संक्रमित थपिँदा ४५७ जना निको, निको हुनेको संख्या ५० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

एक डोजले नै काम कोरोना भ्याक्सिन अन्तिम ट्रायलमा, दाबी

विश्वभर कोरोना महामारीको बढ्दो घटनाहरूको बीचमा अमेरिकी कम्पनी जोसन र जोनसनले जनतालाई राहत दिने एउटा समाचार दिएको छ। कम्पनीको दाबी छ कि यसको कोरोना भ्याक्सिन अब अन्तिम चरणमा पुगेको छ ।

खुसीको खबर,काेराेनाको एन्टिभाइरल औषधि फाभिर-२०० नेपालमै उत्पादन

कोभिड-१९ को सं क्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल औषधि फाभिपाइराभिर ओरल ट्याब्लेट नेपालमा नै उत्पादन थालिएको छ ।

कोभिड–१९ प्रतिकार्यः पर्दा पछाडिका नायकहरू

म बिहानको चियाको चुस्कीसँगै क्षीतिजपारिसम्मका प्राकृतिक मनोरम दृश्यहरूमा नजर दौडाउँदै प्रफुल्ल मुद्रामा अनगिन्ती सपना बुनिरहेको थिएँ।

ताजा समाचार

समाजमा हुने जघन्य अपराधमा सरकार किन मुकदर्शक हुन्छ ?

दोलखामा बोल्न नसक्ने एक जना किशोरी (अपांगता भएकी)माथि बलात्कार भयो। बलात्कार गर्नेको पहिचान हुन सकेन। उनी बोल्न सक्दिनन्। २०७४ सालमा गर्भ रहेपछि आवाज नेपाल दोलखाकी सिर्जना कार्कीले संरक्षण गरेर राखिन्।

जब श्रीमानलाई घर मै काम गर्ने श्रीमतीले मेरो कमाई भन्दै १० करोड रुपैयाँ दिइन, काम थाहा पाउँदा सबै चकित

अली र महनूर अल्वी, नेपालको प्रदेश ३ निवासी हुन् । उनीहरु २००४ देखि एक अर्का अनुबन्धित थिए । त्यही साल उनीहरुबीच विवाह भयो ।

आप्रवासनको क्षेत्रमा सुरक्षित नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता

स्विट्जरल्याण्डकी राष्ट्रपति सिमोनेता सोमारुगाले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनको क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएकी छन् ।

बायर्न म्युनिखले चुम्यो सुपर कपको उपाधि

जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि हात पारेको छ ।
X