Thursday, September 24, 2020

Thursday, September 24, 2020
रोचक जागीर र धन प्राप्तिका लागि जप्नुस् यी मन्त्र, बस्नुहोस् व्रत

जागीर र धन प्राप्तिका लागि जप्नुस् यी मन्त्र, बस्नुहोस् व्रत

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: धनसम्पत्ति, रुपैयाँ पैसा बिनाको जीवन कस्तो होला ? पक्कै पनि धन सम्पत्ति बिना कोही कसैलाई पनि जीवन धान्न गारो हुन्छ ।

त्यसैले मानिस सम्पत्ति कमाउन जागीर गर्दछन् । तर त्यो जागीर पाउन पनि कहाँ सजिलो छ र ? कतिपय मानिसले अनैकौ उपाय गर्दा पनि जागीर पाउन सकेका छैनन् । तर हिदू धर्मशास्त्र अनुसार यस्तो समस्याको समाधानका लागि शास्त्रहरुमा उल्लेख छ ।

धर्मशास्त्रहरुका अनुसार जागीर वा धनसम्पत्ति कमाउन भगवानको आराधनासहित व्रत बस्नु पर्दछ ।

व्रत बस्नाले मनुष्यको सबै प्रकारको समस्या समाधान भई मनले चाहे अनुसारको वरदान प्राप्त हुने मान्यता रहेको छ । तर के का लागि कस्तो व्रत बस्ने ? त्यसबारे जानकारी नहुदाँ द्विविधा हुने गर्दछ । त्यसैले हामी जागीर पाउन र धनसम्पत्ति कमाउन कुन व्रत कसरी बस्ने त्यसबारे जानकारी दिँदैछौ ।

जागीर पाउन गर्नुपर्ने व्रत र त्यसको नियम:

  • १. जागीर पाउनका लागी शनिबार शनी देवको व्रत राख्नु पर्दछ ।
  • २. शनिवार बिहान सबेरै उठेर पहिले एक सफा भाडामा तेल राखि आफ्नो छाया हेर्नुपर्दछ ।
  • ३. आफुले छाया हेरेको तेल, आवश्यकता भएका ब्यक्तिलाई दान गर्नुपर्दछ ।
  • ४. शनिवार दिनभर केवल पानी मात्र ग्रहण गर्नुपर्दछ । अन्न सेवन गर्नुहुदैन ।
  • ५. साँझमा पीपलको वृक्षको फेदमा जल अर्पण गरी सरस्युको तेलमा दियो बाल्नु पर्दछ ।
  • ६. त्यसपछि ॐ शं शनैश्चराय नमः मन्त्रको १०८ पटक जप गर्दै शनीको आराधना गर्नुपर्दछ ।
  • ६. साझमा दुध, फल लगायतका फलाहार सेवन गर्न सकिन्छ ।

धन प्राप्तीका लागी गरिने व्रत र नियम:

  • १. धनसम्पत्ति प्राप्तीका लागी लक्ष्मी भगवतीको ८ वटा शुक्रवार व्रत बस्नु पर्दछ ।
  • २. यस दिन लक्ष्मीको अष्ट स्वरुपको उपासना गर्दै धनलक्ष्मी स्वरुपको आराधना गर्नुपर्दछ ।
  • ३. व्रतको दिन, दिनभर केवल जलाहार वा फलाहार मात्र ग्रहण गर्नुपर्दछ ।
  • ४. व्रतको मध्यरात्रीमा लक्ष्मीको प्रतिमा वा तस्बिर सम्मुखमा दियो बाल्नु पर्दछ ।
  • ५. रातिको समयमा ॐ श्रीं श्रीयै नमः मन्त्रको ११ पटक जप गरी आरती गर्नुपर्दछ ।
  • ६. आरती पश्चात गुलाबको पुष्प वा गुलाबबाट बनेको इत्र समर्पित गर्नपर्दछ ।
  • ७. त्यसपश्चात मात्र अन्नको सेवन गर्नुपर्दछ । तर नुन सेवन गर्नुहुदैन ।

कस्ता हुन्छन् रातमा जन्मिने व्यक्तिहरू ?

काठमाडाैँ । ज्योतिष शास्त्रको पूर्वीय संस्कृतिमा उच्च महत्व छ । ज्योतिष मार्फत भूत तथा भविष्यका बारेमा अनुमान गर्न सकिन्छ भन्ने मत ज्योतिष शास्त्रका विज्ञहरूको रहेको छ ।

कतिपयले त ज्योतिषलाई मनोविज्ञान समेत भनेका छन् । कुनैपनि मानिसको जन्म समयलाई आधार मनेर मान्छेको शील स्वभाव कस्तो हुन्छ भन्ने समेत अनुमान गर्न सकिने बताइन्छ ।

यसै अनुसार ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार बिहान, दिउसो, साँझ तथा रातमा जन्मिनेहरू पनि भिन्न स्वभावका हुन्छ । यहाँ रातको समयमा जन्मिनेहरूको केही विषेशताहरू प्रस्तुत गरिएको छ ।

  • रातमा जन्मिनेहरू साहसी हुने भएकाले जोखिमपूर्ण काम गर्न रमाउँछन् ।
  • रातमा जन्मिनेहरूमा दृढता हुन्छ । उनीहरू गरेको काम अधुरो छोड्न रूचाउँदैनन् ।
  • केही मात्रामा रातमा जन्मिनेहरू अल्छी स्वभावका हुन्छन् । तर, उनीहरू कामको मामलामा परिपक्व हुन्छन् ।
  • भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने स्वभाव भएका हुनाले रातमा जन्मिनेहरू भावनामा बग्ने भन्दा पनि विवेकको प्रयोग गरेर काम सिद्ध्याउँछन् ।
  • कम बोल्ने भएका कारण रातमा जन्मिनेहरूको मन प्रायः अशान्त रहन्छ ।
  • रातमा जन्मिनेहरूमा रीसको मात्रा तुलनात्मक रूपमा बढी हुने गर्छ ।
  • रातमा जन्मिनेहरूमा रोगको त्रास अलि धेरै रहने गर्दछ ।

सम्बन्धित समाचार

सुन र पैसा सपनामा देखेमा के हुन्छ?

तपाईले यदि सपनामा पैसा भेट्नु भयो भने तपाई को जीवन अचानक केहि मोड आउने वाला छ भनेर जान्नुहोस् । त्यो मोड खस गरि राम्रो पनि हुन सक्छ र नराम्रो पनि ।

छतमाथि तुलसीलाई राख्ने गर्नुभएको छ ? यो दिशामा फर्काउनुहोस् चम्किन्छ भाग्य

घरमा राखिएको बस्तुको शुभ, अशुभ दिशा बताइने गरिन्छ। कुनै पनि बस्तु सही दिशामा राख्दा वास्तुदोष हट्ने तथा भाग्य चम्किने विश्वास गरिन्छ। ज्योतिषाचार्य मनिष शर्माले घरमा राखिने बस्तुका बारेमा सही दिशा बताएका छन् ।

झुक्किएर पनि गर्नै नहुने यी १० कार्यहरु पूजा गर्दा, अन्यथा परिवारमा भारी संकट

सुखी र समृद्ध जीवनको लागि देवी-देवताहरुको पूजा गर्ने परम्परा लामो समय देखी चलिआएको छ। आज पनि धेरै मानिसहरु यो परम्परामा अधिक विश्वास गर्दछन्।

यी खराब बानी आफ्ना हटाउनुभयो भने तपाइँ अवश्य सफलताको बाटोतर्फ बढ्नुहुन्छ

हाम्रो समाजमा ‘ट्रेन्ड’ को पछाडी लाग्ने बानी छ, जसलाई हामीले सामान्य बोलीचालीको भाषामा ‘भेंडा बन्नु’ भन्ने गर्छौं ।

ताजा समाचार

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विद्यालयबाट क्‍वारेन्टाइन हटेन झापामा, सिकाइ सहजीकरण प्रभावित

विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ।
X