Thursday, September 24, 2020

Thursday, September 24, 2020
नेपाल ‘रातो मच्छिन्द्रनाथको रथ तान्न गलत साइत दिइयो’

‘रातो मच्छिन्द्रनाथको रथ तान्न गलत साइत दिइयो’

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै ज्योतिषीहरुले आपत्ति जनाएका छन् ।

साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा आइतबार चतुर्थी तिथिका दिनको साइत दिइनु गलत भएको तोयनाथ पन्तको पात्रो (पञ्चाङ्ग) का सम्पादक सूर्यनाथ पन्तले जानकारी दिए ।

आइतबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार रिक्ता समूहमा पर्ने चौथी तिथि परेको छ । यसैगरी अश्विनी नक्षत्र पनि परेकाले पनि शुभ कामका लागि साइत दिन नहुने उनको भनाइ छ । रिक्ता तिथि र अश्विनी नक्षत्रलाई सूर्यले भेद गरेकाले पनि यस्तो साइत दिनु ठीक नभएको ज्योतिषीको भनाइ छ ।

‘पितृपक्षसमेत परेका बेलामा कसरी साइत दिन मिल्छ ? कोरोनाको त्रास फैलिरहेका बेला उपत्यकामा चैत्र शुक्ल पक्षमा मनाइने सेतो मच्छिन्द्रनाथ, भक्तपुरमा वैशाख १ गतेका दिन मनाइने बिस्केट जात्रा र भाद्र शुक्ल पक्षदेखि आश्विन कृष्ण पक्षसम्म मनाइने इन्द्रजात्रासमेत रोकिएका बेला रातो मच्छिन्द्रनाथको जात्रा मनाउनै पर्ने कारण के हो ?,’ पञ्चाङ्गकार पन्तले भने ।

ज्योतिषविद् एवं वास्तुशास्त्री शिव पोखरेल इन्द्रजात्राको साइतका विषयमा ज्योतिष शास्त्रका बृहत्संहितालगायत ग्रन्थमा उल्लेख भए पनि रातो मच्छिन्द्रनाथको साइतका विषयमा उल्लेख भएको ग्रन्थ आफूले नभेटेको बताउँछन् । रातो मच्छिन्द्रनाथकै विषयमा साइत निकाल्ने फरक तरिका उल्लेख भएको ग्रन्थ नभए पनि सामान्यरूपमा साइत दिन नहुने समयकै साइत आइतबार दिइएको पाइएको उनले जानकारी दिए ।

तिथिको हिसाबले शनिबार वा सोमबारको साइत किन नदिएको होला भन्ने आफूलाई लागेको ज्योतिषी पोखरेल बताउँछन् । भदौ २६ गते मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत पनि उस्तै दिइनु गलत भएको ज्योतिषशास्त्री बताउँछन् ।

किन आइतबारकै साइत रथ तान्न र भदौ २६ गतेको साइत मच्छिन्द्रनाथलाई बुङ्मतीमा भित्र्याउन दिइएको भन्ने सम्बन्धमा प्रतिक्रिया लिन जात्रा चलाउने गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजु र साइत निकाल्ने समूहका ज्योतिषी कीर्तिमदन जोशीसँग पटकपटक सम्पर्क गर्दा पनि उनीहरु उपलब्ध भएनन् ।

प्रायःजसो जेठ महिनामै रथयात्रा गरी भोटोजात्रा गरिने मच्छिन्द्रनाथको कार्यक्रम यस वर्ष कोरोना भाइरस फैलने डरले स्थगन गरिँदै आएको थियो । कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बीच गत हप्ता स्थानीयवासी जात्रा गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएपछि रथ तान्न दबाब परेको थियो ।

स्थानीय र प्रहरीबीच झडप, प्रहरी निरीक्षक सहित ५ घाइते:

जनकपुरधाम : धनुषामा स्थानीय र प्रहरीको विवादमा झडममा परिणत हुँदा प्रहरी निरीक्षक सहित पाँच जना घाइते भएका छन्। धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा स्थित औरही खोलामा बगेर आएको सखुवाको काठ लैजाने क्रममा विवाद भएको थियो।

औरही खोलामा बगेर आएको सखुवा काठको गोलिया लैजाने विषयमा आइतबार राति साढे १० बजेतिर प्रहरी र स्थानीयबीच झडप भएको हो। प्रहरी निरीक्षक दीपक राय र प्रहरी जावन रामविश्वास परित घाइते भएको छन। स्थानीय र प्रहरीबीच भनाभनसँगै लाठी चार्ज भएपछि गाउँलेले ढुंगामुढा गर्दा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका २ प्रहरी र तीन जना स्थानीय घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी नायब निरीक्षक एमडी मुस्तफाका अनुसार क्षिरेश्वरनाथ नगरपालिका सखुवा महेन्द्रनगर स्थित एक क्लिनिकमा घाइते प्रहरी निरीक्षक र प्रहरी जवानको उपचार भइरहेको छ। प्रहरीको लाठी चार्जबाट भाइते स्थानीय तीनै जनाको उपचार रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा भइरहेको स्थानीयबासीले जानकारी दिएका छन्। घाइते हुनेमा एक जना महिला रहेकी छिन्।

बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको बीचबाट बग्ने औरही खोलामा आइतबार दिउँसो स्थानीय मुसहर समुदायले तीन फिट मोटो सखुवा काठको गोलिया भेटेका थिए। त्यहि गोलिया विषयमा प्रहरीले जानकारी पाएपछि राति ९ बजे तिर नियन्त्रणमा लिन गएको बेला दुवैपक्षबीच झडप भएका हो। प्रहरीे उक्त काठको गोलिया प्ररही कार्यालय लैजाने र स्थानीयले उक्त गोलिया गाउँलेको हुनुपर्ने भनेपछि विवाद भएको थियो। त्यसपछि प्रहरीले ट्रयाक्टरमा राखेको उक्त गोलिया इलाका प्रहरी कार्यालय तर्फ बढाएपछि स्थानीयले ढुंगामुढा गरेको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

विद्यालयबाट क्‍वारेन्टाइन हटेन झापामा, सिकाइ सहजीकरण प्रभावित

विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ।

‘अब बृद्धभत्ता पाँच हजार’

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले अब बृद्धभत्ता रु पाँच हजार पुग्ने बताउनुभएको छ ।

साँझ बस्दै मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक आज बस्दैछ।

ताजा समाचार

बिहीबार १४९७ कोरोना संक्रमित थपिँदा ४५७ जना निको, निको हुनेको संख्या ५० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
X