Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
नेपाल २२ महिनामा क्रिकेट रंगशाला बनाइसक्छौ : धुर्मुस

२२ महिनामा क्रिकेट रंगशाला बनाइसक्छौ : धुर्मुस

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu:  चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अबको २२ महिनाभित्र तयार हुने धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताएका छन् ।

नरेफाँटस्थित लालीगुराँस बाटिका माद्यमिक विद्यालयको १४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै धुर्मुशले अबको चार महिनाभित्र नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल मैदान तयार गर्न लागेको बताए ।

सो अवसरमा विद्यालका अभिभावक र विद्यार्थीबाट संकलित करिब १ लाख ५ हजार रुपैयाँ ग्रहण गर्दै उनले रंगशालाका लागि सहयोग संकलन तीव्रगतिमा भइरहेको पनि जानकारी दिए ।रंगशालाको काममा दैनिक ३६३ व्यक्ति खटिरहेको बताउदै उनले ३५३ जनाले रोजगारीमा काम गरिरहेको र आफुहरु जस्तै १० जना स्वयमसेवक काम गरिरहेको बताए ।

अब श्रमिकको संख्या पनि बढाएर अबको चार महिनाभित्र नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल मैदान तयार गर्न लागेको उनले बताए । उनले ३० हजार दर्शक क्षमताको रंगशाला २ महिनाभित्रमा ठडिने पनि जानकारी दिए ।

बाढीले जलविद्युत् आयोजनाको विद्युत गृहसहित बगायो दुई जनालाई:

ताप्लेजुङ, २२ भदौं । सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले बगाएर दुई जनाको ज्यान गएको छ । गए राति आएको बाढीमा परी तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको ज्यान गएको हो ।

स्थानीय नागदेवा खोला लघुजलविद्युत् आयोजनाको विद्युत गृहमा कार्यरत राजु र उनका साथी विष्णुराजलाई राति करीब १ बजे अचानक खोलामा आएको बाढीले बगाएको सिरिजंघा गाउँपालिकाका अध्यक्ष टीका गुरुङले जानकारी दिए ।

राजु आयोजनाको विद्युत गृहका कर्मचारी हुन् भने विष्णुराज उनका साथी हुन् । स्थानीयवासीका अनुसार राजुले विष्णुलाई साथीका रुपमा विद्युत गृहमा लगेका थिए । उनीहरु दुवैको शव विद्युत गृहमुनि बगरमा भेटिएको छ ।

बाढीले विद्युत गृह बगाएको बिहान मात्रै थाहा भएको थियो । नजीकैक पेदाङका बासिन्दाले बाढीले विद्युत गृह नै नरहेको देखेपछि घटनाबारे जानकारी भएको थियो ।

अध्यक्ष गुरुङका अनुसार इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली र स्थानीयवासीको सहायतामा शव निकालिएको र परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी भएको छ । अहिले विद्युत आपूर्ति समेत बन्द भएको छ भने क्षतिको विवरण समेत आउन बाँकी छ ।

सम्बन्धित समाचार

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

विद्यालय खुल्न थाले

कोभिड–१९ को महामारीका कारण भएका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । लामो समय बन्द रहेका जिल्लाका विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न थालेको बताएका छन् ।

प्रधानमन्त्रीको मुडमा चल्छ कि प्रहरी आईजीपीको आदेशमा ?

नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने मनिषमान श्रेष्ठमाथि प्रहरीले शुक्रबार माइतीघरमा लाठी बजार्‍यो । लाठी प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लाग्यो । रगताम्ये देखिएको श्रेष्ठको तस्वीर क्षणभरमै सामाजिक सञ्जालमा भाइरल बन्यो ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X