Monday, September 28, 2020

Monday, September 28, 2020
नेपाल तीन वर्षदेखि रोकिएको जग्गा कित्ताकाट फुकुवा, अब काठमाडौं उपत्यकामा स–साना घडेरी किन्न सकिने

तीन वर्षदेखि रोकिएको जग्गा कित्ताकाट फुकुवा, अब काठमाडौं उपत्यकामा स–साना घडेरी किन्न सकिने

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: सरकारले तीन वर्षदेखि जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । भूमि व्यवस्था मन्त्रालयले सबै प्रकारको जग्गाको कित्ताकाट फुकुवाको निर्णय गरेको हो ।

२६ साउन ०७४ मा तत्कालिन भूमि व्यवस्थामन्त्री गोपाल दहिलले कृषियोग्य भूमिको खण्डिकरण गर्नबाट रोक्न कित्ताकाटमा प्रतिबन्ध लगाएका थिए ।

तर, भदौ १८ गते बसेको मन्त्रीस्तरीय बैठकले पुरानो निर्देशनलाई खारेज गरी सबै प्रकारको जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको हो ।

मन्त्री पद्या अर्यालले यसअघि लगाइएको प्रतिबन्ध फुकुवा गर्दै सबै प्रकारको जग्गाको कित्ताकाट गर्न सकिने गरी नीतिगत निर्णय गरेकी हुन् ।

अब भूउपयोग नीतिभित्र रहेर स्थानीय तहले बनाएको मापदण्डअनुसार मात्र जग्गाको कित्ताकाट गर्न पाइने छ । सरकारको यो निर्णयसँगै अब काठमाडौं उपत्यकामा स–साना घडेरी किनबेच गर्न बाटो खुल्ला भएको छ ।

५० वर्ष भयो एटीएमको युग:

हाल कोरोना महामारीको समयमा बैंकमा जाँदा संक्रमणको जोखिम हुन्छ । तर दैनिक खर्च धान्नका लागि पैसा निकाल्नु आवश्यक छ । यसलाई एटीएम अर्थात् अटोमेटेड टेरल मेसिनले अत्यन्तै सहयोग पु-याएको छ । तर तपाईलाई थाहाँ छ यसको आविष्कार कहाँ भएको थियो ? यसलाई बैंकिङ क्षेत्रमा किन क्रान्तिकारी परिवर्तन मानिएको छ ? सबैभन्दा पहिले एटीएमको प्रयोग लन्डनमा भएको थियो ।
तर आधुनिक एटीएमको प्रयोग सबैभन्दा पहिले अमेरिकामा १९६९ मा भएको थियो । १९६७ मा लन्डनमा बार्कलेज बैंकको एक शाखामा एटीएम राखिएको थियो । यसको सुरुवातदेखि हालसम्म विभिन्न परिवर्तन आइसकेका छन् ।

सुरुवातको कारोबार प्रक्रिया:
लन्डनको बार्कलेज बैंकको एटीएमलाई डि ला रु अटोमेटिक क्यास सिस्टम भनिन्थ्यो । यो एटीएमलाई जोन सेफर्ड ब्यारेनको टोलीले बनाएको थियो । यसमा कारोबारका लागि कागजको चेकलाई भित्र हाल्नु पर्दथ्यो । यो कागज बैंकको क्यासियरकोतर्फबाट दिइन्थ्यो ।
कार्डलाई प्रयोगमा ल्याइयो
लन्डनमा प्रयोग गरिएको एटीएमपछि एक मेशिन स्पेटेक तथा मिडल्यान्ड बैंकले बनाएको थियो । यो मेसिनमा सिंगल यूज टोकन तथा भौचरको सट्टा एक कार्डको प्रयोग गरिएको थियो । यो कार्डको पछाडि एक म्याग्नेटिक स्ट्रिपको प्रयोग गरिएको थियो । यो कार्डमा कार्बन–१४ सँगै म्याग्नेटिजमको प्रयोग गरिएको थियो । जसले धोखाघडीलाई रोक्न सहयोग पुगेको थियो ।

 

खास कोड हालेर एटीएमबाट निकालिन्थ्यो पैसा:
१९६५ देखिनै कार्डमा पीन राख्ने विषयमा विचार भइरहेको थियो । यसपछि १९७० को दसकमा यो कार्ड व्यापक प्रयोगमा आयो । तर १९६९ को डिसेम्बरमा आधुनिक कार्डको सबैभन्दा पहिलो प्रयोग अमेरिकामा भयो । न्यूयोर्कको मेसिनलाई पहिलो आधुनिक एटीएम मानिएको थियो ।
माइक्रोप्रोसेसर आधारित मेसिन
७० को दसकमा माइक्रोप्रोसेसर आधारित मेसिन बन्न सुरु भएको थियो ।ं यसपछि एक हार्डवेयर सेक्यूरिटी मोड्यूल बनाइएको थियो । यो मोड्यूललाई अटाला बक्सको नामबाट चिनिन्थ्यो ।

नेपालमा एटीएम:
नेपालमा एटीएम सबैभन्दा पहिले हिमालय बैंकले १९९५ मा सुरु गरेको हो । तर यसको प्रयोगको विस्तार व्यापक हुन सकेको थिएन । हाल आएर भने नेपालमा यसको प्रयोग व्यापक हुन थालेको छ ।

सम्बन्धित समाचार

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

आउँदो बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।

मङ्गलबारदेखि बर्दियामा जोरबिजोर प्रणाली

बर्दियामा कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले असोज १३ गतेदेखि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

बाबुराम भट्टराई: बला’त्कारीलाई मृ’त्युदण्डको व्यवस्था गरौं

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् ।

ताजा समाचार

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

मन्त्रिपरिषद पुनर्गठनको सकस : ओली र प्रचण्ड आज पनि छलफलमा

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच पुनः छलफल शुरु भएको छ ।

आउँदो बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।

यी हुन् स्वास्थ्यलाई गम्भीर हानि गर्ने ९ सेनिटाइजर, प्रयाेग नगरौं : औषधि विभाग

कोरोना भाइरसको संक्रमण सुरु भएयता सेनिटाइजरको व्यापार ह्वात्तै बढेको छ।
X