Connect with us

रोचक

महिनावारीका बेला महिलाले प्याड किन्दा ध्यान दिनुपर्ने यी ५ कुरा

महिनावारीका बेला महिलालाई घर बाहिर जानु पर्दा निकै समस्या हुने गर्दछ । त्यसैले कतिपय महिला यस्तो बेला घर बाहिर निस्कन नपरे हुन्थ्यो भन्ने चाहाना राख्दछन् ।

Published

on

Nepal Online Patrika| Kathmandu: महिनावारीका बेला महिलालाई घर बाहिर जानु पर्दा निकै समस्या हुने गर्दछ । त्यसैले कतिपय महिला यस्तो बेला घर बाहिर निस्कन नपरे हुन्थ्यो भन्ने चाहाना राख्दछन् ।

तर कार्यालयको काम, अध्ययन वा अरु कामका लागी बाध्यात्मक अवस्थामा घरबाहिर निस्कनु पर्ने हुन्छ ।

यस्तोमा घरबहिर निस्दा, कतै लामो समय बस्दा वा हिँडडुल गर्दा प्याड परिवर्तन गर्न संभव हुँदैन । त्यसैले महिनावारी भएको बेला घर बाहिर रहँदा यी सावधानी अपनाउनु पर्छ ।

१. ठुलो आकारको प्याड किन्ने:
बजारमा हरेक आकारको प्याड पाइन्छ । तर, सकेसम्म महिनावारीका बेला ठुलो अर्थात एक्स्ट्रा लार्ज आकारको प्याड नै प्रयोग गर्नु पर्दछ । लामो आकारको प्याडले बढि सोस्नुका साथै बाहिर दाग लाग्न दिदैन ।

२. नियमित प्याड फेर्ने:
कतिपय महिला प्याड जोगाउने नाममा एउटै प्याडले दिन कटाउँछन् । तर यो गल्ति नगर्नुहोस् । यसो गर्दा तपाईमा इन्फेक्सन खतरा बढ्न जान्छ । महिनावारीको पहिलो र दोस्रो दिन अनिवार्य रुपमा हरेक ३ घन्टामा प्याड फेर्न जरुरी हुन्छ ।

३. गुणस्तरीतामा ध्यान:
कतिपय महिला केहि थोरै रकम बचाउन सस्तो र गुणस्तरहिन प्याड किन्ने गर्दछन् । तर यस्ता प्याडले दाग लाग्ने सम्भावना मात्र होइन संक्रमणको जोखिम पनि बढाउँछ । त्यसैले प्याड किन्दा राम्रो र गुणस्तर नै किन्नु पर्दछ ।

४. छाला सुहाउँदो प्याड:
हरेक मानिसको छाला फरक फरक हुने भएकाले महिलाले प्याड किन्दा आफ्नो छाला अनुकुल भएको ब्राण्डको मात्र किन्नु पर्दछ । आफुलाई अनुकुल ब्राण्ड पहिचान गरेर नियमित सोहि ब्राण्ड मात्र प्रयोग गर्नुहोस् । यसले छाला चिलाउने समस्या रहदैन ।

५. सफा हुन आवश्यक:
महिनावारीका बेला नियमित नुहाउने, सफा सुग्घर हुन आवश्यक छ । महिनावारीको समयमा हुने सानो लापरबाहिले पनि रोग तथा संक्रमणको खतरा बढाउँछ । तसर्थ आफ्नो गोप्य अंगलाई राम्ररी सफा गर्न र नुहाउन आवश्यक हुन्छ ।

लसुनको प्रयोग गरि यसरी घटाउनुहोस् पेट:

काठमाडौ । धेरैको निम्ती टाउको दुखाईको बिषय हो, पुट्ट निस्किएको पेट । यस्तो पेटले शरीर भद्दा र असुहाउँदिलो देखिन्छ । कुनै पनि लुगा लगाउँदा पेट लुकाउनै सास्ती हुन्छ । पेट बढ्नुमा निस्क्रिय दिनचर्या जिम्मेवार रहेको छ ।शरिरले कुनै किसिमको व्यायाम अथवा शारिरीक कष्ट पाएन, अक्सर बसेर काम गर्ने, शारीरिक रुपमा सक्रिय नहुने, साथसाथै अनियन्त्रित खाना खाने बानीले पेट बढ्ने गर्दछ ।

स्वास्थ तथा मिलेको शरीर सबैको चाहना हुन्छ । हेर्दा चिटिक्क परेको, फुर्तिलो शरीर अनि आफुलाई मनपरेको कपडा लगाउन पाउनु सबैको सपना हुन्छ । राम्रो तथा मिलेको जिउडालको लागी व्यायाम निकै आवश्यक हुन्छ ।

तर पनि जिम जाने चाहना सबैलाई नहुन सक्छ । तौल घटाउने चाहना हुँदाहुदै पनि समयको कमीका कारण कतिलाई जिम जान अथवा व्यायाम गर्न जान निकै कठिन हुन सक्छ। तौल घटाउन सजिलो भने पक्कै छैन, त्यसका लागि आफ्नो शरीरले कति क्यालोरी पाइरहेको छ र कति खपत भइरहेको छ भन्नेकुरा जान्नु एकदमै जरुरी हुन्छ ।

स्वास्थ्य तथा मिलेको ज्यानको लागी धेरै पैसा खर्चिनपर्छ भन्ने आवश्यक छैन । हामीले घरमै पनि आफ्नो शरीरलाई मिलेको बनाउन सक्छौँ । घरमै भएका सामाग्रीको प्रयोगबाट पनि हामीले लाभ उठाउन सक्छौँ । यस्तै हामीले घरमा सजिलै पाइने लसुनको मद्दतबाट पनि ज्यान तथा पेट घटाउन सक्छौँ ।

लसुन एक प्राकृतिक एन्टी बायोटिक औषधि हो । यसले सुगरलाई नियन्त्रित गर्ने काम गर्छ लसुनमा पोषणतत्व ज्यादा हुनुका साथै यसमा क्यालोरीको मात्रा पनि निकै कम हुन्छ । लसुनले शरीरमा ती हर्मोनलाई सक्रिय गर्ने काम गर्छ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् । लसुन सेवन गर्दा सरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरु समेत प्राप्त हुन्छ ।

आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रुपमा लिइन्छ भने यसलाई जोर्नीको दुखाई कम गर्ने औषधिको रुपमा पनि प्रयोग गरिन्छ।
यसरी परम्परागत घरेलु औषधिको रुपमा तथा आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुदै आएको लसुनमा औषधीय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरु पनि मान्दछन् । यसै कारणले गर्दा चिकित्सकहरुले विरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह समेत दिन्छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending