Monday, September 21, 2020

Monday, September 21, 2020
नेपाल चिया-नास्तामै २० अर्ब खर्च

चिया-नास्तामै २० अर्ब खर्च

Published:

On: Nepal

२०७७ भाद्र २२ सोमवार
नेपाल अनलाइन पत्रिका | काठमाडौं: राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी खर्च हुने गरेको पाइएको छ।

महालेखा परीक्षक कार्यालयले अनुत्पादक खर्च नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। ‘यसप्रकारका अनुत्पादक खर्च नियन्त्रण गर्नुपर्नेमा थप रकमान्तर गरी खर्च गर्न मनासिब देखिएन’, महालेखाको ५७औं प्रतिवेदनमा लेखिएको छ, ‘यसप्रकारको खर्चमा नियन्त्रण गर्नुपर्छ।’ महालेखाका अनुसार विनियोजित रकम सकेर विकास बजेटसमेत रकमान्तर गरी खर्च गरेको पाइएको छ।

पूर्वमुख्यसचिव विमलप्रसाद कोइराला अनावश्यक खर्च रोक्नुपर्ने बताउँछन्। ‘यो फाल्तु खर्च हो, यसलाई रोक्नुपर्छ’, पूर्वअर्थसचिवसमेत रहेका कोइराला भन्छन्, ‘शीर्षकअनुसार खर्र्च गर्नुपर्छ। विविधका नाममा यसरी जथाभावी खर्च गर्नु हुँदैन।’

सरकार र सरकारी निकायले आर्थिक वर्ष २०७५/७६, २०७४/७५, २०७३/७४ मा मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायत शीर्षकमा १९ अर्ब ३५ करोड ४३ लाख खर्च गरेका हुन्। २०७४/७५ मा सबैभन्दा बढी १० अर्ब ८३ करोड ५ लाख खर्च गरेको पाइएको छ। उक्त वर्ष विविधमा १ अर्ब २७ करोड ८८ लाख बजेट विनियोजन गरिएको थियो। त्यो बजेटभन्दा ८ सय ४७ प्रतिशत बढी खर्च भएको थियो। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

kp oli
kp oli

१३६ स्थानीय तहका जनप्रतिनिधिलाई मासिक १६ करोड ३५ लाखबराबर भत्ता

स्थानीय तहका पदाधिकारीलाई तलबभत्ता उपलब्ध गराउनु संविधानविपरीत भएको बताउँदै सर्वोच्च अदालतले १ कात्तिक ०७६ देखि लागू हुने गरी ६ वटा प्रदेशले ल्याएका ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन–०७५’ खारेज ग¥यो ।

त्यसका बाबजुद प्रदेश–२ सरकारले ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन–०७७’ पारित गरेर जनप्रतिनिधिलाई सुविधा दिने अर्को व्यवस्था कार्यान्वयनमा ल्याएको छ । प्रदेश सरकारले पारित गरेको नयाँ ऐनमा ‘पारिश्रमिक’ शब्द उल्लेख नगरी इन्धनलगायत सुविधाको व्यवस्था छ । प्रदेश–२ का स्थानीय तहका पदाधिकारी व्यक्तिगत सुख, सुविधामा केन्द्रित भएको पछिल्लो उदाहरण हो यो ।

२३ असारमा पारित भएर ३१ असारमा प्रदेश–२ प्रमुख तिलक परियारले प्रमाणीकरण गरेको यो ऐनअनुसार प्रदेशका एक सय ३६ स्थानीय तहका ६ हजार ६ सय १८ जनप्रतिनिधिले मासिक सुविधाबापत १६ करोड ३५ लाख रुपैयाँ खर्च हुने भएको छ । प्रदेश–२ मा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका, ५९ गाउँपालिका छन् । सबैमा गरी एक हजार दुई सय ७१ वडा छन् ।

जनप्रतिनिधिले १२ वटा शीर्षकमा सुविधा पाउने ऐनमा उल्लेख छ । त्यसअन्तर्गत इन्धन, यातायात, पत्रपत्रिका, इन्टरनेट, टेलिफोन, मोबाइल रिचार्ज, अतिथि सत्कार शीर्षकमा सुविधा, अनुगमन भत्ता, चाडपर्व खर्च, बैठक भत्ता, दैनिक भ्रमण भत्ता, विदेश भ्रमणमा दैनिक भत्ता र यात्रा बिमा शुल्कको सुविधा राखिएको छ । यो खबर आजको नयाँपत्रिका दैनिकमा छ ।

सम्बन्धित समाचार

आजदेखि नियमित आन्तरिक उडान सुरु

छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो ।

रानीपाेखरीमा पानी भरियाे, माछा र हाँस कहिले राख्ने ?

काठमाण्डौको रानीपोखरीमा झण्डै दुई करोड ८० लाख लिटर पानी भरिएको छ । पोखरीको पाँच फिट दुई इन्चमध्ये अब एक फिट जति पानी भर्न बाँकी रहेको छ । सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर पोखरीमा खसालेपछि रानीपोखरी भूकम्प अगाडिकै अवस्थामा फर्किएको छ । तर माछा र हाँस भने अहिले छैनन् ।

काभ्रेमा खुले विद्यालय , एक बेन्चमा दुई विद्यार्थी

काभ्रेका दुईवटा स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन् । काभ्रेको मन्डनदेउपुर र पाँचखाल नगरपालिकाले विद्यार्थीहरूलाई पाठ्यक्रमअनुसारको कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

आन्तरिक वायुसेवा कम्पनीहरुले अब सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने, भाडा नबढ्ने

आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् ।

ताजा समाचार

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

विहानै देखिएका यस्ता ५ चिजले तपाईलाई राम्रो संकेत दिनेछ

भनिन्छ नि दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ ।

इन्फिनिक्सको नोट सेभेन सिरिजमा छन् यस्ता नयाँ फिचर, मूल्य कति ?

इन्फिनिक्सले हालसालै नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X