Connect with us

नेपाल

उपत्यकामा फेरि निषेधाज्ञा थपिए आन्दोलन गर्ने चेतावनी

विभिन्न अभियन्ताहरुले भदौ २४ गतेपछि फेरि पनि उपत्यकामा निषेधाज्ञा थपिए आन्दोलनमा जाने चेतावनी दिएका छन्।कोरोनालाई देखाएर ठूलो षडयन्त्र भइरहेको आरोप लगाउँदै आएका अभियन्ताहरु, भरत दाहाल, कर्ण बहादुर शाही, ऋषिकेश जंग शाह लगायतले आज छलफल पछि राज्यसँग आफ्ना मागहरु अबिलम्ब पुरा गर्न माग गरेका छन्।

Published

on

Nepal Online Patrika| Kathmandu: विभिन्न अभियन्ताहरुले भदौ २४ गतेपछि फेरि पनि उपत्यकामा निषेधाज्ञा थपिए आन्दोलनमा जाने चेतावनी दिएका छन्।कोरोनालाई देखाएर ठूलो षडयन्त्र भइरहेको आरोप लगाउँदै आएका अभियन्ताहरु, भरत दाहाल, कर्ण बहादुर शाही, ऋषिकेश जंग शाह लगायतले आज छलफल पछि राज्यसँग आफ्ना मागहरु अबिलम्ब पुरा गर्न माग गरेका छन्।

अभियन्ताहरुले लकडाउनका साथै, स्यानिटाइजर, क्वारेन्टाइन र पीसिआर परीक्षण समेत बन्द गर्न माग गरेका छन्।कोरोनाको डर फैलाउन बन्द गरिनुपर्ने समेत उनीहरुको माग छ। ‘यो सामान्य रुघाखोकी हो। यसलाई जुन किसिमले उनीहरुले फैलाइरहेका छन् यो बन्द हुनुपर्छ’अभियन्ता दाहालले भने।‘कोरोनाको आतंक’ फैलाएर रोगभन्दा ठूलोसंख्यामा मानिसहरुलाई मृत्युवरण गर्न बाध्य बनाइएको भन्दै यसमा संलग्नहुनेहरुमाथि कारवाही गरिनुपर्ने अनौठो माग समेत अभियन्ताहरुले राखेका छन्।

मानसिक रुपमा विछिप्त भएकाहरुलाई राज्यले क्षतिपूर्ती दिनुपर्ने उनीहरुको भनाई छ। यस्तै, सबै नेपालीलाई रोजगारी दिएर देशभित्रै रोक्नुपर्ने, बैंकबाट ब्याज लिएर कारोबार गर्नेहरुलाई लकडाउन अवधिको ब्याज मिनाहा गरिनुपर्ने, सटरभाडामा लिनेहरुको भाडा लिन नपाइने निर्णय गर्न सरकारसँग माग गरेका छन्।यसैगरि, नेपालमा उत्पादित खाद्यान्नलाई बजारसम्म आइपुर्याउने ग्यारेण्टी गर्नुपर्ने र दैनिक श्रममा बाँचेका मानिसलाई राहतको व्यवस्था गर्न समेत अभियन्ताहरुले सरकार समक्ष माग गरेका छन्।लकडाउनको समयमा धनी भएकाहरुको सम्पती छानविन गर्नका लागि नागरिकस्तरको आयोग समेत गठन हुनुपर्ने समेत उनीहरुको माग छ।यसैबीच, स्वास्थ्यमन्त्रालयले कोरोनालाई रोग होइन भन्नेहरुलाई कारवाहीको चेतावनी दिएको छ।

कोरोना प्रभाव : पहिलो त्रैमासमै बैंकको नाफा २५ प्रतिशतले घट्ने:

काठमाडौं-कोभिड-१९ को प्रभाव बढ्दै गए बैंकहरु सञ्चालन नै हुन नसक्ने अवस्था आउने बैंकरहरुले बताएका छन्। गत आर्थिक वर्षमै बैंकहरुको नाफा १२ प्रतिशतले घटेको र चालु आवको सुरुदेखि नै बैंकहरु पूर्ण रुपमा सञ्चालन हुन नसकेकाले नाफामा नसोचिएको गिरावट आउन सक्ने उनीहरुको भनाइ छ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘नाफा अवश्य घट्छ तर यति नै घट्छ भनेर अहिल्यै भन्न सकिँदैन। अवस्था सामान्य भयो भनेचाहिँ यस अगाडि व्यापार हुन नसकेको पनि कभर हुन सक्छ।’

स्थानीय निकायहरुले कोभिड नियन्त्रण गर्नै भन्दै निषेधाज्ञा जारी गर्दै आएका छन्। यसको असरका कारण पहिलो त्रैमासमै बैंकहरुको नाफा झन् धेरै घट्ने आँकलन गरिएको हो।

व्याज नउठ्नुका साथै बैंकहरुले विभिन्न सेवा प्रदान गरेर प्राप्त गर्ने आम्दानीमा पनि गिरावट आएको छ। नियमित हुने आम्दानी ठप्प हुँदा बैंकहरुको नाफामा अझ धेरै प्रभाव पारेको छ। व्यापार व्यवसायमा असर देखिएपछि दोस्रो असर बैंकलाई नै पर्ने भएकाले अबका दिनमा पनि बैंकहरुमा ठूलो प्रभाव पर्ने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ बताउछन्।

उनले भने, ‘व्यापार व्यवसाय गरेर साँवा तथा किस्ता तिर्नुपर्ने ऋणी सबैभन्दा धेरै मर्कामा छन्। बचत हुने ऋणीले अहिलेसम्म व्याज तथा किस्ता धानिरहेका भए पनि भोलिका दिनमा त्यस्ता ऋणीहरु पनि कम हुँदै जाने छन्। यसको असर बैंकमा देखिन थालिसकेको छ।’

अहिलेसम्म ऋणीहरुले पुरानो बचत प्रयोग गरेर तिरिरहेका छन्। तर अब उनीहरुले तिर्न नसक्ने गुरुङ बताउछन्। उनले भने, ‘कसैले घरघडेरी नै बेचेर कर्जा तिर्छुभन्दा पनि घर जग्गा नविक्न सक्छ।’

यदि यही अवस्था लम्बिदै गए चैत मसान्तसम्ममा साना बैंकहरु नोक्सानमा देखिन सक्ने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउछन्।

राष्ट्र बैंककाे पछिल्लो निर्देशन अनुसार साना बैंक सबैभन्दा धेरै प्रभावित देखिएको सिभिल बैंकका गुरुङ बताउछन्। उनले भने, ‘राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले प्रत्यक्ष रुपमा व्याज छुट दिनुपर्‍यो। यसले उनीहरुको पाकिसकेको नाफा प्राप्त गर्न सकेनन्। ठूला बैंकहरुलाई यसले खासै असर नगरे पनि सिभिलजस्ता साना बैंक प्रभावित बने।’

गत चैतदेखि प्रायः साना बैंकहरुले राम्रोसँग व्यापार गर्न सकेका छैनन्। वाणिज्य बैंकहरुको निक्षेप तथा कर्जा विस्तारमा सबैभन्दा अगाडि ठूला बैंकहरु छन्। केही बैंकहरुले घुमाउरो तरिकाले निक्षेप तथा कर्जा लगानी गरे पनि अधिकांश बैंकहरुको नाफा घटेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा बताउछन्।

‘व्यापार विस्तार रोकिनु त छँदैछ, बैंकहरुले कर्जा उठाउन नसक्दा जोखिम बढेको छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहाल भन्छन्।

गत वर्ष साढे ९ महिना जति बैंकहरु सञ्चालनमा थिए तर यो आर्थिक वर्षको सुरुदेखि नै बन्द गर्नु पर्ने अवस्थाले गर्दा बैकहरु प्रभावित हुने दाहाल बताउछन्। उनले थपे, ‘गत वर्षभन्दा अझ धेरै स्ट्रेस हुनेवाला छ। हामीले हेरिरहेका छौं।’ स्वास्थ्यका पूर्वाधार निर्माण गर्न ध्यान दिनु पर्ने दाहालको सुझाव छ।

कुनै पनि उपाय अपनाएर लकडाउन खुला गर्नैपर्ने दाहाल बताउछन्। ‘बन्द नै समाधान होइन। जनतालाई मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका औजार प्रयोग गरेर खोल्नै पर्छ,’ उनले भने, ‘भाइरसले मर्ने भन्दा भोकले मर्ने अवस्था आउछ। भोक र भाइरस दुबैबाट बँच्ने उपाय निकाल्नु पर्छ।’

यस्तो अवस्थामा केही बैंकहरुले व्यापार बढाइरहेकोमा आफू अचम्ममा परेको हिमालयन बैंकका राणा बताउछन्। उनले भने, ‘हामी पनि अचम्ममा परेका छौ। धेरैजसो बैंकहरुको निक्षेप र कर्जा लगानी केही बढेको छ। कर्जा लगानीको अनुपात घटिरहेको छ। कर्जा विस्तारमा एनआइसी एशियामात्रै आक्रामक छ। १७ अर्बले कर्जा विस्तार बढ्दा एनआईसी एशियाले कुनै-कुनै बैंकको एक वर्षको बजेट नै साढे दुई महिनामा विस्तार गरेको छ।’

बैंकहरुले प्राथमिकताप्राप्त क्षेत्रमा आधार व्याजदर भन्दा तल कर्जा दिन सक्छन्। यही छिद्र प्रयोग गर्दै बैंकहरुले आधार व्याजदरभन्दा तल कर्जा दिने र त्यही पैसा पुनः मुद्दती निक्षेपका रुपमा जम्मा गर्ने गरेको राणाले आरोप लगाए। अब बैंकहरुलाई साँच्चि नै असर पुग्ने राणा बताउछन्।

बैंकहरुमा अधिकत तरलता थु्प्रिँदै गएको छ। नेपाल राष्ट्र बैंकले सिसिडी अनुपात बढाउँदा बैंकहरुसँग कर्जा लगानी गर्न सक्ने क्षमता बढेको छ। यसले गर्दा बैंकहरुलाई लगानी गर्नैपर्ने दबाब भएको राणा बताउछन्।

राणाले थपे, ‘बैंकहरुसँग धेरै पैसा छ। यो समय कर्जा लिनेको लागि सबैभन्दा राम्रो अवसर हो। यदि यो पैसा उत्पादनमूलक क्षेत्रमा गयो भने अर्थतन्त्रलाई उकास्न पनि मद्दत गर्छ।’

तर देशका अधिकांश ठाउँमा लकडाउन छ। नयाँ कर्जा जाने अवस्था छैन। त्यसैले गर्दा घर जग्गा तथा शेयर बजारजस्ता क्षेत्रमा कर्जा जाने जोखिम उच्च भएको राणाले बताए। लकडाउन लम्बिँदै जाँदा कर्जा तिर्न सक्नेले मात्र तिरिरहेको गुरुङले बताए।

उनले थपे, ‘मंसिर मसान्तसम्ममा नेपाल राष्ट्र बैंकले दिएको सुविधा अनुसार पनि बैंकहरुको नाफामा धेरै ठूलो असर पर्ने छैन। तर यही अवस्था पुस तथा चैतसम्म पुग्यो भने बैंकहरुको नाफामात्रै होइन धेरै पक्षमा असर गर्ने छ।’

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending