Thursday, September 24, 2020

Thursday, September 24, 2020
अन्तर्राष्ट्रिय कोरोनाबाट युएईमा थप पाँच नेपालीको नि'धन

कोरोनाबाट युएईमा थप पाँच नेपालीको नि’धन

Published:

On: Nepal

Nepal Online Patrika| Source: पछिल्लो साता संयुक्त अरब इमिरेट्स (युएई) मा कोरोना भाइरसका कारण थप पाँच नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबारसम्म विभिन्न १६ देशमा २०० नेपालीको कोरोना भाइरसका कारण निधन भएको छ । स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीमा पहिलो पटक कोरोना भाइरस देखिएको छ ।

समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार हालसम्म ४० देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्विडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीको ज्यान गएको छ ।

विदेशमा मात्र ३४ हजार ९३९ नेपालीमा कोरोना देखिएको छ । ३२ हजार ९८९ जना कोरोनाबाट मुक्त भएको सङ्घको कोभिड–१९ उच्चस्तरीय समिति प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो । कोरोना भाइरसका कारण विदेशमा अलपत्र ५६ हजार नेपालीको उद्धार भएको छ । सङ्घ र विदेशस्थित नेपाली नियोगको संयुक्त पहलमा ५८ देशबाट ३ ५९ उडानमार्फत ५६ हजार ७७७ जना नेपालीको उद्धार गरिएको हो । सोही अवधिमा विदेशमा विभिन्न कारणले नि’धन भएका २९९ नेपालीको शव नेपाल ल्याइएको सङ्घले जनाएको छ ।

विश्वमा कोरोना : २ करोड ७२ लाख संक्रमित, ८ लाख ८७ हजारको मृ’त्यु:

काठमाडौं – विश्वभर २ करोड ७२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ३१ हजार ५३३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७२ लाख ८३ हजार ३१८ पुगेको हो ।

यस्तै एकै दिन थप ४ हजार १२९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृ’त्यु हुनेको संख्या ८ लाख ८७ हजार ३०५ पुगेको छ ।

एकै दिन २ लाख ११ हजार २२७ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका सोमबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ९३ लाख ७३ हजार ७१४ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७०.९९ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९ हजार ९७८ जनाको मृ’त्यु भएको छ । ३७ लाख ९८ हजार ९२३ जना संक्रमित भएकोमा २१ लाख ६० हजार ८६४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८० हजार ६७६ जनाको मृ’त्यु भएको छ । संक्रमितको संख्या ७६ लाख ७१ हजार १४५ पुगेको छ । त्यसमध्ये ४५ लाख ५८ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ५२ हजार १२१ जनाको मृत्यु भएको छ । ७७ लाख ५७ हजार ५१८ जना संक्रमित भएकोमा ६२ लाख ५२ हजार ६६५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख १२ हजार ६१० जनाको मृ’त्यु भएको छ । ६७ लाख २६ हजार ८२३ जना संक्रमित भएकोमा ५३ लाख ३५ हजार ७४८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३१ हजार ३५७ जनाको ज्यान गएको छ भने १३ लाख ५ हजार २५२ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ४० हजार ४५४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ७९३ जनाको मृ’त्यु भएको छ । २९ हजार ३४३ जना संक्रमित भएकोमा २४ हजार ७४० जना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित समाचार

बिहीबार १४९७ कोरोना संक्रमित थपिँदा ४५७ जना निको, निको हुनेको संख्या ५० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

एक डोजले नै काम कोरोना भ्याक्सिन अन्तिम ट्रायलमा, दाबी

विश्वभर कोरोना महामारीको बढ्दो घटनाहरूको बीचमा अमेरिकी कम्पनी जोसन र जोनसनले जनतालाई राहत दिने एउटा समाचार दिएको छ। कम्पनीको दाबी छ कि यसको कोरोना भ्याक्सिन अब अन्तिम चरणमा पुगेको छ ।

खुसीको खबर,काेराेनाको एन्टिभाइरल औषधि फाभिर-२०० नेपालमै उत्पादन

कोभिड-१९ को सं क्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल औषधि फाभिपाइराभिर ओरल ट्याब्लेट नेपालमा नै उत्पादन थालिएको छ ।

कोभिड–१९ प्रतिकार्यः पर्दा पछाडिका नायकहरू

म बिहानको चियाको चुस्कीसँगै क्षीतिजपारिसम्मका प्राकृतिक मनोरम दृश्यहरूमा नजर दौडाउँदै प्रफुल्ल मुद्रामा अनगिन्ती सपना बुनिरहेको थिएँ।

ताजा समाचार

बिहीबार १४९७ कोरोना संक्रमित थपिँदा ४५७ जना निको, निको हुनेको संख्या ५० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
X