Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
प्रचण्ड बालुवाटारमा ओली–प्रचण्ड भेट

बालुवाटारमा ओली–प्रचण्ड भेट

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेट भएको छ।

नेकपाभित्रको विवाद समाधानका लागि गठन गरिएको छ–सदस्यीय कार्यदलले तयार गरेको प्रतिवेदन, मन्त्रीमण्डल पुनर्गठन लगायतका विषयमा छलफल भैरहेको स्रोतले बतायो।

आइतबार हुने भनिएको भेट आज (सोमबार) भएको हो। शनिबार प्रचण्डलाई भेट्न महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका थिए।

उनीहरुले पनि कार्यदलको प्रतिवेदनमा सहमती लगायतका विषयमा छलफल गरेका थिए।

सो भेटमा प्रचण्डले पौडेल नेतृत्वको कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टी सञ्चालनमा कार्यकारी अध्यक्षको भूमिका प्रष्ट नपारिएको बताएका थिए।

नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते:

सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक भदौ २६ गते बस्ने तय भएको छ।

साउन १३ गतेदेखि स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका हुन्।

सोमबार बिहान बालुवाटारमा भएको पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच भएको छलफलमा सो बैठक बोलाउने सहमति गरिएको हो।

दुई अध्यक्षबीच आइतबार हुने भनिएको भेट आज (सोमबार) भएको हो।

शनिबार प्रचण्डलाई भेट्न महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका थिए।

सो भेटमा प्रचण्डले पौडेल नेतृत्वको छ-सदस्यीय कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टी सञ्चालनमा कार्यकारी अध्यक्षको भूमिका प्रष्ट नपारिएको बताएका थिए।

सम्बन्धित समाचार

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

मन्त्रीहरुको सूची बन्दै

नेकपाको विवाद शक्ति र सत्ता बाँडफाँडमा गएर टुंगिएपछि मन्त्रिमण्डल हेरफेरको तयारी सुरु भएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेर गर्ने सहमति गरेपछि नयाँ मन्त्रीहरुको सूचि बनाउने क्रम सुरु भएको बालुवाटार स्रोत बताउँछ ।

मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी: ओली–प्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । मङ्गलबारको सचिवालय बैठकपछि नै मन्त्रिपरिषद् हेरफेर गर्ने गरी प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको स्रोतको दाबी छ ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X