Monday, September 28, 2020

Monday, September 28, 2020
कोरोना भाइरस आज ९८० कोरोना संक्रमित थपिए, १८१४ जना डिस्चार्ज

आज ९८० कोरोना संक्रमित थपिए, १८१४ जना डिस्चार्ज

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: नेपालमा कोरोना भाइरसका आज ९ सय ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४६ हजार २ सय ५७पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म २८ हजार ९ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज १८ सय १४ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।

काठमाण्डु उपत्यकामा थपिए ३ सय ५४ जना कोरोना संक्रमित:

काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा २९०, ललितपुमा ३२ र भक्तपुरमा ३२ जना रहेका छन् ।

शनिबार उपत्यकामा ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये काठमाण्डुमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना रहेका थिए ।

त्यस्तै शुक्रबार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।जसमध्ये काठमाण्डमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना रहेका थिए ।

हालसम्म काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ५४ रहेको छ ।

सम्बन्धित समाचार

यी हुन् स्वास्थ्यलाई गम्भीर हानि गर्ने ९ सेनिटाइजर, प्रयाेग नगरौं : औषधि विभाग

कोरोना भाइरसको संक्रमण सुरु भएयता सेनिटाइजरको व्यापार ह्वात्तै बढेको छ।

आज थप १२०७ जनामा कोरोना पुष्टि, ११४७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ।

नेपालका ४ जिल्ला जहाँ छन् कोरोना संक्रमित १० भन्दा कम

नेपालमा पछिल्लो समय कोरोनाभाइरसको प्रभाव र संक्रमण निकै तीव्र गतिमा भइरहेको छ । अब त नेपालमा पनि झन्डै ७० हजारमा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ ।

थप १३१३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

ताजा समाचार

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

मन्त्रिपरिषद पुनर्गठनको सकस : ओली र प्रचण्ड आज पनि छलफलमा

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच पुनः छलफल शुरु भएको छ ।

आउँदो बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।
X